October 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उसु खेलाडी विजय सिन्जालीले उसुको थाउलो विश्व कपमा कास्य पदक जितेका छन्। जापानको योकाहा सहरमा जारी तेस्रो विश्व कपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजयले नेपालका लागि एतिहासिक पदक जितेका नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए। सो इभेन्टमा मलेसियाका खेलाडीले स्वर्ण र जापानका खेलाडीले रजत पदक […]
October 27, 2024
एजेन्सी – ला लिगा एल क्लासिकोमा बार्सिलोनाले सानदार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीले २ गोल गरेको खेलमा बार्सिलोनाले शनिवार रियल म्याड्रिडलाई ४-० ले हराउँदै शीर्ष स्थानमा थप मजबुत बनेको छ। पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको ५४ औं मिनेटमा लेवान्डोस्कीले वान भर्सेस वानमा गोलको खाता खोलेका थिए। त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले हेड मार्फत अर्को […]
October 26, 2024
एजेन्सी – भारतले १२ वर्ष पछि घरेलु भूमिमा भएको टेस्ट सिरिज गुमाएको छ । न्युजिल्याण्डसँगको दोस्रो टेस्टमा शनिवार तेस्रो दिनमा नै पराजित भएसँगै भारतले ३ टेस्टको सिरिज एक खेल अगावै गुमाएको हो । न्युजिल्याण्डले दोस्रो टेस्ट १ सय १३ रनको जितेको हो। ३ सय ५९ रनको लक्ष्य पछ्याएको भारत २ सय ४५ रन बनाउँदै […]
October 26, 2024
एजेन्सी – तेस्रो तथा निर्णायक टेस्टमा इङ्ग्ल्यान्डलाई हराउँदै घरेलु टोली पाकिस्तानले टेस्ट सिरिज जितेको छ । रावलपिण्डी क्रिकेट स्टेडियममा शनिवार सकिएको तेस्रो टेस्ट पाकिस्तानले ९ विकेटले जितेको हो । त्योसँगै ३ टेस्टको सिरिज पाकिस्तानले २-१ ले जितेको छ । तेस्रो दिन नै सकिएको टेस्टमा ३६ रनको लक्ष्य पाकिस्तानले मात्र १ विकेट गुमाएर पूरा गर्यो । […]
October 26, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली युवा फुटबल टोली एएफसी यु १७ एसिया कप छनोटको आफ्नो दोस्रो खेलमा पनि हार बेहोरेको छ। कतारको दोहामा शुक्रवार भएको खेलमा नेपाललाई आयोजक कतारसँग ५-० ले पराजित भएको छ । यसअघि बुधवार नेपालले जापानसँगको खेल ९-२ ले गुमाएको थियो। कतारका कप्तान जायद फैसलले नेपालविरुद्ध ह्याट्रिक गरेका थिए। २१ औं मिनेटमा याजन मोहमेदको […]
October 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)–नेपालले महिला साफ च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध समूह चरणको अन्तिम खेलको पहिलो रोजाई अघिल्लो खेलका ४ खेलाडी परिवर्तन गरेको छ। राष्ट्रिय टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगै सावित्रा भण्डारी साम्बा, अमिषा कार्की, अमृता जैसीले सुरुआती ११ मा मौका पाएका छन् । माल्दिभ्स विरुद्ध अघिल्लो खेलमा पहिलो रोजाईमा रहेका गोलकिपर अन्जना राना मगर, रश्मीकुमारी घिसिङ, विमला […]
October 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल फुटबल टोलीले थ्री नेसन्स मैत्रीपूर्ण फुटबल खेल्ने तय भएको छ। ताजिकिस्तानमा हुने थ्री नेसन्समा नेपाल र अफगानिस्तान को सहभागिता रहनेछ अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। नेपालले पहिलो खेल कात्तिक २८ गते ताजिकिस्तान र मंसिर १ गते अफगानिस्तानसँग खेल्नेछ। मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी बोलाइएका […]
October 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- महिला साफ च्याम्पियनसिपको सर्वाधिक सफल ५ पटकको विजेता भारत र साविक विजेता बंगलादेश समूह चरणमा आज खेल्नेछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल ५:३० बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानलाई ५-२ ले हराएको भारत सेमिफाइनल पुगिसकेको छ । समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको तय आजको खेलको नतिजाबाट हुनेछ। भारतको ३ […]
October 23, 2024
एजेन्सी – साउदी अरेबियाको क्लब अल नासरले एसियन च्याम्पियन्स लिग एलिटमा इरानी क्लब इस्टेगलएल एफसीलाई पराजित गरेको छ । राशिद स्टेडियम दुबईमा भएको खेलमा नासरले मंगलवार एस्टेगलएल एफसीलाई १-० ले पराजित गर्यो । नासरको जितमा अमेरिक लोम्पार्टले गोल गरे । खेलको ८१औं मिनेटमा लोम्पार्टले गरेको गोल नै निर्णायक बन्यो । जितपछि नासर ३ खेलमा ७ […]
October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बहराइनको मानामा हुने आइएसएफ जिम्नासाइड समर गेम्समा नेपालबाट ५ खेलमा ३२ खेलाडी सहभागी हुने भएका छन् । अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजना हुने पारासहित २६ खेल समावेश २० औं संस्करणको आइएसएफ जिम्नासाइड बुधवार सुरु हुनेछ । गेम्समा सहभागी हुन ३२ खेलाडीसहित ५८ सदस्यीय नेपाली टोली बुधवार त्यसतर्फ जाँदैछ । […]