October 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – १९औं संस्करणको द हङकङ क्रिकेट सिक्सेसमा खेल्ने नेपाली टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार सन्दीप जोराको कप्तानीमा ७ सदस्यीय टोलीको घोषणा गरेको हो । द हङकङ क्रिकेट सिक्सेसमा नेपाल, अस्ट्रेलिया र इङ्ग्ल्यान्ड एकै समूहमा छन् । टोलीमा प्रशिक्षकको जिम्मेवारी भने ज्ञानेन्द्र मल्ललाई दिइएको छ । कार्तिक […]
October 22, 2024
एजेन्सी – नटिङघम फरेस्टले इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा क्रिस्टल प्यालेसविरुद्ध जित निकालेको छ । आठौं खेलमा तेस्रो जित निकाल्ने क्रममा नटिङघमले मंगलवार बिहान भएको खेलमा क्रिस्टलमाथि १-० को जित निकाल्यो । घरेलु मैदान सिटी ग्राउन्डमा नटिङघमलाई जित दिलाउन क्रिस वुडले गरेको गोल नै निर्णायक बन्यो । वुडले खेलको ६५औं मिनेटमा निर्णायक गोल गरेका थिए । […]
October 22, 2024
एजेन्सी – साउदी अरबको अल-हिलालसँग साविक विजेता युएईको अल-ऐनले एसियन च्याम्पियन्स लिग एलिटमा पराजित भएको छ । ऐनको घरेलु मैदान हज्जा बिन जायद स्टेडियममा सोमवार भएको खेलमा हिलाल ५-४ ले विजयी भएको हो । अल हिलालको जितमा सलेम अल–दौसारीले ह्याट्रिक गरे भने रेनान लोदी र सर्गेज मिलिन्कोभिच साभिचले समान १ गोल गरे । घरेलु टोलीका […]
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपका सेमिफाइनल सम्भावना बढाउनका लागि माल्दिभ्सविरुद्ध खेल्न लागेको नेपाली टोलीमा ५ परिवर्तन गरिएको छ। कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई आराम दिदैं पोस्ट सम्हाले जिम्मा अन्जना रानामगरलाई मौका दिइएको छ । टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सावित्रा भण्डारी साम्बालाई बेन्चमा राखेका छन्। रेनुका नगरकोटेले कप्तानीको जिम्मेवारी निर्वाह गर्नेछिन् । एन्जिलासहित चोटग्रस्त […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नवीन न्यौपाने राष्ट्रिय फुटबल टोलीको अन्तरिम मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना हुने मैत्रीपूर्ण फुटबलका लागि न्यौपानेलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको जनाएको छ । हाल राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रिक्त रहेकाले न्यौपानेलाई सो जिम्मेवारी दिइएको हो । औपचारिक प्रतियोगितामा राष्ट्रिय टोलीको प्रशिक्षक प्रो लाइसेन्स प्राप्तले […]
October 21, 2024
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी खेलमा नेपाली ओपनर आसिफ शेख प्लेयर अफ द म्याच भएका छन् । डालसस्थित ग्राण्ड प्रेरीमा सोमवार भएको खेलमा अमेरिकाविरुद्ध अर्धशतक बनाएका आसिफ प्लेयर अफ द म्याच भएका हुन् । आसिफले ३७ बलमा आफ्नो करियरको छैठौं अर्धशतक पूरा गरेका थिए । आसिफले आफ्नो टि ट्वान्टी करियरमा तेस्रो पटक […]
October 21, 2024
एजेन्सी – लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । चेल्सीलाई आइतवार २–१ ले हराउँदै लिभरपुलले शीर्षस्थानमा पपन्छाउँदै फेरि शीर्ष स्थानमा उक्लेको छ । मोहमद सलाह र कर्टिस जोन्सको गोलमा लिभरपुल विजयी भएको हो । चेल्सीका लागि निकोलस ज्याक्सनले गोल गरेका थिए । सलाहले २९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टोलीलाई अघि बढाएका थिए । […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । तेस्रो टि ट्वान्टी खेलमा सोमवार ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टि ट्वान्टी आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टि […]
October 21, 2024
एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगामा आइतबार सहज जित निकालेको छ । बार्सिलोनाले सेभिल्लामाथि ५–१ गोलको जित हासिल गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्की र पाब्लो टोरेले समान २ तथा पेड्रीले १ गोल गरे । लेवान्डोस्कीले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई सुरूवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा पेड्रीले गोल गरेपछि […]
October 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली टोलीका ओपनर आसिफ शेखले अमेरिकाविरुद्धको तेस्रो टि ट्वान्टी आईमा अर्धशतक पूरा गरेका छन् । ३ खेलको टि ट्वान्टी सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाली ओपनर आसिफले अर्धशतक पूरा गरेका हुन् । करियरको छैटौं अर्धशतक शेखले ३८ बलमा पूरा गरेका थिए । यसअघि आसिफले युएईसँग २ तथा कतार, नेदरल्यान्ड्स र मलेसियासँग समान […]