default_image

अन्तर्राष्ट्रिय

September 22, 2018

सर एलेक्स फर्गुसन ओल्ड ट्राफर्ड फर्किए

म्यानचेस्टर (एजेन्सी) – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन गत मे महिनामा टाउकोको शल्यक्रिया गरेपछि पहिलो पटक युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्ड फर्केका छन् । शनिबार प्रिमियर लिग अन्तर्गत वल्भरह्याम्पटन वान्डरर्सविरुद्धको खेल हेर्न फर्गुसन मैदान पुगेका हुन् । ७६ वर्षीय फर्गुसनलाई विशेष कक्षमा खेल हेर्न जाने क्रममा समर्थकहरुले ताली बजाउँदै स्वागत गरेका […]

September 22, 2018

अफगानिस्तानका स्पिनर राशिद खान आईसीसीको कारवाहीमा

एजेन्सी – एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको अफगानिस्तान र पाकिस्तनाबीचको सुपर फोर खेलमा आईसीसीको आचार संहिता नियम उलंघन गरेको भन्दै आइसीसीले अफगानिस्तानका स्पिनर रशिद खानलाई कारवाही गरेको छ । उनीसँगै पाकिस्तानका तिब्र गतिका बलर हसन अली र अफगानिस्तानका कप्तान अस्गर अफ्घान पनि कारवाहीमा परेका छन् । आइसीसीले कारवाहीस्वरुप पारिश्रमीकको १५ प्रतिशत जरिवाना गर्ने […]

salah liverpool

September 22, 2018

इंग्लिस प्रिमियर लिग : लिभरपुल साउथह्याम्पटनसँग खेल्दै

लन्डन (एजेन्सी)- इंग्लिस प्रिमियर लिग फुटबलमा यो सिजन उच्च प्रदर्शन गरिरहेको मर्सिसाइड क्लब लिभरपुलले साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ । खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ । अघिल्ला पाँच खेलमा शतप्रतिशत जित निकालेको लिभरपुल आफ्नो अपराजित यात्रालाई साउथह्याम्पनविरुद्धको खेलमा पनि दिने योजनामा हुनेछ । लिभरपुलले यसअघिका पाँच खेलमा वेस्टह्याम युनाइटेड, क्रिस्टल प्यालेस, ब्राइटन […]

September 22, 2018

‘मेस्सी, रोनाल्डो र हाजार्डको स्थान समान’

लन्डन (एजेन्सी)–चेल्सीका फरवार्ड इडेन हाजार्ड बार्सिलोनाका कप्तान तथा अर्जेन्टिनाका स्टार खेलाडी लियोन मेस्सी र युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसँगै समान तहमा रहेको उनका सहकर्मी पेड्रो रोड्रिगेजले बताएका छन् । पेड्रोले बार्सिलोनामा रहँदा मेसीसँग रहेर लामो समय खेलेका थिए । मेसीले पछिल्लो दशक कीर्तिमानको क्रमलाई निरन्तरता दिँदा पेड्रोको भूमिका पनि महत्त्वपूर्ण रहेको थियो । पेड्रोले भने, […]

September 22, 2018

‘सलाहबाट धेरै गोलको आशा छैन’ – प्रशिक्षक क्लोप

इंग्ल्यान्ड (एजेन्सी)– गत वर्ष इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोल गरेका मोहमद सलाह प्रति यस सिजन धेरै गोलको आशा नरहेको लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले बताएका छन् । प्रशिक्षक क्लोपले सलाहलाई अगाडी बढाएर समस्या परिहेको समेत बताएका छन् । २६ बर्षीय इजिप्ट राष्ट्रिय टिमका फरवार्ड सलाहले पछिल्लो सिजन सबै खाले खेलमा ४४ गोल गरेका थिए । उनले […]

September 22, 2018

रोनाल्डोका बारेमा प्रकाशित चार झुटा समाचार

एजेन्सी – पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा युभेन्ट्स फरवार्ड क्रिस्टियानो रानाल्डो विश्व फुटबलका एक सर्वश्रेष्ठ खेलाडी हुन् । उनी मैदान भित्र मात्र नभई मैदानबाहिर पनि एक स्टारका रुपमा परिचित छन् । रोनाल्डोले मैदानभित्र खेलेर पाएको सफलतालाई मैदान बाहिर व्यापारिक रुपमा पनि उत्तिकै सफलतापूर्वक प्रयोग गरेका छन् । तर उनको स्टारडमको गलत फाइदा उठाउँदै बेलाबेला रोनाल्डोको […]

September 22, 2018

एसिया कप सुपर ४ मा भारतको विजयी सुरुआत

दुबई (एजेन्सी) – एसिया कप क्रिकेटअन्तरगत सुपर ४ चरणको पहिलो खेलमा भारतले बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १ सय ७४ रनको लक्ष्य भारतले ३७ औं ओभरमा प्राप्त गरेको थियो । भारतका लागि कार्यवाहक कप्तान एवं ओपनर रोहित शर्माले नटआउट ८३ रनको योगदान दिए । उनले १ सय ४ बलको सामना […]

September 22, 2018

मेसीको सफलतामा डेम्बेलेको हात

बार्सिलोना (एजेन्सी)– फ्रान्स तथा बार्सिलोनाका विंगर ओसमाने डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीले सिजनको सुरुवाती चार खेलमा बार्सिलोनालाई लगातार जित दर्ता गराउन महत्वपुर्ण भुमिका खेलेका छन् । यसै क्रममा बार्सिलोनाले मंगलबार च्याम्पियनस लिगमा पिएसभीविरुद्ध ४–० को सानदार जित दर्ता गर्दा मेसीले ह्याट्रिक गर्दै कीर्तिमान राखेको थिए । उक्त खेलमा डेम्बेले पनि उत्कृष्ट प्रदर्शन गरे । उनले खेलको […]

September 21, 2018

म्यानमारसँग नेपालको फराकिलो हार

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको समुह ‘ईं’ दोस्रो खेलमा नेपालले म्यानमारसँग फराकिलो हार बेहोरेको छ ।   हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा शुक्रबार भएको खेलमा नेपाल म्यानमारसँग ११–१ को फराकिलो गोल अन्तरले पराजित भएको हो । लगातार दोस्रो हारसँगै नेपालको छनोट हुने सम्भावना सकिएको छ । म्यानमारसँग […]

September 21, 2018

एसिया कप – सुपर फोरमा आज दुई खेल हुँदै

युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटमा आजबाट सुपर फोरका खेल सुरु हुने छन् । पहिलो खेलमा बंगलादेशले उपाधिको प्रमुख दाबेदार टोली भारतसँग दुबईमा खेल्ने छ । दोस्रो खेलमा अबु धाबीमा पाकिस्तानले अफगानिस्तानको सामना गर्ने छ । दुबै खेल नेपाली समय अनुसार साँझ ५ : १५ बजे बाट सुरु हुने छन् । समूह ‘ए’ बाट […]

Success

Thank you for your time.