default_image

अन्तर्राष्ट्रिय

September 21, 2018

एसिया कप – सुपर फोरमा आज दुई खेल हुँदै

युएई (एजेन्सी)– युएईमा जारी एसिया कप क्रिकेटमा आजबाट सुपर फोरका खेल सुरु हुने छन् । पहिलो खेलमा बंगलादेशले उपाधिको प्रमुख दाबेदार टोली भारतसँग दुबईमा खेल्ने छ । दोस्रो खेलमा अबु धाबीमा पाकिस्तानले अफगानिस्तानको सामना गर्ने छ । दुबै खेल नेपाली समय अनुसार साँझ ५ : १५ बजे बाट सुरु हुने छन् । समूह ‘ए’ बाट […]

September 21, 2018

रेड कार्ड नपाएका ४ खेलाडी

एजेन्सी – फुटबल खेलाडीको करिअरमा अनुशासन निकै महत्त्वपूर्ण पाटो हो । फुटबल मैदान भित्र होस् या बाहिर, खेलाडीको अनुशासनले नै उसको परिचय दिन्छ । कहिलेकाहिँ खेलाडीको खराब व्यवहारले खेलकै अस्मितामा प्रश्नचिन्ह उठाउने ठाउँ खडा हुन्छ । खेलाडी अनुशासनबाट बाहिर जाँदा रेफ्रीले कहिले पहेंलो त कहिले रातो कार्ड दिंदै खेलाडीलाई कारवाही गर्छन । आधुनिक फुटबलमा लुइस सुआरेज, […]

September 21, 2018

रोनाल्डोलाई एक खेलमात्र प्रतिबन्ध हुने सम्भावना

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगअन्तर्गत बुधबार भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका युभेन्ट्स फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई एक खेल मात्र प्रतिबन्ध हुने सम्भावना बढेको छ । रोनाल्डोले भ्यालेन्सियाका डिफेन्डर जेसन मुरील्लोको कपाल तानेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । यद्यपी यूईएफए स्रोतका अनुसार रोनाल्डोलाई न्यूनतम १ खेलको प्रतिबन्ध नै लाग्ने भएको छ । यसअघि उनलाई २ देखि ३ […]

September 21, 2018

ब्राजिलियन स्टार नेयमारका पाँच तथ्य

एजेन्सी – ब्राजिलियन स्टार खेलाडी नेयमार पेरिस सेन्ट जर्मन (पिएसजी) का एक भरपर्दा फरवार्ड हुन् । उनी गत महिना मात्र ब्राजिलियन राष्ट्रिय टोलीको कप्तान घोषित भएका थिए । गत सिजन विश्व कीर्तिमानी मुल्यमा उनी बार्सिलोनाबाट पिएसजी पुगेका थिए । उनका लागि पिएसजीले विश्व कीर्तिमानी मुल्य २२२ मिलियन युरो तिरेको थियो । गत सिजन लिग उपाधि जितेको […]

September 21, 2018

युरोपमा लिगमा सेभिल्ला ५-१ ले विजयी

एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार भएको खेलमा स्पेनिस टोली सेभिल्लाले बेल्जियन क्लब स्टान्डर्ड लिएजलाई ५-१ ले पराजित गरेको छ । समूह ‘जे’ अन्तर्गत अर्को खेलमा एफसी क्राजोन्डारले अखिसार्स्पोरलाई १-० ले पराजित गर्यो । सेभिल्लाले खेलको आठौँ मिनेटमा एभर बनेगाको गोलमा अग्रता लिएको थियो । यता ३९ औं मिएँत्मा मौस जेनेपोले गोल गर्दै खेल […]

September 21, 2018

रशिदको अलराउन्ड प्रदर्शनमा अफगानिस्तान विजयी

यूएई (एजेन्सी) – अफगानिस्तानका युवा स्टार रशिद खान ब्याटिङ र बलिङ दुवै पक्षमा चम्किएपछि अफगानिस्तानले एसिया कप अन्तर्गत अन्तिम लिग खेलमा बंगलादेशलाई १ सय ३६ रनले पराजित गरेको छ । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ५६ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेश १  सय १९ रनमा समेटियो । टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ […]

September 20, 2018

बार्सिलोना परम्परागत शैलीको जर्सी बदल्ने तरखरमा

एजेन्सी – सन् २०१९/२० सिजनका लागि स्पेनिस क्लब बार्सिलोनाले नयाँ जर्सी लगाउने भएको छ । बार्सिलोनाले नयाँ सिजनमा परम्परागत शैलीभन्दा फरक जर्सीको नमुना तयार पारेको स्पेनिस मिडियाले सार्वजनिक गरेका छन् । बार्सिलोनाले पछिल्लो १ सय १८ बर्षे इतिहासमा घरेलु जर्सीको रुपमा नयाँ डिजाइन बदल्न लागेको हो । बार्सिलोना आफ्नो निलो र रातो धर्के जर्सीले प्रसिद्ध […]

September 20, 2018

सलाहबारे कमैलाई थाहा भएका ६ तथ्य

एजेन्सी – पछिल्लो समय निकै चर्चामा आएका खेलाडी हुन् इजिप्ट तथा लिभरपुलका फरवार्ड मोहमद सलाह । गत सिजन रोमाबाट लिभरपुल पुगेका उनले प्रिमियर लिगमा गोल्डेन बुट जितेका थिए । सन् २००९ बाट व्यावसायिक फुटबल यात्रा शुरु गरेका सलाहले २०१३/१४ र सन् २०१५ को दुई सिजन इंग्लिस प्रिमियर लिग खेले । पहिलो सिजन १० खेलमा सहभागिता […]

Griezmann

September 20, 2018

‘म मेसी र रोनाल्डोजस्तै विश्वस्तरीय खेलाडी हुँ ’ – ग्रिजम्यान

एजेन्सी – फ्रान्सको राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य तथा विश्वकप विजेता एन्टोइन ग्रिजम्यानले रुस विश्वकपमा गरेको आफ्नो प्रदर्शन पछि आफु विश्व स्तरीय खेलाडीको स्थानमा रहेको बताएका छन् । उनले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो जस्तै गोल गर्न नसकेपनि आफ्नो स्किलका आधारमा स्तरीय खेलाडी रहेको बताए । ‘फुटबल हेर्ने विभिन्न तरिका हुन्छन् । यो स्पष्ट छ की […]

September 20, 2018

रातो कार्ड खाएपछि भावुक भए रोनाल्डो

एजेन्सी – युरोपली च्याम्पियन्स लिगअन्तर्गत बुधबार राती युभेन्ट्स र भ्यालेन्सियाबिचको खेलमा पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो रातो कार्ड खाँदै मैदान बाहिरीए । डिफेन्डर मुरिलोलाई हातलगाएको आरोपमा रेफ्रीले अतिरिक्त रेफ्रीको सल्लाहअनुसार रातो कार्ड देखाएका थिए । रेफ्रीले रातो कार्ड देखाएपछि रोनाल्डो भावुक हुँदै मैदानमा लडे । उनलाई सहकर्मीले मैदानबाहिर पुर्याएका थिए । ३३ वर्षीय रोनाल्डोको यो करिअरकै […]

Success

Thank you for your time.