default_image

अन्तर्राष्ट्रिय

November 1, 2025

डु प्लेसिसले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि दक्षिण अफ्रिकी क्रिकेटर फाफ डु प्लेसिस लाई अनुबन्ध गरेको छ। विराटनगर किङसले शुक्रवार विज्ञप्ति जारी गर्दै डु प्लेसिसलाई अनुबन्ध गरेको जनाएको थियो। डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीमध्ये एक हुन्। कप्तानको रुपमा देश दक्षिण अफ्रिका र आइपिएलको फेन्चाईज आरसिबी लाई नेतृत्व गरेको […]

November 1, 2025

खड्का राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- महिला राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा गरेको ६ बर्षपछि हरि खड्का राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। म्याट रसले राजीनामा दिएपछि राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षक पद रिक्त थियो। नेपाली टोलीले कात्तिक २७ गते बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोटको खेल्नु पर्ने […]

October 30, 2025

नेपाल युएईसँग पनि पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा पुछारमा रहेको युएईसँग ५ विकेटले पराजित भएको छ। नेपालको कप्तान रोहित पौडेलको शतक बाहेक अन्य खेलाडीको ब्याटिङ फितलो रह्यो। बलियो मानिएको नेपाली बलिङ‌ कमजोर रहनु पनि हारको कारण बन्यो। जारी सिरिजमा नेपालको यो लगातार दोस्रो हार हो। जितको लागि २ सय ३४ रनको […]

October 30, 2025

मलेसियाविरुद्धको खेलमा फुटबल टोलीको प्रशिक्षक नेपाली नै !

काठमाडौं (हाम्रो खेलकुद)- मलेसियाविरुद्ध हुने एएफसी एसियन कप छनोटको खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली प्रशिक्षकलाई राष्ट्रिय पुरुष फुटबल टोलीको जिम्मेवारी दिने भएको छ। म्याट रसले नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदबाट राजीनामा दिएपछि छनोटमा मलेसियाविरुद्ध नेपालीलाई‌ प्रशिक्षकको जिम्मेवारी एन्फाका प्रमुख कार्यकारी अधिकृत (सिइओ ) इन्द्रमान तुलाधरले हाम्रो खेलकुद डटकमलाई जानकारी दिए। एएफसीको […]

October 29, 2025

नेपालसँग भारत पराजित

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले घरेलु टोली भारतलाई अनौपचारिक मैत्रीपूर्ण फुटबलमा पराजित गरेको छ। नेपालले टाइब्रेकरमा भारतलाई ३-० ले हरायो ।टाइब्रेकरमा गोलकिपर अन्जना राना मगरले २ वटा पेनाल्टी रोकेपछि नेपाल विजयी भएको हो । पेनाल्टी सुटआउटकै लागि आज पहिलो रोजाइमा खेलकी उषा नाथको ठाँउमा अन्जनालाई मैदान पठाईएको थियो। मुख्य प्रशिक्षक नविन न्यौपानेको निर्णयलाई अन्जनाले सहि साबित गरेकी […]

October 29, 2025

नेपाली टोलीको प्लेइङ ११ मा १० परिवर्तन, उषाले पोष्ट सम्हाल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले भारतविरुद्ध हुने अनौपचारिक मैत्रीपूर्ण फुटबल खेलको लागि पहिलो रोजाइमा १० खेलाडी परिवर्तन गरेको छ। नियमित कप्तान सावित्रा भण्डारी ‘साम्बा’ टोलीसँग नरहेका कारण भारतविरुद्ध हुने आजको खेलमा अनिता बस्नेतले कप्तानी गर्नेछिन्। भारतविरुद्ध गोलकिपर उषा नाथले पोष्ट सम्हाल्ने भएकी छिन्। सोमवार भारतविरुद्धको पहिलो रोजाइमा रहेकी विमला विक आज पनि प्लेइङमा छिन् । अनिता, […]

October 29, 2025

न्युजिल्यान्डलाई ओडिआई सिरिज

एजेन्सी – दोस्रो ओडिआईमा आज इङ्ल्यान्ड फेरि कमजोर प्रदर्शन गरेपछि न्युजिल्यान्डसँग ५ विकेटले पराजित भएको छ । यससँगै ३ खेलको सिरिज न्युजिल्यान्डले २-० ले जितेको छ। पहिले ब्याटिङ गरेको इङ्ल्यान्ड ३६ ओभर सबै विकेट गुमाउँदै १ सय ७५ रनमा समेटियो। जेमी ओभरटनले सबैभन्दा बढी ४२ रन बनाए। जो रुट, ह्यारी ब्रुक र जेमी स्मिथले राम्रो […]

October 29, 2025

नेपाल साम्बा, एन्जिला र प्रीतिविना खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- भारतविरुद्ध नेपाली महिला राष्ट्रिय टोलीले आज खेल्दा कप्तान सावित्रा भण्डारी, प्रीति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा साथमा हुने छैनन्। व्यवसायीक जिम्मेवारीका‌ कारण साम्बा, प्रीति र एन्जिलाले आज साँझ हुने अनौपचारिक मैत्रीपूर्ण खेल गुमाउनेछन्। साम्बा सिलोङबाट दिल्ली हुँदै आज न्युजिल्याण्ड जाँदै छिन् । एन्जिला भारतीय क्लब सेथु एफसीका लागि गएको बताइएको छ। […]

October 28, 2025

शीर्ष टोली अमेरिकाको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- अमेरिकाले आइसिसी विश्वकप लिग टु अन्तर्गत युएई त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित निकालेको छ। आज अमेरिकाले घरेलु टोली युएईलाई ५ बल बाँकी रहँदा ४ विकेटले हरायो। जितको लागि २ सय १२ रनको लक्ष्य अमेरिकाले ४९.१ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्यो। अमेरिकाले कमजोर सुरुवात गर्यो। मात्र २२ रन जोड्दा ३ विकेट गुमायो। […]

October 28, 2025

खेलकुद मन्त्री गुप्ताको प्रश्न – ‘राष्ट्रिय टोलीको व्यवस्थापनका बारेमा एन्फाले जानकारी राख्नुपर्दैन?’

काठमाडौं (हाम्रो खेलकुद)- नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले राष्ट्रिय महिला फुटबल टोलीले भारतमा भोक्कै यात्रा गर्नु परेको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रश्न गरेका छन् । भारतमा रहेको राष्ट्रिय महिला फुटबल टोलीको यात्रा र खानाको व्यवस्थापनमा एन्फाको कमजोरी भएको सन्चारमाध्यममा समाचार आएपछि मन्त्री गुप्ताले एन्फालाई प्रश्न गरेका हुन् । मन्त्री गुप्ताले […]

Success

Thank you for your time.