default_image

अन्तर्राष्ट्रिय

October 28, 2017

शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी वेस्ट ब्रोमको सामना गर्दै

वेस्ट ब्रोमविच (एजेन्सी) – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी आज लिगको तेर्हौँ स्थानमा रहेको वेस्ट ब्रोमको सामना गर्दै छ । आज साँझ ७.४५ बजे सुरु हुने यस खेल वेस्ट ब्रोमको घरेलु मैदान हथर्न्स स्टेडियममा खेलिने छ । लिग कपमा वोल्भरह्याम्प्टनसँग १२० मिनेट खेलेका सर्जियो अगुएरो र रहिम स्टेर्लिङलाई प्रशिक्षक पेप ग्वार्डियोलाले विश्राम दिने […]

October 28, 2017

पिएसजीको जितमा काभानी चम्किए, नेयमार दर्शक

पेरिस (एजेन्सी) – फ्रान्सेली लिग १ मा गए राति पेरिस सेन्ट जर्मन (पिएसजी) ले निसलाई ३-० ले पराजित गर्‍यो ।पिएसजीको जितमा स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गरेका थिए । मार्सेविरुद्ध रातो कार्ड पाएर प्रतिबन्धित रहेका स्टार खेलाडि नेयमारको अनुपस्थितिमा काभानी खेलको नायक रहे । काभानीमार्फत पिएसजीले खेलको तेस्रो मिनेटमै अग्रता लिन सफल भएको थियो । […]

October 28, 2017

प्रिमियर लिगमा युनाइटेड र टोटनह्याम बीच रोमाञ्चक भिडन्त आज

म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड आज तेस्रोमा रहेको टोटनह्यामसँग भिड्दै छ । नेपाली समय अनुसार बेलुकाको ५.१५ बजे सुरु हुने सो खेल युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलिँदै छ । टोटनह्यामले आज आफ्ना मुख्य स्ट्राइकर ह्यारी केनलाई ह्यामस्ट्रिङमा चोटका कारण गुमाउने छन् । उनको स्थान हिउङ-मिन सन अथवा फर्नान्डो लोरेन्टेले […]

default_image

October 27, 2017

प्रिमियर लिगमा बढी मौका पाउने वालकोटको आशा

लन्डन (एजेन्सी)– आर्सनलका प्रशिक्षक आर्सन वेङ्गरले थियो वालकोटलाई क्लबमा अझै चाहेको र आउने दिनमा प्रिमियर लिगमा नियमित खेल्ने सम्भावना रहेको बताएका छन् । इङ्ल्यान्डका २८ वर्षे अन्तर्राष्ट्रिय खेलाडीले लिग बाहेकका प्रतिस्पर्धामा मात्र मौका पाइरहेका छन् । क्लबका महान खेलाडी इयान राइटले यो साता खेल जीवनलाई अघि बढाउन वालकोटले आर्सनल छाड्नु पर्ने बताएका थिए । डेल्ली […]

neymar

October 27, 2017

नेयमारको अस्वाभाविक सुविधा प्रति पिएसजीका अन्य खेलाडी असन्तुष्ट

पेरिस (एजेन्सी) – पेरिस सेन्ट जर्मेन (पिएसजी) का कीर्तिमानी स्ट्राइकर नेयमारले क्लबबाट प्राप्त गरेको अलग छुट र सुविधा प्रति अन्य खेलाडी असन्तुष्ट रहेको फ्रान्सेली सञ्चारमाध्यमले जनाएका छन् । नेयमारलाई क्लब भित्रका विभिन्न आन्तरिक नियमहरुमा छुट रहेको पारिसिएनले जनाएको हो । बार्सिलोयनाबाट २ सय २२ मिलियन यूरोमा फ्रान्सेली क्लब पुगेका ब्राजिलियन स्ट्राइकरको व्यक्तिगत दुई फिजीयो छन् […]

October 27, 2017

मेस्सीको आँखामा रगतको आँसु, निशानामा विश्व कप फुटबल

लन्डन (एजेन्सी)– बार्सिलोनाका फरवार्ड लियोनल मेस्सी जेल भित्र बसेर रगत आँसु निकालेर रुँदै गरेको तस्विर आतंकवादी गिरोह आइएसआइएसले सार्वजनिक गरेको छ । रुस विश्व कप अघि चेतावनीयुक्त सन्देश दिने पोस्टरमा लेखेको छ ,‘तिमी यस्तो राज्यसँग भिड्दै छौ जसको शब्दकोषमा हार भन्ने शब्द छैन ।’त्यस्तै अर्को एउटा तस्बिरमा विश्व कपको लोगो सहित ‘हाम्रो प्रतीक्षा गर्नुहोस्’ भनेर […]

October 27, 2017

यु १७ विश्व कपमा उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी

कोलकाता (हाम्रो खेलकुद) – भारतमा जारी यु १७ विश्व कपको उपाधिका लागि भोली साँझ कोलकातामा इङ्ल्यान्ड र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । त्यसअघि ब्राजिल र मालीबीच तेस्रो स्थानको भिडन्त हुनेछ । युवा खेलाडीले विश्व फुटबलमा चिनाउने पहिलो खुड्किलोको रुपमा यु १७ विश्व कपमा लिइन्छ । पछिल्लो संस्करणहरुका विजेता खेलाडी सेस फेब्रिगास, टोनी क्रुज, ल्याण्डन दोनोभान, ईहेनाचो […]

October 27, 2017

केनले युनाइटेडविरुद्धको खेल गुमाउने

ओल्डट्राफोर्ड (एजेन्सी) – ह्यामस्ट्रिङ चोटका कारण टोटनह्यामका स्टार स्ट्राइकर ह्यारी केनले म्यानचेष्टर युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । प्रिमियर लिग अन्र्तगत अघिल्लो साता वेम्बली रंगशालमा लिभरपुललाई ४–१ ले पराजित गरेको खेलमा केनलाई ह्यामस्ट्रिङ समस्या भएको थियो । इङ्लिस प्रिमियर लिग अन्र्तगत शनिबार टोटनह्यामले म्यानचेष्टर युनाइटेडको सामना गर्दैछ । खेल ओल्ड ट्राफोर्डमा शनिबार साँझ ५ः१५ बजेपछि शुरु […]

October 27, 2017

पाकिस्तानविरुद्ध श्रीलंका फेरि कमजोर

दुबई (एजेन्सी)– हसन अलीको उच्च प्रदर्शनबाट प्रेरित पाकिस्तानले पहिलो टि ट्वान्टी क्रिकेटमा श्रीलंकालाई ७ विकेटले हराएको छ । एक दिवसिय श्रृखंला ५–० ले जितेको पाकिस्तानका लागि १४ विकेट लिएका अलीले गए रातिको खेलमा ३.३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिएका थिए । जसका कारण पहिला ब्याटिङ गरेको श्रीलंकाले १८.३ ओभरमा सबै विकेट गुमाएर १ […]

October 27, 2017

टि ट्वान्टीमा दक्षिण अफ्रिकासँग बंगलादेश पराजित

ब्लुमफोन्टिन (एजेन्सी)– दक्षिण अफ्रिकाले पहिलो टि ट्वान्टी क्रिकेटमा बंगलादेशलाई २० रनले हराएको छ । १ सय ९६ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोलीले ९ विकेटको क्षेतिमा १ सय ७५ रन मात्र जोड्न सक्यो । त्यसअघि टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४ विकेट गुमाउँदै १ सय ९५ रन बनाएको थियो । अलराउन्डर एन्डिले फेलुकवायोले महत्वपूर्ण विकेट […]

Success

Thank you for your time.