default_image

अन्तर्राष्ट्रिय

August 2, 2017

रियल र अल स्टार्स भिड्दै

सिकागो (एजेन्सी) – प्रि-सिजनको तयारीमा रहेको रियल म्याड्रिडले नेपाली समयानुसार बिहिबार बिहान हुने खेलमा मेजर लिग सकर (एमएलएस)को अल स्टार टोलीसँग भिड्दैछ। प्रत्यक युरोपियन सिजनको सुरुवातअघि हुँदै आएको खेलमा गत सिजन आर्सनलले एमएलएसलाई २-१ले पराजित गरेको थियो। एमएलएस अल स्टारको टोलीमा युरोपियन अनुभव बोकेका खेलाडी पनि रहेका छन्। रियल म्याड्रिडबाट व्यवसयिक फुटबल खेलिसकेका ब्राजिलियन मिडफिल्डर […]

August 2, 2017

नेयमारको पिएसजी सुरुवा लगभग निश्चित

बार्सिलोना (एजेन्सी)– नेयमार विश्व कीर्तिमानी रकम १ सय ९६ मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन (पिएसजी) आबद्धको नजिक पुगेको विश्वास गरिएको छ । बार्सिलोनाको अभ्यास मैदानमा बुधबार अचानक नेयमार पुगेपछि त्यसलाई टोलीका अन्य खेलाडीसँग बिदा लिन गएको विश्वास गरिएको छ । अभ्यास सुरु हुनु आधा घन्टा अघि नेयमार दुई जना साथीका कारमा सवार थिए । कार […]

default_image

August 2, 2017

अहसज भएपछि बेलले अभ्यास छाडे

सिकागो (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेललाई फेरी पनि चोटले दुःख दिन सक्ने सम्भावना बढेको छ । मंगलबार गोलीगाँठामा असजिलो महसुस भएपनि बेलले अभ्यास छाडेका थिए । एमएलएस अल स्टारविरुद्ध बुधबार सिकागोमा हुने मैत्रीपूर्ण खेलका लागि रियलका खेलाडीले अभ्यास गरेका थिए । गत सिजन बेलले चोटको श्रृखंला ने बेहोर्नु परेको थियो । मंगलबार अभ्यासका क्रममा […]

August 2, 2017

लिभरपुलद्वारा बायर्न ३-०ले पराजित

म्युनिख (एजेन्सी) – प्रि-सिजन अन्तर्गत जर्मनीमा सुरु भएको औडी कप अन्तर्गतको खेलमा लिभरपुलले घरेलु टोली बायर्न म्युनिखलाई ३-०ले पराजित गरेको छ। दुवै तर्फबाट आ-आफ्नो बलियो टोली उतारेको खेलमा लिभरपुलले उत्कृष्ट प्रदर्शन गरेको थियो। लिभरपुलका लागि सादियो मानेले सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाए। रोबर्टो फिर्मिनोको पासलाई सदुपयोग गर्दै मानेले टोलीलाई अग्रता दिलाएका थिए। लिभरपुलका लागि […]

August 2, 2017

सान्चेज आर्सनलको प्रशिक्षणमा फर्किए

लन्डन (एजेन्सी)– आर्सनलका स्टार एलेक्स सान्चेज प्रि सिजन प्रशिक्षणका लागि मंगलबार टोलीमा फर्केका छन् । चिलियन स्ट्राइकर आइतबार नै लन्डन पुगेपनि केही विसन्चोका कारण उनी दुई दिनपछि मात्र प्रशिक्षणमा सामेल भएका थिए । उनी क्लबमा नफर्कि अर्को क्लब जान्छन् भन्ने चिन्ता पनि चलेको थियो । पिएसजी र म्यानचेस्टर सिटीलाई उनको सम्भावित गन्तव्यका रुपमा हेरिएको थियो […]

August 1, 2017

बार्सिलोनाले बोनस दिन नमानेपछि नेयमार स्पेन फर्किए

बार्सिलोना (एजेन्सी) – ट्रान्सफर विन्डोको चर्चाको शिखरमा रहेका ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना फर्कने भएका छन्। यसअघि सम्झौता अनुरुप २५ मिलियन पाउण्ड तिर्ने सहमति भएपनि बार्सिलोनाले नेयमारले क्लब छाड्ने भएपछि उक्त बोनस तिर्न आनाकानी गरेको हो। नेयमारका पिता नेयमार सिनियरलाई सम्झौता अनुरुपमा जुलाईको अन्त्यसम्म पैसा तिरिसक्नुपर्ने भएपनि बार्सिलोनाले त्यसो नगरेको बुझिएको छ। नेयमारले बार्सिलोनासँग त्यसपछि नयाँ […]

August 1, 2017

काका र भिल्ला रियल म्याड्रिडविरुद्ध उत्रदै

सिकागो (एजेन्सी) – रियल म्याड्रिडका पूर्व खेलाडी एवं फिफा प्लेयर अफ द इयरका पूर्व विजेता ब्राजिलियन मिडफिल्डर काकाले प्रि सिजनको खेल अन्तर्गत रियल म्याड्रिडको सामना गर्ने भएका छन्। हाल अमेरिकामा रहेको स्पेनिस च्याम्पियन रियलले एमएलएस (मेजोर लिग सकर)को अल स्टार टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। बुधबार हुने खेलमा अर्लान्डो सिटीबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका […]

August 1, 2017

नेयमार अब बार्सिलोना नफर्कने

पेरिस (एजेन्सी)– हाल चीनमा रहेका ब्राजिलियन स्टार नेयमार अब बार्सिलोना नफर्की सोझै फ्रान्स नै पुग्ने सम्भावना रहेको फ्रान्सेली सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । यसअघी १ सय ९६ मिलियन पाउन्ड मा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग सम्झौता गर्नुअघि नेयमार स्वास्थ्य परिक्षणका लागि चिनबाट दोहा जाने बताइएको थियो । ला पारिसियनले नेयमार चीनबाट सिधै फ्रान्स फर्कने उल्लेख […]

July 31, 2017

मोराटा श्रीमतिसहित पहिलो पटक चेल्सीको मैदानमा

लन्डन(एजेन्सी)– प्रिमियर लिगको नयाँ सिजन सुरु हुन अझै साता भन्दा पनि बढी बाँकी छ । तर चेल्सीका नयाँ स्ट्राइकर अल्भारो मोराटा भने क्लबको घरेलु मैदान स्टामफोर्ड ब्रिज नगइ बसिरहन सकेनन् । रियल म्याड्रिडबाट उनी चेल्सी पुग्दा टोलीका अन्य सदस्य चीन र सिगांपुरको यात्रामा निस्किसकेका थिए । त्यसैले उनी पनि लन्डनबाट एसिया भ्रमणमा निस्केका थिए । […]

July 31, 2017

मोउरिन्हो रोज्दै चेल्सीका म्याटिच म्यानचेस्टर पुगे

म्यानचेस्टर (एजेन्सी) – प्रशिक्षक जोसे मोउरिन्होले मिडफिल्डर नेमान्जा म्याटिचलाई चेल्सीबाट म्यानचेस्टर युनाइटेडमा भित्र्याएका छन्। सर्बियाको राष्ट्रिय टोलीका नियमित सदस्य रहेका म्याटिचलाई क्लबमा अनुबन्धन गर्न युनाइटेडले ४० मिलियन पाउण्ड खर्चेको हो। २८ वर्षीय म्याटिच मोउरिन्होले यस ट्रान्सफर विन्डोमा भित्र्याएका तेश्रा खेलाडी हुन्। यसअघी युनाइटेडले बेन्फिकाबाट भिक्टर लिन्डेलफलाई ३१ मिलियन पाउण्ड र एभर्टनबाट रोमेलु लुकाकुलाई ७५ मिलियन […]

Success

Thank you for your time.