default_image

अन्तर्राष्ट्रिय

October 17, 2025

अपराजित रहँदै नेपाल विश्व कप छनोट च्याम्पियन

सुबास हुमागाईं/प्रकाश तिमल्सिना (मस्कट)- नेपाल अपराजित रहँदै टि-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको च्याम्पियन बनेको छ ।नेपाल अन्तिम २ खेलअघि नै १० औं संस्करणको विश्व कपमा स्थान बनाएको थियो। आज सामोआलाई १ सय २४ रनको फराकिलो अन्तरले हराउँदै नेपाल अपराजित रहने एक मात्र टिम बन्यो। नेपाल १० अंक सहित च्याम्पियन बन्यो। तेस्रो पटक विश्व कपको […]

October 17, 2025

नेपालले दियो सामोआलाई विशाल लक्ष्य

मस्कट (हाम्रो खेलकुद)- नेपालले टी-ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा सामोआलाई २ सय १२ रनको चुनौति दिएको छ। सामोआले टस जितेर नेपाललाई पहिले ब्याटिङको लागि उतार्यो। जहाँ नेपालले सानदार ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ११ रन बनायो। नेपलका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरूवात गरे। पहिलो पावर […]

October 17, 2025

आसिफको व्यक्तिगत उच्च स्कोर

मस्कट (हाम्रो खेलकुद)- नेपालका ओपनर आसिफ शेखले टि ट्वान्टी आईमा व्यक्तिगत उच्च स्कोर बनाएका छन्। टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटको अन्तिम खेलमा‌ आज उनले सामोआ विरूद्ध ६९ रन बनाए। आसिफले ३१ औं बलमा डारियस भाइसरलाई छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले यो क्रममा ६ चौका र ३ छक्का प्रहार गरे। टी-ट्वान्टी […]

October 17, 2025

नेपालले टस हार्यो, करण र आरिफ खेल्दै

मस्कट (हाम्रो खेलकुद)- नेपालले आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सामोआसँगको अन्तिम खेलमा पहिले ब्याटिङ गर्ने भएको छ। सामोआले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्न लागेको हो। आजको पहिलो खेलमा जापानलाई ९ विकेटले हराएपछि ओमान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। दुबैको समान ८ अंक छ रन रेटका आधारमा नेपाल […]

October 16, 2025

अष्ट्रेलियन ब्याटरले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने

काठमाडौं ( हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि अष्ट्रेलियाका डार्शी शर्टलाई अनुबन्ध गरेको छ। डार्शीले अष्ट्रेलियाबाट सन् २०१८ देखि २०२० सम्म टि ट्वान्टी आई र ओडिआई खेलेका थिए । बाँयाहाते ओपनिङ ब्याटर डार्शीसंग भारतीय प्रिमियर लिग (आइपिएल), बिग ब्यास लिग जस्ता विश्वस्तरीय लिग खेलेको अनुभव छ । ३५ वर्षीय […]

October 16, 2025

ओमानलाई हराउँदै नेपाल शीर्षस्थानमा

मस्कट (हाम्रो खेलकुद)- प्रभावशाली प्रदर्शनमा नेपाल टि ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटमा ओमानलाई ३८ रनले हराउँदै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अपराजित नेपालले बलियो ओमानलाई हराउँदै ट्रफी जित्ने संभावनालाई पनि मजबुत बनाएको छ। नेपाल र ओमान दुवै विश्व कपमा प्रवेश गरेका छन्। घरेलु टिम ओमानलाई हराउन कुशल भुर्तेलको ब्याटिङ र गुलशन प्रदर्शन उत्कृष्ट रहयो। […]

October 15, 2025

क्यानका सचिव खड्काले भने – ‘नेपालीलाई बधाई’

काठमाडौं (हाम्रो खेलकुद)- नेपालले तेस्रो पटक टि ट्वान्टी विश्वकपका लागि स्थान बनाएपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले खेलाडीलाई धन्यवाद दिँदै नेपालीलाई बधाई दिएका छन्।ओमानको मस्कटमा जारी टि‌ ट्वान्टी एसिया तथा इस्ट एसिया-प्यासिफिक छनोटबाट नेपालले विश्वकपमा स्थान बनाएपछि खड्काले  सफलताको श्रेय खेलाडीको अथक मिहिनेतलाई दिएका छन्।राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका खड्काले  भने, […]

October 15, 2025

क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक टी–२० विश्वकपमा स्थान बनाउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएकी छन्। सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री कार्कीले टिम नेपाललाई बधाई दिँदै खेलाडीहरूको अथक परिश्रम, समर्पण र देशप्रतिको प्रतिबद्धताको प्रशंसा गरेकी छन्। प्रधानमन्त्री कार्कीले लेखेकी छन्, ‘नेपाल तेस्रोपटक (लगातार दोस्रोपटक) टि –२० विश्वकप प्रतियोगिताको लागि छनोट भएकोमा हार्दिक […]

October 15, 2025

नेपाल टि ट्वान्टी विश्व कपका लागि छनोट

मस्कट (हाम्रो खेलकुद)- नेपालले तेस्रो पटक टी-ट्वान्टी विश्व कप खेल्ने पक्का भएको छ। ओमानको मस्कटमा भैरहेको विश्व कप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल दुई खेल अगाडि नै १० औं संस्करणको विश्व कपमा छनोट हुन सफल भएको हो। नेपाल लगातार दोस्रो पटक विश्व कपमा पुगेको हो। आज कतारले जापानलाई र युएईले सामोआलाई हराएपछि नेपाल […]

October 14, 2025

नेपाल भियतनामसँग फरि पराजित, छनोटको संभावना सकियो

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोटको दोस्रो लेगमा पनि नेपाल भियतनामसँग १-० गोल अन्तरले पराजित भएको छ। लगातरको चौथो हारमा नेपालको छनोट यात्रामा पूर्ण विराम लागेको छ। भियतनाममा आज भएको खेलको पाँचौ मिनेटमा नै भियतनामले अग्रता बनायो। नेपालका डिफेन्डर सुमन श्रेष्ठले आत्मघाती गोल गरे। ट्रोङ् टाएनलेको कर्नरमा नुयन हिउले हानेको बल सुमनको खुट्टामा लागेर […]

Success

Thank you for your time.