default_image

अन्तर्राष्ट्रिय

September 18, 2025

नेपाल बंगलादेशसँग फराकिलो अन्तरले पराजित

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ च्याम्पियनसिपमा नेपाल बंलादेशसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ। बंगलादेशको जितमा साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे।यो खेल जितेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने थियो। तर अब नेपालले बंगलादेश र श्रीलंकाको खेलको नतिजा कुर्नु पर्नेछ। यो समुहमा नेपालले २ खेल खेलिसक्दा ३ अंक बनाएको […]

September 18, 2025

साफ- यु १७ मा नेपाल र बंगलादेश‌ खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा आज नेपाल र दुई पटकको विजेता बंगलादेशको सामना गर्दैछ। कोलम्बोस्थित रेसकोर्स ग्राउण्डमा खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। नेपालले घरेलु टोली श्रीलंकामाथि २-० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। त्यसमा दुबै गोल समिर कुमारले गरेका थिए । त्यो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो […]

September 18, 2025

बायर्न र इन्टर विजयी, चेल्सीको हार

एजेन्सी – च्याम्पियन्स लिमा बायर्न म्युनिख र इन्टर मिलानले विजयी सुरुवात गरेका छन्। बायर्नले एलिएन्ज एरिनामा चेल्सीलाई ३–१ ले पराजित गरेको छ। खेलको २० औं मिनेटमा चेल्सीका ट्रेभो चालोबाहको आत्मघाती गोलले बायर्नले अग्रता लियो। २७ औं मिनेटमा हेरी केनले पेनाल्टीमार्फत दोस्रो गोल थपे। तर दुई मिनेटमै चेल्सीले खेलमा फर्कने प्रयास गर्‍यो। कोल पाल्मरले गोल गरे। […]

September 18, 2025

साविक विजेता पिएसजीको फराकिलो जित

एजेन्सी – युरोपियन च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले विजयी सुरुवात गरेको छ। ४ खेलाडीले गाोल गरेको खेलमा पिएसजीले इटालियन क्लब एटलान्टामाथि ४–० को प्रभावशाली जित निकालेको छ। पार्क दे प्रिन्समा भएको खेलमा घरेलु टोलीले सुरुवातमै गोल गर्दै दबाब बनायो। खेलको तेस्रो मिनेटमा कप्तान मार्किन्होस ले हेडरमार्फत पहिलो गोल गरे। त्यसपछि ३९ औं […]

September 18, 2025

च्याम्पियन्स लिगमा लिभरपुलको रोमाञ्चक जित

एजेन्सी – कप्तान भर्जिल भ्यान डाइकले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३- २ ले पराजित गरेको हो । खेलको सुरुवाती चौथो मिनेटमै एन्डी रोबर्ट्सनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले अर्को गोल थपेपछि पाहुना टोली २–० ले अघि बढ्यो। तर, […]

September 17, 2025

एएफसीद्वारा एन्फामाथि १४ लाख बढी जरिवाना

काठमाडौं (हाम्रो खेलकुद)- एसियन फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एएफसी फुटसल एसियन कप २०२६ को छनोट चरणबाट नाम फिर्ता लिएकोमा कारबाही गरेको छ। एएफसी अनुशासन तथा आचार समितिको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई १० हजार अमेरिकी डलर (१४ लाख रुपैयाँ भन्दा बढी) जरिवाना गरेको छ। नेपाललाई अर्को संस्करणको फुटसल […]

September 17, 2025

टोटेनहम जित, युभेन्टस र डर्टमुन्डको रोमाञ्चक बराबरी

एजेन्सी – च्याम्पियन्स लिगको पहिलो साताको पहिलो दिन मंगलवार आर्सनल, रियल म्याड्रिड र टोटेनहमले विजयी सुरुवात गरेका छन्। युभेन्टस र बोरुसिया डर्टमुन्डबीचको खेल ४-४ को नाटकीय बराबरीमा टुंगियो। इंग्लिस क्लब टोटेनहमले घरेलु मैदानमा भिल्लारियलविरुद्ध १-० को जित निकाल्दा भाग्यमानी गोल निर्णायक बन्यो। खेलको चौथो मिनेटमै निर्णायक गोल भयो। लुकास बर्गवालले रिचार्लिसनलाई क्रस गर्दा गोलकिपर लुइज […]

September 17, 2025

१० खेलाडीका बाबजुद रियलको जित

एजेन्सी – रियल म्याड्रिडले च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। १० खेलाडीमा सिमित रहेर खेल अन्त्य गरेको रियलले मार्सेलाई २-१ ले हरायो। पछि परेको खेलमा प्राप्त २ पेनाल्टीलाई केलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए। खेलको तेस्रो मिनेटमै ट्रेन्ट एलेक्जान्डर-अर्नोल्ड ह्यामस्ट्रिङ चोटका कारण बाहिरिँदा रियल समस्यामा परेको थियो। त्यसपछि उनको स्थानमा आएका डानी कार्भाहालले ७२औँ […]

September 17, 2025

च्याम्पियन्स लिग आर्सनलको विजयी सुरुवात

एजेन्सी – च्याम्पियन्स लिगमा आर्सनल र रोयाल युनियन एसजी विजयी भएका छन्। आर्सनलले च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा एथलेटिक क्लबलाई २–० ले पराजित गरेको छ। दोस्रो हाफमा गेब्रियल मार्टिनेलीले मैदान छिरेको ३६ सेकेन्डमै गोल गरे गर्दै टोलीलाई अग्रता दिलाए। उनले ७१ औं मिनेटमा लिआन्द्रो ट्रोसार्डको पासमा गोल गरेका हुन्। ८६औं मिनेटमा ट्रोसार्डले गोल गरे। २०१४–१५ […]

September 16, 2025

च्याम्पियन्स लिगमा पिएसजीले दुर्लभ इतिहास बनाउला ?

एजेन्सी – युरोपियन क्लबको सबै भन्दा प्रतिष्ठत च्याम्पियन्स लिगको नयाँ सिजन २०२५/२६ आज सुरु हुँदैछ। पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले गत सिजन पहिलो पटक च्याम्पियन्स लिग जितेको थियो। टोलीको अब अर्को लक्ष्य लगातार दोस्रो पटक उपाधि जित्ने रहेको छ। यो सिजन पनि च्याम्पियन बन्न सके पिएसजी इतिहासमा लगातार च्याम्पियन्स लिग जित्ने दुर्लभ को सूचीमा सामेल हुनेछ। […]

Success

Thank you for your time.