September 24, 2025
एजेन्सी – साउथह्याम्पटनलाई २-१ ले पराजित गर्दै लिभरपुल लिग कप (काराबाओ कप) को चौथो चरणमा पुगेको छ। खेलको ४३औँ मिनेटमा अलेक्जान्डर इसाकले लिभरपुलका लागि पहिलो गोल गरे। तर ७६औँ मिनेटमा वाटारु एन्डोको गल्तीकै कारण शिया चार्ल्सले बराबरी गोल गर्दै खेल रोमाञ्चक बनाए। दोस्रो हाफमा मैदान प्रवेश गरेका हुगो एकिटिकेले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई […]
September 23, 2025
हिमाल खरेल, बिर्तामोड झापा महिला गोल्डकपको विजेता टोलीले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुँदैछ । प्रतियोगिताको दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछ […]
September 23, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी)का फ्रान्सेली स्टार खेलाडी उस्मान डेम्बेलेले प्रतिष्ठित ब्यालोन डि’ओर अवार्ड जितेका छन्। उनले यो अवार्ड पहिलो पटक जितेका हुन्। २८ वर्षीय डेम्बेलेले गत सिजन पिएसजीलाई च्याम्पियन्स लिग, लिग वान र फ्रेन्च कप जिताउन महत्वपूर्ण योगदान दिएका थिए। उनले ५३ खेलमा ३५ गोल र १४ असिस्ट गरेका थिए। लिग वानमा २१ […]
September 23, 2025
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानको नयाँ सिजनमा पहिलो हार बेहोरेको छ। मार्सेले पिएसजीलाई १-० ले हरायो । आइतवार दक्षिण फ्रान्समा आएको आँधीको चेतावनीका कारण खेल स्थगित गरिएको थियो । खेल सुरु भएको पाँच मिनेट मार्सेले अग्रता लियो र त्यसपछि त्यो जोगाउन सफल रह्यो। क्रसमा आएको बलमा नायेफ अगुएर्द हेड मार्फत गोल […]
September 22, 2025
एजेन्सी – बार्सिलोनाले आइतवार गेटाफेलाई ३-० ले हराउँदै ला लिगा सिजनमा अपराजित यात्रा कायम राखेको छ। बार्सिलोनाको जितमा फेरान टोरेसले २ र अर्को गोल दानी ओल्मोले गरे। टोरेसले १५औँ मिनेटमा ओल्मोको ब्याकहिल पासलाई नियन्त्रणमा लिँदै गोल गरे । टोरेसले ३४औँ मिनेटमा राफिन्हाको लामो पासबाट दोस्रो गोल थपे। पहिलो हाफमै ह्याट्रिक गर्ने मौका पाए पनि उनको […]
September 22, 2025
एजेन्सी– गेब्रियल मार्टिनेलीले इन्ज्युरी समयको तेस्रो मिनेटमा बराबरी गोल गरेपछि आर्सनलले म्यानचेस्टर सिटीलाई १-१ को बराबरीमा रोकेको छ। इमिरेट्स स्टेडियममा भएको प्रिमियर लिग खेलमा सिटीले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो। एर्लिङ हालान्ड सिटीका लागि गोल गरेका हुन्। तिज्जानी रेजेन्डर्सको सहकार्यमा काउन्टर अट्याकमा हालान्डले गोल गरे । त्यसपछि पेप गार्डियोलाको टोलीले अग्रता जोगाउन सुरक्षात्मक खेल्यो। […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले आज श्रीलंकालाई ४-० ले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो। श्रीलंका पराजित भएसँगै दुई खेलबाट ३ अंक बनाएर नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। बंलादेशको जितमा मोहम्मद रिफत काजीले ह्याट्रिक पूरा गरे। अर्को गोल मोहम्मद आरिफले गरे। यो सँगै बंगलादेश […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसा आएको छ। विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली टोली शुक्रवार युएई जाने तयारी भएपनि भिसा नआएका कारण यात्रा रोकिएको थियो। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली सोमवार त्यसतर्फ प्रस्थान गर्नेछ। नेपालमा भएको पछिल्लो राजनैतिक घटनापछि युएईले नेपालीलाई […]
September 21, 2025
एजेन्सी– हेरी केनले सिजनको दोस्रो ह्याट्रिक पूरा गरेपछि बुन्डेसलिगामा बायर्न म्युनिखले हाँफेनहाइमलाई ४–१ ले हराएको छ। शनिवारको जितससँगै बायर्नले शतप्रतिशत सुरुवात कायम राखेको छ। ३२ वर्षीय इंग्ल्याण्ड कप्तान केनले पहिलो हाफको अन्त्यतिर गोल गर्दै खाता खोले। उनले ५२औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे । ७१औँ मिनेटमा अर्को पेनाल्टी गोलमा ह्याट्रिक पूरा गरे। यो उनको बुन्डेसलिगामा […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लबले अग्रता जोगाउन नसक्दा बराबरीबाट जोर्डन महिला प्रो लिगको सुरुवात गरेको छ। शनिबार भएको लिगको उद्घाटन खेलमा अल–इत्तिहादलाई अर्थोडक्सीलाई १-१ को बराबरी रोक्यो । इत्तिहादकी रोजबान फ्रेगले ७१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। तर, ८६औँ मिनेटमा ओर्थोडक्सले बराबरी गोल फर्कायो । खेलको अन्त्यतिर प्रीतिले […]