September 27, 2025
एजेन्सी – इङ्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीले बर्नलीलाई ५-१ को फराकिलो अन्तरमा हराएको छ। सिटीको जितमा एर्लिङ हालन्डले २ होल गर्दा बर्नलीका म्याक्सिम इस्टिभले २ गोल उपहार दिए। खेलको १२औं मिनेटमा म्याक्सिम इस्टिभले आत्मघाती गोल गरे। सिटीले यही गोलमा सुरूवातमा अग्रता बनायो। तर ३८ औं मिनेटमा बर्नलीले बराबरी गोल फर्काउन सफल रहयो। जेडन […]
September 27, 2025
एजेन्सी – लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिग (इपिएल) मा सिजनको पहिलो हार भोगेको छ। क्रिस्टल प्यालेसले आज लिभरपुललाई २-१ गोल अन्तरले हरायो। इस्माएला सारले नवौं मिनेटमा क्रिस्टल प्यालेसलाई सुरुवाती अग्रता दिलाए। यो गोलमा क्रिस्टल प्यालेसले पहिलो हाफमा १-० को अग्रता बनायो। खेलमा फर्कन आतुर लिभरपुलले खेल सकिन ३ मिनेटमा बाकी छँदा बराबरी गोल फर्कायो। फेड्रिको […]
September 27, 2025
शारजाह (हाम्रो खेलकुद)- नेपाल र वेस्ट इण्डिजबीचको ऐतिहासिक सिरिज युनिटी कपको पहिलो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ। शारजहा क्रिकेट स्टेडियममा टस जितेर पहिले वेस्ट इन्डिजले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। यो सँगै नेपाल पहिले ब्याटिङमा उत्रनेछ। यो खेलमा नेपालका स्टार बलर सन्दीप लामिछाने बेन्चमा छन्। ललित नारायण राजवंशीलाई प्रशिक्षक स्टुवार्ट लले प्लेइङ इलेभेनमा […]
September 27, 2025
एजेन्सी – बायर्न म्युनिखले बुन्डेसलिगामा विजय यात्रालाई जारी राखेको छ। हेरी केनले २ गोल गरेको शुक्रवारको खेलमा बायर्नले वेर्डर ब्रेमेनमाथि ४-० को जित निकाल्यो । केन युरोपका शीर्ष ५ लिगमध्ये कुनै क्लबका लागि सबै भन्दा छिटो १ सय गोल पूरा गर्ने खेलाडी बने। इङ्ल्यान्ड कप्तान केनले पहिलो हाफको अन्त्यमा पेनाल्टीमा गोल गरे । ६५ औँ […]
September 27, 2025
शारजाह (हाम्रो खेलकुद)- ऐतिहासिक युनिटी कप भोलि देखि युएईको शारजाह क्रिकेट स्टेडियममा सुरू हुँदैछ। नेपालले कुनै पनि टेष्ट राष्ट्रसँग खेल्न लागेको पहिलो सिरिज भएको कारण यसको महत्व छुट्टै छ। सिरिज अगाडि नेपाल र वेस्ट इन्डिजले प्रि म्याच कन्फ्रेन्समा उत्कृष्ट क्रिकेट खेल्ने बताएका छन् । वेस्ट इन्डिजका कप्तान सकिल होसेनले युनिटी कपमा नेपालसँग खेल्न पाएकोमा खुशी […]
September 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्सले शुक्रवार नयाँ लोगो सार्वजनिक गरको छ । साविक विजेता जनकपुरले एनपिएलको दोस्रो संस्करणका लागि पुरानो लोगोमा परिवर्तन गर्दै नयाँ लोगो सार्वजनिक गरेको हो । मधेश प्रदेशको क्रिकेट प्रेम र संस्कारको प्रतिबिम्ब बन्ने यस लोगोले ठूलो, धमाकेदार र उद्देश्यपरक भावनालाई समेट्ने विश्वास लिएका जनकपुरले जनाएको छ। […]
September 26, 2025
एजेन्सी – स्पेन र बार्सिलोनाका पूर्व कप्तान सर्जियो बुस्केट्सले मेजर लिग सकर (एमएलएस) सिजनको अन्त्यसँगै व्यवसायिक खेल जीवनबाट सन्न्यास लिने घोषणा गरेका छन्। ३८ वर्षीय बुस्केट्स अहिले एमएलएस टोली इन्टर मियामीबाट खेलिरहेका छन्। उनले बार्सिलोनामा १८ वर्ष खेल्दा ३२ ठूला उपाधि जितेका थिए। जसमा ९ वटा ला लिगा र ३ वटा च्याम्पियन्स उपाधि थिए । […]
September 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतसँग अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोलीमा ३५ खेलाडीलाई डाकिएको छ। नेपाल र भारतबीच कात्तिक ९ गते (अक्टोबर २६) मा सिक्किममा मैत्रीपूर्ण खेल हुँदैछ। गत वर्ष काठमाडौंमा भएको साफ च्याम्पियनसिपको सेमिफाइनलपछि नेपाल र भारतबीच मैत्रीपूर्ण खेल हुन लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले […]
September 26, 2025
एजेन्सी – बार्सिलोनाले ला लिगामा पाँचौं जित दर्ता गरेको छ। रियल ओभिएदोविरुद्ध बिहीवार ३-१ को पुनरागमन जित निकाल्दै बार्सिलोनाले अपराजित यात्रालाई कायम राखेको छ। ४० वर्षका स्पेनिस मिडफिल्डर सान्ती काजोरलाले ओभिएदोका लागि पहिलोपटक ला लिगा सुरुवाती खेल खेले। उनले सन् २००३ मा आर्थिक कारण क्लब छोड्नुपरेको थियो । २०२३ मा फर्किएर गत सिजन टोलीलाई शीर्ष […]
September 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण सम्हालिसकेका नवीन न्यौपाने राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले न्यौपानेलाई सन् २०२६ मा हुने साफ महिला च्याम्पियनसिपसम्मका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ। न्यौपानेलाई आज एन्फा कम्प्लेक्समा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरे। एन्फाको युवा परियोजनाका प्रमुख […]