default_image

अन्तर्राष्ट्रिय

September 15, 2025

साफ यु १७ – नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ च्याम्पियनसिपमा नेपालले विजयी सुरूवात गरेको छ। नेपालले आज घरेलु टोली श्रीलंकालाई २-० ले हरायो। नेपालको जितमा दुबै गोल समिर कुमारले गरे। यो जितले नेपालको सेमिफाइनल सम्भावना बलियो भएको छ। नेपालले सुरूवात देखि नै दबाब बनायो। पहिलो हाफमा नेपालले गोल गर्ने मौका पनि पायो। तर सदुपयोग गर्न सकेन। समिरले दुई पटक […]

September 15, 2025

साफ यु १७ – नेपाल र श्रीलंका खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- साफ यु १७ च्याम्पियनसिपको दसौं संस्करण श्रीलंकामा आज सुरु हुँदैछ। आज नेपाल‌ र आयोजकबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजना भइरहेको च्याम्पियनसिपमा सदस्य ७ राष्ट्रकै सहभागिता छ। नेपाल, श्रीलंका र बंगलादेश समूह ए मा तथा च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसहित पाकिस्तान, माल्दिभ्स र […]

September 15, 2025

अल नासरको लगातार जित

एजेन्सी – साउदी प्रो लिगमा अल–नासरले सुरुवाती उत्कृष्ट प्रदर्शनलाई जारी राखेको छ। अल–खोलुदलाई आइतवार २-० ले हराउँदै अल नासर तालिकाको शीर्ष स्थानमा फर्किएको छ। खेलको पहिलो हाफ कठिन भए पनि दोस्रो हाफमा अल–नासरले खेल आफ्नो पक्षमा पार्यो। साडियो मानेले ५२ औं मिनेटमा किंग्सले कोमानसँग पास मिलाउँदै पहिलो गोल गरे। त्यसपछि अन्तिम १० मिनेट बाँकी रहँदा […]

September 15, 2025

बार्सिलोनाको फराकिलो जित

एजेन्सी – बार्सिलोनाले ला लिगामा भ्यालेन्सियामाथि ६-० को फराकिलो जित दर्ता गरेको छ। साविक विजेता टोललीका लागि  फर्मिन लोपेज, राफिन्हा र रोबर्ट लेवान्डोव्स्कीले समान २ गोल गरे। २९ औं मिनेटमा लोपेजले फेरान टोरेसको पासमा पहिलो गोल गरे। त्यसपछि ५३ औं मिनेटमा रासफोर्डको क्रसबाट राफिन्हाले गोल गरे। लोपेजले ५६ औं बक्स बाहिरबाट तेस्रो गोल थपे भने […]

September 15, 2025

पिएसजीको निरन्तर जित

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लिग वानमा लगातार चौथो जित दर्ता गरेको छ। ब्राड्ली बारकोलाले गरेको २ गोलमा आइतवार पिएसजीले लेन्सलाई २-० ले हरायो । लुइस एन्रिक मार्टिनेजको टोली तालिकाको शीर्षस्थानमा कायम रह्यो। पेरिस क्लबले यो‌सिजनको सुरुवातलाई पूर्णत: सफल बनाएको छ। टोली दोस्रो स्थानको लिलभन्दा २ अंकले अगाडि छ। बारकोलाले १५ औं मिनेटमा […]

September 15, 2025

म्यानचेस्टर सिटीसँग युनाइटेडको हार

एजेन्सी – एर्लिङ हालान्डले २ गोल गरेपछि म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-० ले हराउँदै लगातार दुई हारपछि पुनः जितको बाटो समातेको छ। इत्तिहद स्टेडियममा फिल फोडेनले १८औं मिनेटमा जेरेमी डोकुको क्रसबाट गोल गर्दै खाता खोले। त्यसपछि दोस्रो हाफमा हालान्ड चम्किए। हालान्डले ५३ औं‌ मिनेटमा सुन्दर आक्रमण पूरा गर्दै दोस्रो गोल गरे। त्यसपछि खाली पोस्ट सामना […]

September 14, 2025

सलाहको गोलमा लिभरपुलको चौथो जित

एजेन्सी – मोहम्मद सलाहले इन्ज्युरी समयको पेनाल्टीगोलमार्फत लिभरपुललाई बर्नलीमाथि १–० को जित दिलाएका छन्। आज टर्फ मोरमा भएको खेलमा सुरुदेखि नै जुझारु बनेको बर्नलीले लिभरपुललाई रोक्ने संकेत देखाए पनि अन्ततः अन्तिम क्षणमा गोल खान बाध्य भयो। बर्नलीका लेस्ली उगोचुक्वुले दोस्रो पहेँलो कार्ड पाएर मैदान छाडेपछि खेल १० खेलाडीमा सीमित भएको थियो। तर लिभरपुलले आर्नो स्लॉटको […]

September 14, 2025

बायर्न म्युनिखको जितमा केनको‌ २ गोल

एजेन्सी – हेरी केनले २ गोल गरेको खेलमा बायर्न म्युनिखले नयाँ बढुवा ह्यामबर्गमाथि ५-० को शानदार जित निकालेको छ। यो जितसँगै बायर्न बुन्डेसलिगाको शीर्ष स्थान मजबुत बनाएको छ। तेस्रो मिनेटमा सर्ज ग्नाब्रीले शक्तिशाली प्रहार गर्दै गोलको खाता खोले। त्यसपछि छैटौं मिनेटमा केनले पास दिएका अलेक्जान्डर पाभ्लोभिचले दोस्रो गोल गरे। २६औं मिनेटमा ह्यामबर्गका अबुबाका सुमाहोरोले ह्यान्डबल […]

September 14, 2025

एसिया कपमा श्रीलंकाको विजयी सुरुवात

एजेन्सी- पठुम निस्संकाको अर्धशतकसहित श्रीलंकाले एसिया कपको पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ। निस्संकाले ३४ बलमा ५० रन बनाए । उनी टि‌ ट्वान्टीमा सबै भन्दा छिटो २ हजार रन पूरा गर्ने ब्याटर बने । उनले ६८औँ इनिङमा यो सफलता प्राप्त गरेका हुन्। अबुधाबीमा पहिले ब्याटिङ गरेको बंगलादेश २० ओभरमा ५ विकेट […]

September 14, 2025

चेल्सी रोकियो, टोटनहमको जित

एजेन्सी- प्रिमियर लिगमा टोटनहम विजयी भएको छ भने चेल्सी बराबरीमा रोकिए छ। टोटेनहमले वेस्ट हम युनाइटेडलाई ३-० ले हरायो। ब्रेन्टफोर्डका फाबियो कार्भाल्हो इन्ज्युरी समयमा गोल गरेपछि चेल्सीविरुद्धको रोमाञ्चक लन्डन डर्बी २-२ को बराबरीमा सकियो। ३५औं मिनेटमा केभिन साडेले गोल गर्दै ब्रेन्टफोर्डलाई अग्रता दिलाए । तर ६१औं मिनेटमा चोटबाट फर्केका कोल पाल्मरले चेल्सीलाई बराबरी गोल गरे। […]

Success

Thank you for your time.