default_image

अन्तर्राष्ट्रिय

December 22, 2021

युभेन्ट्सको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्सले सहज जित निकालेको छ । घरेलु मैदानमा युभेन्ट्सले क्याग्लिएरीलाई २–० ले पराजित गरेको हो । एलिएन्ज स्टेडियम टुरिनमा युभेन्ट्सको सहज जितमा मोइस किन र फेडरिको बर्नरडेस्चीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल भएको थियो । प्रतिस्पर्धात्मक खेलको ४०औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई […]

December 22, 2021

सानदार जित निकाल्दै आर्सनल कारवाओ कपको सेमिफइनलमा

एजेन्सी – लिग वान क्लब सन्डरल्यान्डमाथि सानदार जित निकाल्दै प्रिमियर लिग क्लब आर्सनल इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्सनलले घरेलु मैदानमा सन्डरल्यान्डलाई ५–१ को भारी अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा एडवर्ड एनकेटियाले ह्याट्रिक पुरा गर्दा निकोलस पेपे र चार्ली पाटिमोले […]

December 22, 2021

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियासँग बराबरी खेलेको छ । एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले घरेलु टोली सेभियासँग १–१ गोलको बराबरी खेलेको हो । घरेलु टोलीका एलेसान्द्रो गोमेजले गोल गर्दा बार्सिलोनाका रोनाल्ड एराउजोले बराबरी गोल फर्काए । दुवै गोल पहिलो हाफमा भएको थियो ।रमन सान्चेज पिजुवानमा मंगलबार राति भएको खेलमा घरेलु […]

December 21, 2021

रियल विरुद्ध पिएसजी : मेस्सी र रामोसको पुनरागमनदेखि एमाबप्पेसम्म

एजेन्सी – लाजमर्दाे र विवादास्पद गल्तीपछि युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको रि ‘ड्र’ मा स्पेनिस महारथी रियल म्याड्रिडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) प्रतिद्वन्द्वी पायो । रियल र पिएसजीबीचको खेललाई यो सिजनको च्याम्पियन्स लिगकै सबैभन्दा रोमाञ्चक, चाखलाग्दो र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । यि दुई क्लबबीच राम्रो सम्वन्ध रहेको छ । यही खेलले यि […]

December 21, 2021

पिके र इलिएस बार्सिलोनाको टोलीमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले सेभियाविरुद्धको खेलको लागि अनुभवी डिफेन्डर जेरार्ड पिके र युवा विंगर इलिएस एखोमाचलाई टोलीमा समेटेको छ । बर्सिलोनाले मंगलबार राति सेभियासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति २ः१५ बजे रमन सान्चेज पिजुवानमा हुनेछ । जेरार्ड पिके एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएका हुन् । १७ वर्षीय […]

December 21, 2021

कतार विश्वकप फुटबलका लागि तयार

एजेन्सी – एसियाली राष्ट्र कतारले अर्काे वर्ष आयोजना हुने फिफा विश्वकपको लागि तयार रहेको संकेत दिएको छ । विश्वकपको तयारीलाई निरन्तरता दिइरहेको कतारले अरब कपको सफलाताुपर्वक आयोजना गर्दै विश्वकपका लागि आफूहरू तयार भएको साबित गरेको छ । कतारले १०औं संस्करणको अरब कपको सफलतापुर्वक आयोजना गरेको थियो । १८ डिसेमवरमा भएको फाइनलमा अल्जेरियाले ट्युनिसियालाई हराउँदै उपाधि […]

December 20, 2021

यूईएफएको निर्णयसँगै टोटेनहम कन्फ्रेन्स लिगबाट बाहिरियो

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा कन्फ्रेन्स लिगबाट बाहिरिएको छ । कोभिड –१९ का कारण समूह चरणको अन्तिम खेल खेल्न नसकेकोमा युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले ३-० को हारको नतिजा सुम्पने निर्णय गरेसँगै टोटेनहम लिगबाटै बाहिरिएको हो । युइएफएले कन्फ्रेन्स लिगको प्ले अफको ‘ड्र’ सार्वजनिक भइसकेको र यो खेलको लागि कुनै समय उपलब्ध […]

December 20, 2021

नेपोलीसँग मिलानको हार

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले घरेलु मैदानमा नेपोलीसँग हार बेहोरेको छ । मिलानले नेपोलीसँग १–० को हार बेहोरेको हो । मिलानोमा आइतबार राति भएको खेलमा नेपोलीको जितमा इल्जिफ इल्मासले गरेको गोल नै निर्णायक बन्यो । उनले पाँचौ मिनेटमा पिओटर जिलेन्स्कीको पासमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही सुवर्ण अवसर […]

December 20, 2021

एमबाप्पे चम्कदा पिएसजीको जित

एजेन्सी – फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको दुई तथा मोउरो इकार्डीको एक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कप डि फ्रान्समा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा पिएसजीले घरेलु टोली फेइगनिस अलनोइलाई ३–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।खेलको सुरुवातदेखि नै घरेलु टोलीलाई दवावमा राखेको पिएसजीले १६औं मिनेटमा […]

December 20, 2021

रियल म्याड्रिड रेलिगेसन जोनको क्याडिजसँग रोकियो

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । कोभिडका कारण पहिलो टोलीका ६ खेलाडीविना मैदान उत्रिएको रियलले घरेलु मैदानमा क्याडिजसँग गोलरहित बराबरी खेलेको हो । कोरोना संक्रमणका कारण लुका मोड्रिच, ड्यानी कार्भाजल, रोड्रिगो, मार्काे एसेन्सियो, मार्सेलो र ग्यारेथ बेल क्याडिजविरुद्धको खेलमा अनुपस्थित रहेका थिए । यि खेलाडीको अनुपस्थितिमा पनि रियलले […]

Success

Thank you for your time.