default_image

अन्तर्राष्ट्रिय

June 29, 2021

स्वीडेनको नजर क्वाटरफाइनलमा

एजेन्सी – युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा मंगलबार युक्रेन र स्वीडेन खेल्दैछन् । स्कटल्यान्डको ह्याम्पडेन पार्कमा हुने खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । स्वीडेनले समूह चरणमा प्रभावशाली प्रदर्शन गर्दै अन्तिम १६ मा स्थान बनाएको थियो । टोलीका मुख्य खेलाडी एमिल फोर्सबर्गले शनिबार प्रशिक्षण नगरेपनि आफू खेलका लागि फिट रहेको […]

June 29, 2021

‘एमबाप्पेसँग कोहि रिसाएको छैन’ – प्रशिक्षक डेस्च्याम्प्स

एजेन्सी – फ्रान्सका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले युरो २०२० को राउन्ड अफ १६ मा स्विट्जरल्यान्डविरुद्ध पेनाल्टीमा गोल गर्न नसकेपनि टोलीका कोहि एमबाप्पेसँग नारिसाएको बताएका छन् । सोमबार निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फ्रान्स ५-४ ले पराजित भएको हो । टाइब्रेकरमा एमबाप्पेको प्रहारलाई स्विस गोलरक्षक यान सोमरले विफल पारेका थिए […]

June 29, 2021

नेयमारको सांकेतिक असन्तुष्टि

एजेन्सी – ब्राजिलियन स्टार नेयमार सामाजिक सञ्जालमा पनि सक्रिय छन् । खेल जीवनसँगै अन्य विषयमा पनि उनले सामाजिक सञ्जालमा पोष्ट गरिरहेका हुन्छन् । यति बेला उनको देशमा कोपा अमेरिका जारी छ । सुरुमा अर्जेटिना र कोलम्बियाले संयुक्त रुपमा आयोजना गर्ने भनिएको कोपा पछि अर्जेन्टिनाले मात्र गर्ने तय भएको थियो । अन्तिम समयमा अर्जेन्टिनामा पनि नगर्ने […]

June 29, 2021

जर्मनी र इंग्ल्यान्डको महाभिडन्त

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ मा जर्मनीले इंग्ल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे लन्डनस्थित वेम्बली रंगशालामा हुनेछ । समूह चरणमा अपराजित रहेको इंग्ल्यान्ड ग्रुप अफ डेथ पार गरेको जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । तर इतिहास इंग्ल्यान्डको पक्षमा छैन । इंग्ल्यान्डले १९६६ को विश्व्क्काओ फाइनलयता जर्मनीलाई […]

June 29, 2021

एमबाप्पे भन्छन् – ‘पेनाल्टीको लागि माफ गरिदिनुस्’

एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पे टाइब्रेकरमा चुकेपछि फ्रान्स युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ चरणबाट नै बाहिरियो । सोमबार निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि टाइब्रेकरमा फ्रान्स ५-४ ले पराजित भएको हो । टाइब्रेकरमा एमबाप्पेको प्रहारलाई स्विस गोलरक्षक यान सोमरले विफल पारेका थिए । त्यसअघि फ्रान्सका सुरुवाती ४ […]

June 29, 2021

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण (नेपाली समयमा)

एजेन्सी – दक्षिण अमेरिकी फुटबलको सर्वोच्च प्रतियोगिता कोपा अमेरिका २०२१ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र उरुग्वेको जितसँगै अन्तिम ८ मा खेल्ने टोलीको टुंगो लागेको हो । सोमबार भएको समूह ए को अन्तिम खेलमा अर्जेन्टिनाले बोलिभियालाई ४-१ ले पराजित गर्यो । कप्तान लिओनेल मेस्सीले २ गोल गर्दा पापु […]

June 29, 2021

मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

एजेन्सी – कप्तान लिओनेल मेस्सीले प्रभावशाली प्रदर्शन गरेपछि अर्जेन्टिनाले कोपा अमेरिका २०२१ अन्तर्गत समुह चरणको खेलमा बोलिभियामाथि ४-१ को सहज जित दर्ता गरेको छ । मेस्सीले अर्जेन्टिनाका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएको खेलमा दुइ गोल र एक असिस्ट प्रदान गरेका थिए । खेलको छैटौं मिनेटमा गोमेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मेस्सीले […]

June 29, 2021

स्विट्जरल्यान्डको ऐतिहासिक जित

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ को खेलमा फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै स्विट्जरल्यान्डले प्रतियोगिताको क्वाटरफाइनलमा स्थान पक्का गर्यो । निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त ३० मिनेटमा पनि ३-३ को बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ५-४ को जित दर्ता गर्दै स्विट्जरल्यान्डले स्पेनसँग क्वाटरफाइनल भेट पक्का गरेको हो । […]

June 29, 2021

एमबाप्पे टाइब्रेकरमा चुक्दा फ्रान्स बाहिरियो

एजेन्सी – युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा विश्वकप विजेता फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ । बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । स्विट्जरल्यान्ड भने जितसँगै क्वाटरफाइनलमा […]

June 29, 2021

पेड्रीले तोडे रुनीको कीर्तिमान

एजेन्सी – स्पेनिस राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर पेड्रीले इंग्ल्यान्डका पूर्व स्टार वायान रुनीको नाममा रहेको युरोपेली च्याम्पियनसिपको कीर्तिमान तोडेका छन् । सोमबार राउन्ड अफ १६ अन्तर्गत क्रोएसियाविरुद्ध खेलमा पेड्री सुरुवाती ११ मा रहेर खेलेका थिए । उनी यससँगै युरोको नकआउट चरणमा पहिलो रोजाइबाट खेल्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् । पेड्रीले १८ वर्ष २ सय […]

Success

Thank you for your time.