default_image

अन्तर्राष्ट्रिय

June 30, 2021

बेल एमएलएस जाने चर्चा

एजेन्सी – वेल्स फुटबल टोलीका कप्तान ग्यारेथ बेलको रियल म्याड्रिडमा भविष्य अनिश्चित रहेको अनुमान गरिदै आएको छ । युरो २०२० सुरु हुनुअघि उनले फुटबल जीवनबाट सन्यास लिने सक्ने सम्भावना रहेको समाचार पनि प्रकाशित भएका थिए । वेल्स युराको अन्तिम १६ बाट फर्केपछि उनले आफ्नो भविष्यका बारेमा सोधिएको प्रश्नमा मौन बसे । बेलले आफ्नो भविष्यका बारेमा […]

June 30, 2021

रामोस पिएसजी जाने तयारी

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोसलाई भित्राउने प्रयासमा जुटेको छ । रियलसँगको उनको सम्झौता औपचारिक रुपमा बुधबार (जुन ३०) बाट समाप्ती हुँदैछ । त्यो सम्झौताबाट मुक्त भएसँगै पिएसजी उनलाई लिने तयारीमा देखिन्छ । रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले रामोसलाई एक वर्षको सम्झौता नविकरणका लागि प्रस्ताव गरेपनि उनले त्यसलाई […]

June 30, 2021

एमबाप्पे : ठूलो अपेक्षा र फरक वास्तविकता

एजेन्सी – अपेक्षा र वास्तविकतामा एकरुपता नहुन पनि सक्छ । फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेका लागि यसपटकको युरो कप त्यस्तै भएको छ । २०२१ जुन २८ दिन एमबाप्पेलाई लामो समयसम्म सम्झने मिति बनेको छ । तर सम्झनाको विषय सुखद नभएर दुःखद बनेको छ । स्विट्जरल्यान्डविरुद्धको अन्तिम १६ को खेल पाँचौं पेनाल्टी एमबाप्पले चुकाएपछि विश्व विजेता […]

June 30, 2021

युरोको क्वाटरफाइनल समीकरण पूरा

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत राउन्ड अफ १६ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ । राउन्ड अफ १६ बाट डेनमार्कले वेल्समाथि ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । समूह ए को विजेता इटालीले अतिरिक्त समयमा लम्बिएको […]

June 30, 2021

अन्तिम मिनेटको गोलसँगै युक्रेन क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयको दोस्रो हाफको इन्ज्युरी समयमा वैकल्पिक फरवार्ड आर्टेम दोभ्बिकले गोल गरेपछि युक्रेनले स्वीडेनलाई २-१ ले पराजित गर्दै युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । स्वीडेनले खेलको सुरुवाती मिनेटदेखि नै आक्रमण बुन्दै दबाब कायम गरेपनि सुरुवाती अग्रता लिन भने चुकेको थियो । एकपछि अर्को आक्रमणमा युक्रेनका डिफेन्स र गोलरक्षकले संयमित प्रदर्शन गरेपछि […]

June 30, 2021

नेदरल्यान्ड्सका प्रशिक्षकले जागिर छाडे

एजेन्सी – नेदरल्यान्ड्सका प्रशिक्षक फ्रान्क डे बोएरले युरोपेली च्याम्पियनसिप २०२० मा अपेक्षित नतिजा निकाल्न नसकेपछि जिम्मेवारी त्यागेका छन् । नेदरल्यान्ड्स फुटबल महासंघले विज्ञप्ति जारी गर्दै दुवै पक्षको सहमतिमा डे बोएर जिम्मेवारी मुक्त भएको जनाएको छ । नेदरल्यान्ड्सले राउन्ड अफ १६ मा चेक रिपब्लिकसँग २-० को हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो । ५१ वर्षीय प्रशिक्षकले गत […]

June 30, 2021

बचेनन् ‘ग्रुप अफ डेथ’ का टोली

एजेन्सी – युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत ग्रुप अफ डेथ मानिएको समूह एफ बाट तीन टोलीले नकआउट चरणमा स्थान बनाएका थिए । तर मंगलबार इंग्ल्यान्डले जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ को एक खेल बाँकी रहँदै सबै तीन टोली प्रतियोगिताबाट बाहिरिएका छन् । निकै प्रतिस्पर्धात्मक रहेको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका थिए […]

June 29, 2021

जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वाटरफाइनलमा

एजेन्सी – घरेलु मैदान वेम्बलीमा जर्मनीलाई पराजित गर्दै इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । दोस्रो हाफमा रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरेपछि इंग्ल्यान्ड २-० को जितसँगै राउन्ड अफ १६ चरण पार गर्न सफल रहयो । पहिलो हाफमा दुवै टोलीले आफूले पाएको अवसर सदुपयोग गर्न नसक्दा खेल गोलरहित रहेको थियो […]

June 29, 2021

जर्मनी र इंग्ल्यान्ड पहिलो हाफमा बराबर

एजेन्सी – युरो २०२० अन्तर्गत राउन्ड अफ १६ को इंग्ल्यान्ड र जर्मनीबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दुवै टोलीले गोलको अवसर सदुपयोग गर्न नसक्दा प्रतिस्पर्धात्मक खेल बराबरीमा नै सिमित रहयो । १६ औं मिनेटमा कप्तान म्यानुएल नोएरले सुन्दर बचाउ गर्दै खेल गोलरहित नै राखे । रहिम स्टर्लिङले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको […]

June 29, 2021

मेस्सी र बार्सिलोनाको सम्झौता केहि घण्टा बाँकी

एजेन्सी – वर्ष, महिना, हप्ता, दिन हुँदै अब लिओनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिन अब केहि समय मात्र बाँकी रहेको छ । अबको केहि घण्टामा मेस्सीले बार्सिलोनासँगको सम्झौता नविकरण गरेनन् भने जुलाई १ बाट क्याम्प नोउमा उनको यात्रा टुंगिने सम्भावना बढ्नेछ । यदि त्यो अवस्था नआउनका लागि जुन ३० सम्म मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौता अनिवार्य हुनेछ […]

Success

Thank you for your time.