default_image

अन्तर्राष्ट्रिय

June 27, 2021

संघर्षपूर्ण जितसँगै इटाली क्वाटरफाइनलमा

एजेन्सी – अतिरिक्त समयसम्म लम्बिएको खेलमा अष्ट्रियालाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि इटालीले वैकल्पिक खेलाडीको दुई गोलमा २-१ को जित दर्ता गरेको हो । खेलको सुरुवातदेखि नै इटालीले बल पोसेसनमा पकड जमाएपनि खेलमा अग्रता लिन सकेको थिएन । दोस्रो हाफमा अष्ट्रियाले गोल […]

June 26, 2021

सानदार जितसँगै डेनमार्क क्वाटरफाइनलमा

एजेन्सी – फरवार्ड कास्पर डोलबर्गको दुई गोलमा डेनमार्कले युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ को पहिलो खेलमा वेल्सलाई पराजित गरेको छ । डेनमार्क ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । खेलको आठौं मिनेटमा नै डेनिस फरवार्ड डोलबर्गले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार आकासिएको थियो । लगत्तै अर्कोतर्फ कप्तान ग्यारेथ […]

June 26, 2021

सफलताको उचाइमा उदीयमान जेमिसन

विश्व क्रिकेट इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि जित्दै न्युजिल्यान्डले दुई दशक लामो आइसिसीको उपाधि खडेरी तोड्यो । अधिकांश अनुभवी खेलाडीले करिअरको सबैभन्दा ठूलो सफलता हासिल गर्दा खेलका नायक भने युवा तीव्र गतिका बलर काइल जेमिसन बने । विश्व क्रिकेटको पावरहाउस भारतका विश्वस्तरीय ब्याट्सम्यान जेमिसनसामु निरिह बने र न्युजिल्यान्ड क्रिकेट इतिहासमा नयाँ अध्याय लेख्न सफल भयो […]

June 26, 2021

रोनाल्डोको डाइट : कोक छुँदैनन्, पानी छोड्दैनन्

एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मैदान भित्र र बाहिरका कारणले पनि चर्चामा हुन्छन् । युरो कप जारी रहँदा उनको चर्चा पनि यथवात छ । केहि दिन अघि मात्र पोष्ट म्याच कन्फ्रेन्समा आफू अगाडि रहेको कोका कोलाको बोटल हटाउँदै पानी पिउन अपिल गर्दा पनि उनी चर्चामा आए थिए । युरो कपका समूह चरण सकिदा युभेन्ट्सका […]

June 26, 2021

रामोस र कासिलासको बिदाइबारे अध्यक्ष पेरेजको स्पष्टोक्ति

एजेन्सी – रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोस र इकर कासिलासको बर्हिगमनलाई केहिले तुलना गर्ने गरेका छन् । तर, क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेज दुई पूर्व कप्तानको बर्हिगमनको परिस्थिति निकै फरक रहेको बताएका छन् । रियलका अध्यक्षले पेरेज रामोसलाई सम्झौता नविकरणका लागि प्रस्ताव गरेको बताएका छन् । समय सिमासहितको प्रस्तावलाई रामोसले अस्वीकार गरेको पेरेजले प्रष्ट पारेका […]

June 26, 2021

इटालीको लक्ष्य कीर्तिमानसँगै क्वाटरफाइनल

एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको खेल अन्तर्गत समूह ‘ए’ को विजेता इटाली र समूह ‘सी’ को उपविजेता अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल वेम्वली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२:४५ बजे हुनेछ । लन्डनमा अष्ट्रियाविरुद्ध मैदान उत्रँदा उपाधि दावेदार इटालीको एकै लक्ष्य हुनेछ । अष्ट्रियालाई हराउँदै आफ्नो अपराजित यात्रालाई लम्ब्याउने अनि आफ्नै नाममा रहेको कीर्तिमा भंग […]

June 26, 2021

वेल्स र डेनमार्कको नजर क्वाटरफाइनलमा

एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा शनिबार राति समूह ‘ए’ को उपविजेता वेल्स र समूह ‘बी’ को उपविजेता डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । वेल्स र डेनमार्कबीचको खेल योहान क्राएफ एरिना आम्स्टर्डममा नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ । सन् २०१६ मा सेमिफाइनलमा पुगेको वेल्स यो संस्करणमा पनि आफ्नो प्रतिद्वन्द्वीलाई पन्छाउँदै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ […]

June 26, 2021

छन्त्यालको संयोजकत्वमा खेलाडी छनोट समिति

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघले सचिव मनवीर छन्त्यालको संयोजकत्वमा आसन्न एसियन महिला सिनियर भलिबल च्याम्पियनसिपको लागि ७ सदस्यीय खेलाडी छनोट समिति गठन गरेको छ । संघको कार्यवहाक अध्यक्ष याम बहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रिय समिति बैठकले दोस्रो चरण र अन्तिम चरणको लागि खेलाडी छनोट समिति गठन गरेको हो । छन्त्याल संयोजक रहेको […]

June 26, 2021

भाइ एमबाप्पेले पीएसजीमा सम्झौता थपे

एजेन्सी – फ्रान्सेली स्टार किलीयन एमबाप्पेका भाइ इथान एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सम्झौता नविकरण गरेका छन् । दाजु किलीयन एमबाप्पेले पीएसजी छाड्ने चर्चा चलिरहँदा उनका १५ वर्षीय भाई इथान एमबाप्पेले पीएसजीसँग ३ वर्षको सम्झौता नविकरण गरेका हुन् । नयाँ सम्झौता अनुसार उनी २०२४ सम्म पीएसजीमा रहनेछन् । भाइ इथानलाई पनि दाजु किलियन एमबाप्पे […]

June 26, 2021

युरोको नकआउट चरण आजदेखि

एजेन्सी – युरोपेली च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलको खेलहरु शनिबारदेखि सुरु हुँदा पहिलो दिन दुई खेलमा प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ को उपविजेता वेल्स र समूह ‘बी’ को उपविजेता डेनमार्क तथा अर्काे खेलमा समूह ‘ए’ को विजेता इटाली र समूह ‘सी’ को उपविजेता अष्ट्रियाबीच प्रतिस्पर्धा हुनेछ । वेल्स र डेनमार्कबीचको खेल योहान क्रुएफ एरिना आम्स्टर्डममा नेपाली समयअनुसार राति […]

Success

Thank you for your time.