October 10, 2020
एजेन्सी – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत ब्राजिलले पहिलो खेलमा फराकिलो जित दर्ता गरेको छ । ब्राजिलले घरेलु मैदानमा बोलोभियालाई ५-० ले पराजित गरेको हो । ब्राजिलको जितमा रोबर्टो फिर्मिनोले २ गोल गर्दा फिलिपे कोउटिन्हो र मार्किन्हसले १-१ गोल गरे । एक गोल भने आत्मघाती गोल रहयो । खेलको १६ […]
October 10, 2020
एजेन्सी – सन् २०२२ मा कतारमा आयोजना हुने कतार विश्वकपको दक्षिण अमेरिकी स्तरको विश्वकप छनोटको पहिलो खेलमा कोलम्वियाले सानदार जित हात पारेको छ । शनिबार बिहान भएको खेलमा घरेलु टोली कोलम्वियाले भेनेजुएलामाथि ३–० को सहज जित निकालेको हो । कोलम्वियाको जितमा लुइस मुरिएलले दुई तथा डुभान जापटाले एक गोल थपे । पहिलो हाफमा गरेको तीन […]
October 10, 2020
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका स्पेनिस मिडफिल्डर थियागो अलकान्तारा कोरोनामुक्त भएका छन् । सेप्टेम्वर अन्तिमसाता कोरोना संक्रमण भएका उनले १० दिन बढीको सेल्फ आइसोलेसन बसाईपछि कोरोनामुक्त भएका हुन् । लिभरपुलले २९ वर्षीय थियागो कोरोनामुक्त भएको पुष्टि गरेको छ । यस्तै अलकान्तराले पनि सामाजिक सन्जालमा ‘लिभरपुल वाल्क’ भनेर बाहिर घुमेको पोस्ट गरेका छन् । कोरोना संक्रमण […]
October 10, 2020
एजेन्सी – स्टार फरवार्ड साडियो माने र गोलरक्षक इडुआर्ड मेन्डीविना मैदानमा उत्रिएको सेनेगल अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा मोरोक्कोसँग पराजित भएको छ । सेनेगलले घरेलु टोलीसँग ३–१ को हार बेहोरेको हो । सेनेगलले कोरोना संक्रमणका कारण आफ्नो स्टार फरवार्ड साडियो माने र चोटका कारण गोलरक्षक इडुआर्ड मेन्डीविना खेल्नुपरेको थियो । यस्तै मोरोक्कोले पनि चोटसँग संघर्ष गरिरहेका हाकिम […]
October 9, 2020
एजेन्सी – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ । शुक्रबार राती २३ औं खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ४६ रनले पराजित गर्दै मुम्बई इन्डियन्सलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ८५ रनको लक्ष्य पछ्याएको राजस्थान १९.४ ओभरमा १ सय ३८ रनमा अल आउट भयो । […]
October 9, 2020
एजेन्सी – स्वीडिस भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचले इटालियन सिरी ‘ए’ को मिलान ‘डर्वी’ गुमाउने सम्भावना बढेको छ । ३९ वर्षीय भेट्रान फरवार्डलाई पुनः कोरोना संक्रमण पुष्टि भएपछि मिलान डर्वीको खेल गुमाउने सम्भावना बढेको हो । अब उनी कम्तीमा पनि १४ दिन सेल्फ आइसोलसनमा बस्नुपर्ने हुन्छ । मिलानले घरेलु मैदान सानसिरोमा १७ अक्टोबरमा इन्टर मिलानसँग प्रतिस्पर्धा […]
October 9, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रान्सेली मिडफिल्डर पल पोग्बाले स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने सपना रहेको बताएका छन् । विश्व विजेता फ्रान्सका २७ वर्षिय आक्रामक मिडफिल्डर पोग्बा लामो समयदेखि म्याड्रिडसँग जोडिएपनि उनीहरुबीच सहमति हुन सकेको छैन । पोग्वा २०१६ मा इटालियन क्लब युभेटन्सबाट इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा ८९ मिलियन पाउन्डमा अनुबन्धित भएका थिए ।त्यसपछि […]
October 9, 2020
एजेन्सी – सुपर स्टार क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको मडेइरास्थित घरमा चोरी भएको छ । शुक्रबार चोरले रोनाल्डोको घरबाट आश्चर्यजनक वस्तु लिन खोजेको बताइएको छ । रियल म्याड्रिडका पूर्व स्टारको घरबाट हस्ताक्षर गरिएको युभेन्ट्सको जर्सी र अन्य केहि मुल्यवान बस्तु चोरी भएको उल्लेख गरिएको छ । पोर्चुगिज सञ्चारमाध्यमका अनुसार उनी घरेलु कामदारले ढोका खोले जस्तै ग्यारेजबाट घर […]
October 9, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सलाई अंक तालिका शीर्षस्थानमा उक्लिने अवसर छ । दिल्लीले आज राजस्थान रोयल्ससँग खेल्दै छ । राजस्थान र दिल्लीबीचको खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि शारजाहमा सुरु हुनेछ । दिल्ली ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंक जोड्दै दोस्रो […]
October 9, 2020
एजेन्सी – समर ट्रान्सफरको डेडलाइन डे अघि नै अनुबन्ध गरेका इंग्लिस क्लब चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डी घाइते भएका छन् । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलका लागि राष्ट्रिय टोलीमा रहेका सेनेगलका मेन्डी प्रशिक्षण दौरान घाइते भएका हुन् । घाइते भएसँगै २२ मिलियन पाउन्डका मेन्डी स्टामफोर्ड ब्रिज फर्किएका छन् । उनले आज राति मोरोक्कोविरुद्धको मैत्रीपुर्ण खेल गुमाउनेछन् । उनको […]