October 6, 2020
एजेन्सी– अफगानिस्तानका ओपनर ब्याट्सम्यान नजिब तारकईको २९ वर्षको उमेरमा सडक दुर्घटनामा परि मृत्यु भएको छ । नजिब गत साता अफगानिस्तानको पूर्वी नांगरहारमा सकड पार गर्नेक्रममा कारले ठक्कर दिदा गम्भीर घाईते हुन पुगेका थिए । गम्भीर घाइते भएका नजीबको आइसियुमा राखी उपचार भई रहेको थियो । जसक्रममा मंगलबार उनको मृत्यु भएको अफगानिस्तान क्रिकेट बोर्डले जानएको छ […]
October 6, 2020
एजेन्सी – करिम बेन्जेमा रियल म्याड्रिडका महत्वपूर्ण खेलाडी हुन् । दुई वर्षअघि क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि टोलीको अग्रपंक्तिको धेरै जिम्मेवारी बेन्जेमाको काँधमा गयो । अझ आशा गरिएका इडन हाजार्डले चोट र अन्य कारणले उच्च प्रदर्शन गर्न नसकेपछि बेन्जेमामाथि झनै बढी दबाब थियो । बेन्जेमा त्यसमा खरो उत्रिए । रियलले गत सिजन ला लिगा उपाधि जित्दा […]
October 6, 2020
एजेन्सी – इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका मिडफिल्डर थोमस पार्टीलाई अनुबन्ध गरेको छ । आर्सनलले घानाका मिडफिल्डरलाई ४५ मिलियन पाउन्डमा समर ट्रान्सफर (खेलाडी सरुवा) को डेडलाइन डेको अन्तिम दिन अनुबन्ध गर्न सफल भएको हो । उनले आर्सनलमा १८ नम्वरको जर्सी प्रदान गरिएको क्लबले जनाएको छ । आर्सनलले यसअघि नै पार्टीलाई अनुबन्ध गर्न चासो […]
October 6, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) का क्यामरुनी फरवार्ड इरिक म्याक्सिमा चौपो मोटिङलाई अनुबन्ध गरेको छ । बायर्न ३१ वर्षीय फरवार्डलाई एक सिजनका लागि फ्रि एजेन्टमार्फत अनुबन्ध गरेको हो । मोटिङको सम्झौता गत सिजनको अन्त्यसँगै सकिएको थियो । ‘बायर्नका लागि कसले खेल्न चाहदैन ?’ मोटिङले बायर्नमा अनुबन्ध भएपछि भने, […]
October 6, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले उरुग्वेका फरवार्ड इडिन्सन काभानीलाई फ्रि एजेन्टमार्फत क्लबमा अनुबन्ध गर्न सफल भएको छ । युनाइटेडले समर ट्रान्सफर (खेलाडी सरुवा) को डेडलाइन डेको अन्तिम दिन अनुबन्ध गर्न सफल भएको हो । युनाइटेडले ३३ वर्षीय फरवार्डलाई दुई वर्षको लागि प्रतिसाता २ लाख १० हजार मिलियन पाउन्डमा अनुबन्ध गर्न सफल भएको हो । […]
October 6, 2020
एजेन्सी – ब्राजिलियन विंगर डग्लस कोस्टा पुनः जर्मन क्लब बायर्न म्युनिख फर्किएका छन् । बायर्नले इटालियन क्लब युभेन्ट्सका कोस्टालाई एक सिजनको लागि लोनमा अनुबन्धित गरेको जनाएको छ । ३० वर्षीय कोस्टा दुई वर्षपछि जर्मन क्लबमा फर्किएको हो । कोस्टा २०१७ मा लोनमा इटालियन क्लब युभेन्टस पुगेका थिए । बायर्नमा अनुबन्ध भएसँगै कोस्टाले बायर्नबाट पुनः खेल्न […]
October 5, 2020
एजेन्सी – तीव्र गतिका बलर कागिसो रबाडाको घातक बलिङसँगै दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राती सम्पन्न आइपिएलको १९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्षस्थानमा उक्लिएको हो । जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा […]
October 5, 2020
एजेन्सी – दिल्ली क्यापिटल्सका अनुभवी स्पिनर अमित मिश्राले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० गुमाउने भएको छन् । मिश्रा कोलकाता नाइट राइडर्ससँगको खेलको क्रममा घाइते हुन पुगेका थिए । शनिवार कोलकातासँगको खेलमा मिश्राको औंलामा चोट लाग्न पुगेको थियो । जसको कारण आइपिएलको पुरै सिजन नै गुमाउने भएका छन् । मिश्राले जारी आइपिएलमा ३ खेलमा तीन विकेट […]
October 5, 2020
एजेन्सी – ला लिगाका सुरुवाती दुई खेलमा शत प्रतिशत नतिजा निकालेको बार्सिलोनाले तेस्रो खेलमा बराबरी मात्र गर्न सक्यो । सेभिल्लासँग आइतबार १–१ को बराबरीपछि बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यानले खुलेर टोलीको प्रदर्शनको समिक्षा गरेका छन् । टोलीको खेलबाट सन्तुष्ट नै देखिएका डच प्रशिक्षकले कहाँ कहाँ कमजोरी रहेको भन्ने पनि प्रष्ट पार्न चाहे । त्यहि क्रममा उनले […]
October 5, 2020
एजेन्सी – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको टोलीमा स्थान बनाउन संघर्ष गर्दै आएका छन् । सुरुवात देखिनै बेन्चमा बसेका सन्दीपलाई प्लेइङ ११ मा स्थान बनाउन अन्य खेलाडीको प्रर्दशनमा पनि निर्भर रहनुपर्ने देखिन्छ । आइपिएलमा प्लेइङ ११ मा चारमात्र विदेशी खेलाडी खेलाउन पाइन्छ । दिल्लीले सुरुवात देखिनै चार विदेशी खेलाडीमा […]