August 16, 2020
भुपेन्द्र जिसी, काठमाडौं भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएसँगै भारतीय क्रिकेटकै एक युगको अन्त्य भएको छ । विश्वकै सर्वाधिक सफल कप्तानमध्यका एक धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट आफ्नै पृथक शैलीमा सन्न्यास लिए । ‘क्याप्टेन कुल’ उपनामले परिचित धोनी मैदानभित्र र बाहिर पनि सधैं शालीन रहे । उनले सामाजिक संजालको एक पोस्टमार्फत […]
August 16, 2020
एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पुरा भएको छ । शनिबार राति भएको खेलमा फ्रेन्च क्लब सेमिफाइनलमा पुगेसँगै अन्तिम चारको समिकरण पुरा भएको हो । यसअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी), जर्मन क्लब आरबी लाइप्जिग र बायर्न म्युनिखले सेमिफाइनलमा स्थान बनाएका थिए । जर्मन क्लब बायर्न म्युनिखबाहेक अन्य तीन टोलीले अहिलेसम्म […]
August 16, 2020
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीमाथि जित हासिल गर्दै फ्रान्सेली क्लब लियोनले यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । शनिबार लिस्बनमा भएको खेलमा लियोन ३-१ ले विजयी रहयो । लियोनको जितमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फरवार्ड मौसा डेम्बेलेले २ र म्याक्स्वेल कर्नेटले एक गोल गरे । सिटीका लागि केभिन डे ब्रुएनले […]
August 15, 2020
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । धोनीले शनिबार इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन् । धोनीले टेष्टबाट सन् २०१४ मै सन्न्यास लिएका थिए । उनले सिमित ओभरको कप्तानी सन् २०१७ मा छोडेका थिए । शनिबार उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै घरेलु क्रिकेटमा […]
August 15, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम क्वाटरफाइनलमा शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र फ्रान्सेली क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछन् । खेल लिस्बनमा रातको १२:४५ बजे सुरु हुनेछ । सिटीले अघिल्लो चरणमा रियल म्याड्रिडलाई ४-२ ले पराजित गर्दा अन्तिम ८ मा स्थान पक्का गरेको थियो । लियोनले भने उपाधिको बलियो दाबेदार मानिएको युभेन्टसलाई अवे गोलको आधारमा पछि […]
August 15, 2020
एजेन्सी – बार्सिलोनाका कप्तान सुपरस्टार लियोन मेस्सीले च्याम्पियन्स लिग क्वार्टरफाइनलको लज्जास्पद हारपछि आफ्नो निराशा लुकाउन सकेनन् । लिस्बनमा शुक्रबार बार्सिलोनालाई बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले ८–२ ले हराएको थियो । कोभिड १९ कारण एक खेलमा मात्र भएको क्वार्टरफाइनलमा बार्सिलोनामाथि सानदार जित निकाल्दै बायर्न सेमिफाइनल पुगेको छ । बार्सिलोनाका हरेक सफलताका मुख्य आकर्षण रहँदै आएका मेस्सी बायर्नसँगको […]
August 15, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार क्वाटरफाइनल चरणको खेलमा जर्मन क्लब बायर्न म्युनिखले क्याटलान क्लब बार्सिलोनालाई ८-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो । खेलपछि मिक्स्ड जोनमा पत्रकारले जर्मन मिडफिल्डर लिओन गोरेट्जकालाई, ‘मेस्सी सम्भवत बाल्यकालमा आदर्श खेलाडी थिए होलान्, उनलाई यस्तो लज्जास्पद हार चखाउँदा केहि दुख लागेन?‘ भनेर प्रश्न गरेका थिए । उक्त […]
August 15, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार जर्मन च्याम्पियन बायर्न म्युनिखले बार्सिलोनालाई ८-२ ले पराजित गर्दा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फिलिपे कोउटिन्होले २ गोल र १ असिस्ट दिए । बार्सिलोनाबाट नै सिजनको सुरुवातमा लोनमा गएका कोउटिन्होले बायर्नको अन्तिम तीन गोलमा निर्णायक भूमिका खेलेका थिए । खेलको ७५ औं मिनेटमा सर्ज जिनाब्रीको स्थानमा कोउटिन्हो […]
August 15, 2020
एजेन्सी – जमर्नी राष्ट्रिय क्रिकेट टोलीकी मध्य गतिकी बलर तथा कप्तान अनुराधा डोड्डाबल्लापुरले टि२० आई महिला क्रिकेटमा एकै ओभरमा लगातार चार बलमा चार विकेट लिँदै विश्व कीर्तिमान कायम गरेकी छिन् । शुक्रबार ३३ वर्षिय अनुराधाले पाँच टि२० आई सिरिज अन्तर्गत चौथो खेलमा घरेलु टोली अष्ट्रियाविरुद्ध यस दुर्लभ कीर्तिमान रचेकी हुन् । जमर्नीले प्रस्तुत गरेको १ […]
August 15, 2020
एजेन्सी – आधुनिक फुटबलका हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैजना १५ वर्षपछि यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा नदेखिने भएका छन् । रोनाल्डोको टोली प्रि–क्वाटरफाइनलबाट तथा मेस्सीको बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएपछि सन् २००५ पछि पहिलोपटक मेस्सी वा रोनाल्डो च्याम्पियन्स लिगको सेमिफाइनलमा नदेखिने भएका हुन् । पछिल्लो १५ वर्ष च्याम्पियन्स लिगमा मेस्सी र रोनाल्डोको दबदबा हेरिरहेका दर्शक यो […]