August 16, 2020
एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा अष्ट्रियाको शीर्ष डिभिजन क्लब अष्ट्रिया विएनमाथि ११-२ को सानदार जित दर्ता गरेको छ । अष्ट्रियाको तिसी स्त्राहोभमा भएको खेलमा डर्टमुन्डले पहिलो हाफमा ४-१ को अग्रता लिएको थियो । दोस्रो हाफमा ७ गोल थप्दै १ गोल खाएपछि जर्मन टोलीले फराकिको जित हासिल गरेको हो । डर्टमुन्डले अघिल्लो […]
August 16, 2020
एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको दोस्रो टेष्ट खेलमा लगातार चौथो दिन मौसम बाधक बनेपछि बराबरी हुने निश्चित जस्तै भएको छ । पहिलो र दोस्रो दिन वर्षा र खराब प्रकाशका कारण पूरै खेल हुन सकेको थिएन । तेस्रो दिन बर्षाको कारण खेलनै सुरु नभई स्टम्प्स भएको थियो । चौथो दिन वर्षाको कारण मात्र १०.२ ओभर सम्भव […]
August 16, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड१९) को कारण भारतीय पूर्व ओपनर चेतन चौहानको ७३ वर्षकोे उमेरमा मृत्यु भएको छ । मिर्गौला रोगि समेत रहेका चेतनलाई गत जुलाई १२ मा कोरोना भाइरस देखिएको थियो । अस्पताल भर्ना भएका उनको आइतबार निधन भएको छ । चेतनले भारतीय क्रिकेटका पूर्व ओपनर सुनिल गावस्करसँग जोडी बाँध्दै सफल करिअर व्यतित गरेका […]
August 16, 2020
एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डे ब्रुएन इंग्लिस प्रिमियर लिगको सिजन २०१९-२० को उत्कृष्ट खेलाडी घोषित भएका छन् । डे ब्रुएनले लिभरपुलक साडियो माने, जोर्डन हेन्डरसन र ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधिको दाबेदारीमा बर्नालीका गोलरक्षक निक पोप, साउथह्याम्पटन फरवार्ड ड्यानी इन्ग्स र गोल्डेन बुट विजेता लेस्टर सिटीका जेमी भार्डी […]
August 16, 2020
एजेन्सी – पछिल्लो केहि वर्षयता बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीले क्लब छाड्ने चर्चा चल्ने गरेको छ । अझ टोलीले उच्च प्रदर्शन गर्न नसक्दा उनको सरुवाको चर्चा झनै बढी चुलिने गरेको छ । अहिले फेरि मेस्सीले बार्सिलोना छाड्न सक्ने अनुमान हुन थालेका छन् । लिभरपुल लेजेन्ड ग्राएम सुनेसले मेस्सी सनसनीपूर्ण रुपमा म्यानचेस्टर युनाइटेड जान सक्ने विश्वास […]
August 16, 2020
एजेन्सी – फ्रान्सेली लिगलाई ‘फार्मर्स लिग’ भन्दै आलोचना गर्नेहरुलाई पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टार केलियन एमबाप्पेले घुमाउरो पाराले टिप्पणी सहि नभएको संकेत गरेका छन् । म्यानचेस्टर सिटीलाई हराउँदै शुक्रबार फ्रान्सेली टोली लियोन च्याम्पियन्स लिगको सेमिफाइनल पुगेपछि उनले फ्रान्सको फुटबल कमजोर नरहेको संकेत गरेका हुन् । सिटीसँगको खेलमा लियोन अन्डर डग टोली थियो । तर, […]
August 16, 2020
एजेन्सी – यूईएफए युरोपा लिगको पहिलो सेमिफाइनलमा उपाधिका दुई दाबेदार स्पेनिस क्लब सेभिल्ला र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ । खेल जर्मनीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । फाइनल प्रवेशका निम्ति दुई टोलीबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । युनाइटेडसँग अपराजित रहेको सेभिल्ला सोही लयलाई निरन्तरता दिँदै फाइनल पुग्ने […]
August 16, 2020
इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई पछिल्लो समय यूईएफए च्याम्पियन्स लिगमा उपाधिको दाबेदार टोलीको रुपमा लिइन्छ । अझ यसपटक प्रि-क्वाटरफाइनल चरणमा रियल म्याड्रिडलाई पराजित गरेपछि त टोलीले बलियो दाबेदारी प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो । तर सिटीको उपाधि जित्ने सपना फेरिपनि क्वाटरफाइनल चरणमा नै तुहियो । फ्रान्सेली क्लब लियोनविरुद्ध खेल्नुअघि कमैले सोचेका थिए, म्यानचेस्टर सिटी पराजित हुन्छ […]
August 16, 2020
एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टमेउले क्लबमा परिवर्तनको संकेत गरेका छन् । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा शुक्रबार बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेसँगै बार्सिलोनाको अध्यक्षले यस्तो संकेत गरेका हुन् । किके स्टेनलाई नयाँ प्रशिक्षकका रुप क्लबमा आबद्ध गराएसँगै अध्यक्ष बोर्टमेउको चर्को आलोचना भएको थियो । बायर्न विरुद्ध टोलीको हारमा उनले निराशा व्यक्त गरे । […]
August 16, 2020
एजेन्सी – युरोपियन फुटबलको पावरहाउस मानिने स्पेनिस, इंग्लिस र इटालियन लिगका क्लबबिना ३० वर्षपछि यूईएफए च्याम्पियनस लिगको सेमिफाइनलमा समिकरण तयार भएको छ । शनिबार राति इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब लियोनसँग क्वाटरफाइनलमा ३–१ ले पराजित भएसँगै ३० वर्षपछि स्पेन, इंग्ल्यान्ड र इटालियन क्लब सेमिफाइनल पुग्नबाट बन्चित भएका हुन् । त्यसअघि क्वाटरफाइनलमाा क्याटलान क्लब बार्सिलोना […]