default_image

lokpriya

November 17, 2025

काठमाडौंले पहिला बलिङ गर्ने

काकाठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन खेल जितेर काठमाडौं गोर्खाज पहिले बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले‌ टस जितेर बलिङ गर्ने निर्णय गरेपछि जनकपुर पहिलो ब्याटिङमा उत्रने भएको छ। जनकपुर बोल्ट्स डिफेन्डिङ च्याम्पियन हो। काठमाडौंले भने गत संस्करण नेट रनरेटको आधारमा प्ले अफमा स्थान बनाउन […]

November 17, 2025

एनपिएलको उद्घाटनमा २ हजार बढी सुरक्षाकर्मी परिचालित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको‌ उद्घाटनमा २ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको उद्घाटन खेल हुँदैछ। खेल दिउँसो ४ बजे सुरु हुनेछ। आज नेपाल‌ प्रहरीका १ हजार ९ सय, सशस्त्र २ सय ५० र‌ प्राइभेट स्क्युरिटी २ सय परिचालन गरिएको नेपाल क्रिकेट संघ […]

November 17, 2025

जेम्स स्कुल सेल्फ डिफेन्स कार्यशाला

ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]

November 17, 2025

नर्वे विश्व कपमा छनोट, इटालीले फेरि प्ले अफ खेल्नुपर्ने

एजेन्सी – नर्वे फिफा विश्वकपका लागि छनोट भएको छ। नर्वेले २८ वर्षपछि विश्व कप खेल्ने भएको छ। एर्लिङ हालान्डले २ मिनेटको फरकमा २ गोल गरेपछि आइतवार इटालीलाई ४-१ ले हराउँदै नर्वेले विश्वकप स्थान पक्का गर्‍यो। नर्वेले बिहीवार एस्टोनियालाई हराएपछि विश्व कप छनोट लगभग पक्का गरेको थियो। इटालीले छनोट हुन नर्वेलालाई ९ गोलले जित्नुपर्ने बाध्यता थियो। […]

November 17, 2025

पाकिस्तानको क्लिन स्विप, श्रीलंकाको हार

एजेन्सी – फखर जमन र मोहम्मद रिजवानले अर्धशतक बनाएपछि पाकिस्तानले श्रीलंकालाई तेस्रो तथा अन्तिम ओडिआईमा ६ विकेटले हराएको छ। घरेलु टोली पाकिस्तानले सिरिज ३-० ले सिरिज जितेको छ। श्रीलंकाले दिएको २ सय १२ रनको लक्ष्य पाकिस्तानले ४४.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानले खराब सुरुआत गर्‍यो। ओपनर हसीबुल्लाह खान शुन्य मै आउट भएपछि टोली […]

November 16, 2025

पोर्चुगल विश्वकपमा छनोट

एजेन्सी – पोर्चुगल आर्मेनियालाई ९-१ ले हराउँदै २०२६ को विश्व कप फुटबलको लागि भएको छ। पोर्चुगलका ब्रुनो फर्नान्डेस र जोआओ नेभेस दुवैले ह्याट्रिक गरे। अघिल्लो खेलमा आयरल्यान्डसँग पराजित भएपछि पोर्चुगललाई विश्व कप छनोट हुनका लागि आजको खेलमा जित्नै पर्ने थियो । आयरल्यान्डसँगको खेलमा रातो कार्डको सामना गरेका क्रिस्टियानो रोनाल्डो आजको खेलमा खेल्न पाएनन्। खेलको सुरुवातमै […]

November 16, 2025

फोन पे काठमान्डु गोर्खाजको डिजिटल पार्टनर

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजको प्लाटिनम प्रायोजकमा फोन पे जोडिएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पे गोर्खाजको डिजिटल पार्टनर रहने छ । सोमवार सुरु हुने एनपिएलमा गोर्खाजका खेलाडीको जर्सीको अगाडि भागमा फोन पेको लोगो हुनेछ । यसका लागि काठमान्डु गोर्खाज र फोन पे बीच […]

November 16, 2025

वान डे  क्रिकेट एकेडेमीले भारतमा सिरिज खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- वान डे क्रिकेट एकेडेमीले भारतको दिल्लीस्थित द्रोणाचार्य क्रिकेट एकेडेमी विरुद्ध सोमवारदेखि ३ वटा एकदिवसीय र ३ वटा टि ट्वान्टी खेल खेल्ने भएको छ। त्यसमा केही खेल दिवा रात्रीको हुने बताइएको छ। वान डे टोलीको मुख्य प्रशिक्षक पुरुषोत्तम झा र व्यवस्थापकम शम्भवी झा छन्। वान डेको  १५ सदस्यीय टोली – प्रकाश शाही (कप्तान), […]

November 16, 2025

लालीगुराँस र चित्लाङ एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा

रविन्द्र वाईबा , हेटौंडा कास्कीको लालीगुराँस एसोसिएसन र काठमाडौंको चित्लाङ एफसी एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। हेटौंडाको गौरीटार रंगशालामा आज भएको सेमिफाइनल खेलमा जित निकाल्दै समूह चरणमा एकै समूहमा रहेका लालीगुराँस र चित्लाङले एकअर्कासँगको भेट पक्का गरेका हुन्। पहिलो सेमिफाइनलमा लालीगुराँसले सुर्खेतको कार्केविहार युथ क्लबलाई २-० ले हरायो । लालीगुराँसका […]

November 16, 2025

कप्तान रोहितलाई फिनिक्स कलेजको छात्रवृत्ति

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन्। रोहितले फिनिक्स कलेज अफ म्यानेजमेन्टमा भर्ना भएका छन् । उनलाई कलेजले पूर्ण छात्रवृत्ति दिएको छ। रोहित जस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले […]

Success

Thank you for your time.