default_image

lokpriya

April 15, 2025

गोर्खाली फिफ्टिन्स रग्बीको उपाधि रक्षा गर्न सफल

काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब पाँचौ फिफ्टिन्स रग्बी च्याम्पियनसिपको विजेता बनेको छ। मंगलवार भएको लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५-० ले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो। जितसंगै गोर्खालीले लिगको तीनवटै खेल जित्दै लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो। त्यसैगरी दिनको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई एक […]

April 15, 2025

पोखरा प्ले अफमा पुग्न सफल

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा थन्डर्स तेस्रो स नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा पुग्न सफल भएको छ। बुटवल लुम्बिनीलाई आज २-० ले हराउँदै पोखरा लिगको तेस्रो स्थानमा उक्लिएको छ। यो सँगै पोखराले काठमाडौं रेजर्सलाई गोल अन्तरमा पछि पार्दै प्ले अफमा स्थान सुरक्षित गरेको हो। पोखराको जितपछि झापा लिगबाट बाहिरिने दोस्रो टोली बन्यो। अब एफसी […]

April 15, 2025

बार्सिलोनाको सामना गर्दै डर्टमण्ड

एजेन्सी – च्याम्पियन्स लिग क्वाटरफाइनलको दोस्रो लेगमा आज बोरुसिया डर्टमण्डले बार्सिलोनाको सामना गर्दैछ। डर्टमण्डका लागि फेरि सेमिफाइनल पुग्ने लक्ष्य कठिन देखिन्छ। बार्सिलोनासँग ४-० को बलियो अग्रता छ। यद्यपि डर्टमण्डलाई सजिलो आँक्न हुँदैन। किनकी डर्टमण्डलाई आज आफ्नो घरेलु मैदान र समर्थकको साथ रहनेछ। बार्सिलोना सन् २०१५ पछि पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्ने दाउमा छ। ला लिगामा […]

April 15, 2025

पन्जाबले‌ टस जित्यो

एजेन्सी – कोलकाता नाइट राइडर्ससँगको इन्डियन प्रिमियर लिग (आइपिएल) खेलमा पन्जाब किंग्सले टस जितेको छ।पन्जाबका कप्तान श्रेयस अय्यरले टस जितेर ब्याटिङ रोजेका छन् । गत वर्ष श्रेयसकै कप्तानीमा कोलकाताले आइपिएलको उपाधि जितेको थियो। आइपिएलमा कोलकताले यो सिजन ६ खेलाडीलाई यथावत राख्दा श्रेयस त्यो सूचीमा थिएनन्। नयाँ टोलीमा स्थानान्तरण र प्रशिक्षक रिक्की पोन्टिङसँगको पूनर्मिलनले श्रेयसलाई आफ्नो […]

April 15, 2025

ओलावालेको अनुशासनहीन व्यवहार

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा सशक्त प्रदर्शन गरिरहेको टिम हो, धनगढी एफसी। धनगढी एक खेल अगाडि नै पहिलो क्वालिफायरमा प्रवेश गर्न पनि सफल भैसकेको छ। तर धनगढीले हिजो दशरथ रंगशालामा झापा एफसीसँगको खेलका दौरान धनगढीका अफ्रिकी खेलाडी अफिज ओलावालेले अनुशासनहीन व्यवहार गरे। उनी प्लेइङ इलेभेनमा थिएनन्। ६८ औं मिनेटमा मोहम्मद अल […]

April 15, 2025

पहिलो हाफमा पोखरालाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीबीचको खेल जारी छ। पहिलो हाफमा पोखराले १-० को अग्रता बनाएको छ। आयुष घलानले गोल गरे। प्ले अफमा पुग्ने संभावनाको लागि पोखरालाई जितको विकल्फ छैन । गर या मरको स्थितिमा पोखरा रहेको छ। प्ले अफबाट बाहिरिसकेको बुटवल भने सान्त्वना जित निकाल्न […]

April 15, 2025

आइपिएलमा कोलकाता र पन्जाब खेल्दै

एजेन्सी – गत वर्ष श्रेयस अय्यरको कप्तानीमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) को उपाधि जितेको थियो। यस पटक अय्यरले पन्जाब किंग्सको कप्तानी गरिरहेका छन्। उनको नेतृत्वमा पन्जाबले आज पूर्व टोली कोलकाताविरुद्ध खेल्दै। खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। आइपिएलमा कोलकताले यो सिजन ६ खेलाडीलाई यथावत राख्दा अय्यर त्यो सूचीमा थिएनन्। […]

April 15, 2025

एट्लेटिकोको जित

एजेन्सी – स्पेनिस ला लिगमा एट्लेटिको मड्रिडले सोमवार भालाडोलिडलाई ४-२ पराजित गरेको छ । खेलमा भालाडोलिडले अग्रता लिएको थियो। ममदोउ सिलाले २१औं मिनेटमा पाएको पेनाल्टीमा गोल गरेका थिए । एट्लेटिकोका लागि जुलियन अल्बारेजले २५औं पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा पुर्याएका‌ थिए । त्यस्तै एट्लेटिकोका लागि जिउलियानो सिमेनोइले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए […]

April 15, 2025

बोर्नमाउथसँग फुलहमको हार

एजेन्सी – एन्टोइन सेमेन्इयोको पहिलो मिनेटमा गरिएको गोल निर्णायक बनेपछि एएफसी बर्नमाउथले फुलहमलाई १-० ले हराएको छ। यो जितले बर्नमाउथको युरोपेली प्रतियोगिता खेल्ने आशा बलियो बनायो। डिसेम्बरमा फुलहमसँग २-२ को बराबरी खेलेको बर्नमाउथले सोमवारको खेल सुरु भएको ५३ सेकेन्डमा लिएको अग्रता जोगाउन सफल रह्यो । एभानिल्सनले बर्नमाउथको अग्रता बढाउने राम्रो मौका चुकाए । उनले नजिकैबाट […]

April 15, 2025

आइपिएलमा चेन्नईको दोस्रो जित

एजेन्सी – चेन्नई सुपर किङ्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जाइन्ट्सलाई ३ बल अगाडि ५ विकेटले हराएको छ। लगातारको पाँचौ हारपछि चेन्नईको यो पहिलो जित हो। जितको लागि १ सय ६७ रनको चुनौती पछाएको चेन्नईले १९ ओभर ३ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। शेक रसिद र राचिन रविन्द्रले पहिलो विकटको […]

Success

Thank you for your time.