June 13, 2020
एजेन्सी – स्पेनिस ला लिगामा भ्यालेन्सिया र लेभान्टेले नाटकीय बराबरी खेल्दा ग्रानडाले गेटाफेमाथि पूनरागमन जित निकालेको छ । भ्यालेन्सिया र लेभान्टेसँग १–१ गोलको बराबरी खेल्दै अंक बाड्दा ग्रानडाले गेटाफेमाथि २–१ को पूनरागमन जित निकालेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेल बराबरीतर्फ नै धकेलिदा खेलको ८९औं मिनेटमा रोड्रिगोले गोल गर्दै घरेलु टोलीलाई जिततर्फ […]
June 13, 2020
एजेन्सी – ड्यानियल ओल्मोको दुई गोल सहयोगमा आरबी लाइप्जिगले जर्मन बुन्डेस लिगामा होफेनहाइनमाथि २–० को सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा ओल्मोले पहिलो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्न सफल भएको थियो । होफेनहाइनको मैदानमा खेलको नवौं मिनेटमा ओल्मोले गोल गर्दै लाइप्जिगलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि मार्सेल सवित्जरको […]
June 13, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टस अवे गोलको आधारमा कोप्पा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलको दोस्रो लेगमा एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएपछि युभेन्टस फाइनलमा प्रवेश गरेको हो । पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । दर्शकबिना युभेन्टसको मैदानमा खेलिएको खेलको १५ औं मिनेटमा युभेन्टसले अग्रता लिने सुवर्ण अवसर पाएको थियो […]
June 12, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका प्रशिक्षक माउरिजियो सार्रीले सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई एकसाथ खेलाउने कठिन भएको बताएका छन् । रोनाल्डो गत सिजन स्पेनिस क्लब रियल म्याड्रिडबाट १ सय १२ मिलियन युरोमा इटाली आएका थिए । रोनाल्डोको आगमनसँगै डिबालाको प्रदर्शनमा पनि गिरावट आएको थियो । सन् २०१७-१८ सिजनमा २६ गोल गरेका […]
June 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) — सन् २०२० सुरु हुनुअघि नेपाली क्रिकेट टोलीको कार्यतालिका व्यस्त थियो । तर कोरोना भाइरस (कोभिड१९) संक्रमणका कारण र प्राप्त केहि अवसर सदुपयोग गर्न नसक्दा सन् २०२० को बाँकी ६ महिना नेपाली क्रिकेट टोली अब धेरै समय खाली हुने देखिएको छ । हालसम्म नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक कार्यतालिका सार्वजनिक गर्न […]
June 12, 2020
प्रकाश तिमल्सिना, काठमाडौं कोरोना भाइरस कोभिड १९ लाई न्यूनिकरणका लागि सरकारले लकडाउन गरेको ८२ औं दिन भइसकेको छ । लकडाउन चलिरहँदा पनि अखिल नेपाल फुटबल संघ (एन्फा) नयाँ नयाँ घटना भइरहेका छन् । एउटा विषय सेलाउन नपाउँदै एन्फामा अर्को विषयले प्रवेश पाउन थालेको छ । तराई तिर राष्ट्रियता अलि कम रहेको भन्ने अभिव्यक्ति कारण एन्फा […]
June 12, 2020
एजेन्सी – विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिद-१९) संक्रमणबाट जोगिन युरोपका शीर्ष ५ फुटबल लिगका ४९ क्लबहरुले समर्थकलाई आफ्नो क्लबको लोगो अंकित मास्क बेच्न थालेका छन् । युरोपमा कोरोना संक्रमणको दर घट्दै गएपछि फुटबल लगायत अन्य खेलकुद गतिविधि पनि सुचारु हुन थालेका छन् । यद्यपि दर्शकहरुको सुरक्षालाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल गराइने छ […]
June 12, 2020
एजेन्सी — युवा स्टार हैदर अलीलाई समेट्दै पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्डसँगको समान तीन टेष्ट र टि२० आई सिरिजको लागि २९ सदस्य टोली घोषणा गरेको छ । २९ सदस्य टोलीमा पाकिस्तानको टेष्टको कप्तानी अजहर अली र टि२० को कप्तानी बाबर आजमले गर्ने छन् । बाबर आजम टेष्ट टोलीको उप कप्तान रहेका छन् । पहिलो पटक टोलीमा […]
June 12, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका सदस्य रोशन श्रेष्ठले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का सदस्यहरुलाई शुक्रबारबार मास्क र सेनिटाईजर सहयोग गर्नु भएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण सहयोग गरेको बताइएको छ । संघका सदस्य श्रेष्ठले मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) लाई एक सय थान केएन–९५ मास्क र एक सय थान सेनिटाईजर […]
June 12, 2020
एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) को कारण युरोपको सबैभन्दा प्रभावित देश इटलीमा शुक्रबारदेखि फुटबलका गतिविधि फर्कदैछ । इटलीमा ९ मार्चबाट फुटबल अवरुद्ध छ । इटालियन फुटबल फेडेरेसन (एफआइजीसी) ले झन्डै तीन महिनादेखि रोकिएको फुटबल गतिविधि शुक्रबारदेखि चलायमान बनाउन लागेको हो । एफआइजीसीले सिरी ‘ए’ सुरु गर्नुअघि कोपा इटालिया सकाउने योजना बनाएको छ । १७ जुनमा […]