default_image

lokpriya

June 2, 2020

बार्सिलोनाका पाँच खेलाडी कोरोनामुक्त

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका सिनियर टोलीमै रहेका पाँच खेलाडी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । आफ्ना सिनियर टोलीकै पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपनि बार्सिलोना र स्पेनिस ला लिगा आयोजकले यो विषयलाई गोप्य नै राखेको थियो । एक दावी अनुसार पछिल्लो परिक्षणमा उनीहरुमा कोरोनाको लक्षण नदेखिएपछि उनीहरु टिमको पुर्ण प्रशिक्षणमा जोडिइसकेका […]

June 2, 2020

रियलले सान्टियागो बर्नाबाउमा नखेल्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले कोरोना संक्रमणका कारण स्थगित भएपछि सुचारु हुन लागेको ला लिगाका खेलहरू घरेलु मैदान सान्टियागो बर्नाबाउमा नखेल्ने भएको छ । लिग अन्तर्गत रियलले सुरुवाती दुई खेल नै घरेलु मैदानमा खेल्ने तालिका रहेको छ । तर रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले सिजनका बाँकी खेल बर्नाबाउमा नखेल्ने पक्का गरेका छन् । रियलले आफ्नो […]

June 2, 2020

युभेन्टसअघि रोनाल्डो मिलान जाने सल्लाह थियो

एजेन्सी – इटालियन क्लब एसी मिलानका पुर्व खेलकुद निर्देशक मासिमिलियानो मिराबेल्लीले पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले युभेन्टसमा जानुअघि एसी मिलानसँग सम्झौता नजिक पुगेको खुलासा गरेका छन् ।  क्लबका चिनियाँ मालिक लि योङहोङले रोनाल्डोको सम्झौता रोकेपछि मात्रै उनी युभेन्टस पुगेको मिराबेलीले बताएका छन् । २०१८ मा रोनाल्डोले विश्वलाई नै चकित पार्दै स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटली […]

June 2, 2020

इकार्डीलाई युभेन्टस जानबाट रोक्न बेग्लै प्रावधान

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेच्दा भविष्यमा युभेन्टसमा जान रोक्नका लागि बेग्लै प्रावधान राखेको छ । युभेन्टसले लामो समयदेखि इकार्डीलाई अनुबन्धन गर्न खोजेपनि इन्टरले आफ्नो प्रतिद्वन्द्वी भएकै कारण उनलाई त्यहाँ जान दिएको थिएन । गत सिजन इकार्डी आफैंले पनि इन्टरलाई युभेन्टसको प्रस्ताव स्वीकार्न […]

June 2, 2020

युरोपका ठूला टोलीको नजरमा टोनाली उर्फ दोस्रा पिर्लो

एजेन्सी – इटालियन क्लब ब्रेसियाका २० वर्षीय मिडफिल्डर सान्ड्रो टोनालीलाई दिग्गज मिडफिल्डर आन्द्रेए पिर्लोसँग दाँजिदै आएको छ । टोनाली आफैं पनि दुवैको उस्तै कपाल रहेकाले समर्थकले दाँजेको बताउँछन् । तर यी युवा मिडफिल्डरको प्रदर्शन पनि कम्तिको छैन । खेल्ने शैली र खेलमा छाड्ने प्रभावले गर्दा नै टोनालीलाई अर्का पिर्लो भनेर नामाकरण गरिएको छ । त्यसो […]

June 2, 2020

सिरी ‘ए’ को खेल तालिका सार्वजनिक

एजेन्सी – कोरोना महामारीको त्रासपछि इटालियन सिरी ‘ए’ को स्थगित खेलहरु आगमी जुन २० देखि पुनः सुचारु हुदैछ । इटालियन फुटबल फेडेरेसन (एफआइजीसी) ले सोमबार स्थगित सिरी ए २० जुनदेखि अगस्ट २ सम्म सकाउने खेल तालिका बनाएको छ ।  नयाँ तालिका अनुसार ६ सातामा सिरी ए क्लबले एक सातामा दुई खेल खेल्नुपर्ने भएको छ । […]

June 2, 2020

लाइप्जिगको सहज जित

एजेन्सी – एफसी कोल्नमाथि सहज जित निकाल्दै आरबी लाइप्जिग जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लन सफल भएको छ । सोमबार राति भएको खेलमा लाइप्जिगले घरेलु टोली कोल्नमाथि ४–२ को सहज जित हात पार्दै तेस्रो स्थानमा उक्लिएको हो । जितसँगै लाइप्जिगले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डसँगको अंक दुरी २ मा झारेको छ । लाइप्जिगको २९ खेलबाट ५८ […]

June 1, 2020

अध्यक्ष थापाको कारवाही अनुमोदन

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापामाथि गरिएको कारबाहीको निर्णयलाई अनुमोदन गरेको छ । सोमबार झन्डै ८ घन्टासम्म चलेको एन्फाको कार्यसमितिको अनलाइन बोर्ड बैठकले संस्था र पदाधिकारीमाथि अपशब्द बोलेको आरोप लगाउँदै जिल्ला अध्यक्ष थापामाथि कारबाही गर्ने सचिवालयको निर्णयलाई अनुमोदन गर्दै अनुशासन समितिमा पठाउने एन्फाले जनाएको […]

June 1, 2020

रोनाल्डोले आफूभन्दा राम्रो भनेका ‘असफल पाईम’

एजेन्सी – सन् २००३ मा जब इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई अनुबन्धन गर्यो, त्यसबेला रोनाल्डोले भनेका थिए, ‘ मलाई राम्रो भन्नुहुन्छ भने तपाईं पहिला फाबियो पाईमलाई हेर्नुहोस् ।’ त्यसबेला विश्व फुटबलका उत्कृष्ट युवा प्रतिभाले त्यसो भन्दा धेरैले पाईम राम्रै खेलाडी होलान् भन्ने सोचेका थिए । र पाईम थिए पनि उस्तै, रोनाल्डो नै खेल्ने स्पोर्टिङ […]

June 1, 2020

इघालोको युनाइटेड बसाइ लम्बियो

एजेन्सी – म्यानचेस्टर युनाइटेडले नाइजेरियन फरवार्ड ओडीओन इघालीको लोन सम्झौतालाई थप गर्दै यस वर्षको अन्त्यसम्म क्लबमा रहने सम्झौता गरेको छ । चिनिया क्लब सांघाई सेन्हुआबाट लोनमा आएका इघालोको सम्झौता मे महिनामा अन्त्य हुने थियो । तर कोरोनाका कारण सिजन अन्त्य हुन नसक्दा युनाइटेडले उनलाई क्लबमा राख्न प्रयास थालेको थियो । सेन्हुआले सुरुवातमा युनाइटेडको प्रस्ताव अस्विकार […]

Success

Thank you for your time.