default_image

lokpriya

June 4, 2020

फिफामा एन्फा अध्यक्षविरुद्ध पूर्व अध्यक्ष श्रेष्ठको पनि उजुरी

प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको विवादास्पद अभिव्यक्तिको छानबिनका लागि एन्फाका पूर्व अध्यक्ष नरेन्द्र श्रेष्ठ विश्व फुटबल महासंघ (फिफा) उजुरी दिएका छन् । यसै महिनाको सुरुवातमा एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा तानिएका थिए ।   […]

June 4, 2020

खड्का भर्चुअल पुम्से च्याम्पियनसिपमा निर्णायक, ६ खेलाडी पनि सहभागी

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का कोरोना भाइरस (कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपका लागि निर्णायक मण्डलमा मनोनित भएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् । युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा  च्याम्पियनसिप हुन लागेको हो […]

June 4, 2020

लकडाउनपछि रोनाल्डोको फिटनेसमा अझै सुधार

एजेन्सी – पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान युभेन्टस फरवार्ड क्रिस्टियानो रोनाल्डोको फिटनेसमा कोरोनाका कारण भएको लकडाउनपछि थप सुधार आएको छ । युभेन्टसले यसै साता आफ्ना खेलाडीको फिटनेस स्तरबारे जानकारी लिन गरेको परिक्षणमा रोनाल्डोको प्रदर्शन कोरोनाअघिको टेस्ट भन्दा अझै राम्रो आएको हो । रोनाल्डो अन्य खेलाडीभन्दा ४ घण्टा अगाडी नै प्रशिक्षण स्थलमा पुगेर तयारी गरिरहेका थिए […]

June 4, 2020

फिफामा आफ्नै अध्यक्षविरुद्ध नेम्बाङको उजुरी

प्रकाश तिमल्सिना,काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) बीचको आन्तरिक विवादले अब विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) मा औपचारिक रुपमा प्रवेश पाएको छ । अध्यक्ष कर्मा छिरिङ शेर्पाले विधान विपरित विवादास्पद अभिव्यक्ति दिएको भन्दै एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङले फिफा र एएफसीमा छानबिनका लागि मंगलबार उजुरी दर्ता गराएका छन् । यसै महिनाको सुरुवातमा […]

June 4, 2020

गण्डकी प्रदेशको घोषणाले साग पदकधारी खेलाडीमा खुसी

विजय नेपाली, पोखरा प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएपछि १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता गण्डकी प्रदेशका खेलाडी दंग परेका छन् । गत मंसिरमा स्वदेशमा आयोजना भएको १३ औं सागमा नेपालले अहिले सम्मै उच्च प्रदर्शन गर्ने क्रममा ५१ स्वर्ण, ६० रजत र ९६ कास्यसहित २ सय ७ पदक जितेको थियो । […]

June 4, 2020

मेस्सीले मलोर्काविरुद्धको खेल गुमाउन सक्ने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सीले ११ जुनदेखि पुनः सुचारु हुन लागेको स्पेनिस ला लिगाको पहिलो खेल गुमाउने सम्भावना देखिएको छ । बार्सिलोनाले १३ जुनमा मालोर्कासँग खेल्ने तालिका छ । प्रशिक्षण दौरान एडुक्टर समस्याका कारण ३२ वर्षीय मेस्सीले बुधबार टिमसँगको प्रशिक्षण छुटाएका थिए । टोलीले सान्ट जोन डेस्पी कम्प्लेक्समा प्रशिक्षण गरिरहेका छन् । […]

June 4, 2020

ब्रेमेनमाथि फ्रान्कफर्टको सहज जित

एजेन्सी – आइनट्राख्ट फ्रान्कफर्टले जर्मन बुन्डेस लिगामा वेर्डर ब्रेमेनमाथि सहज जित निकालेको छ । फ्रान्कफर्टले ब्रेमेनमाथि ३–० को सहज जित निकालेको हो । घरेलु टोलीलाई पराजित गर्न फ्रान्कफर्टका स्टेफन इसानकरले दुई तथा आन्द्रे सिल्भाले एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, फ्रान्कफर्टले दोस्रो हाफमा तीन गोल गर्न सफल […]

June 3, 2020

सान्चोको दुर्लभ उपलब्धि

एजेन्सी – इंग्लिस मिडफिल्डर जेडन सान्चोले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्दै तहल्का मच्चाइरहेका छन् । म्यान्चेस्टर सिटीबाट सिनियर टिममा फुटबलको खोजीमा डर्टमुन्ड जाने उनको निर्णय सहि सावित भएको छ । २० वर्षीय सान्चोले आइतबार जर्मन बुन्डेसलिगा अन्तर्गत पाडेरबर्नविरुद्ध खेलमा ह्याट्रिक प्रहार गर्दै विश्व फुटबलमै बिरलै देखिने उपलब्धि हासिल गरेका छन् । उनको ह्याट्रिककै […]

June 3, 2020

इंग्ल्यान्डसँगको सिरिजको लागि वेस्टइन्डिजको टोली घोषणा

एजेन्सी— वेस्टइन्डिज क्रिकेट बोर्डले अर्को महिना इंग्ल्यान्डसँग खेल्ने तीन टेष्ट सिरिजको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । बुधबार जेसन होल्डरको कप्तानीमा २ नयाँ अनुहार समेट्दै वेस्ट इन्डिजले टोली घोषणा गरेको हो । त्यस्तै सिरिजका लागि ११ रिजर्भ खेलाडी पनि घोषणा गरेको छ । मध्यक्रमका ३१ वर्षिय नक्रमाह बोनर पहिलो पटक टेष्ट टोलीमा […]

June 3, 2020

एन्फा अध्यक्ष शेर्पाले माफी मागे

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफ्नो विवादस्पद अभिव्यक्तिका लागि माफी मागेका छन् । झन्डै दुई साता अघि एन्फा अध्यक्ष शेर्पाले वेब पोर्टललाई दिएको अन्तवार्तामा ग्रासरुट कार्यक्रमका विषयमा बोल्ने क्रममा तराईमा राष्ट्रियताको कमी रहेको बताएपछि विवादमा परेका थिए । शेर्पाले बुधबार विज्ञप्ती जारी गर्दै अन्तवार्ताको क्रममा व्यक्त शब्दावलीबाट […]

Success

Thank you for your time.