default_image

lokpriya

August 8, 2019

साफ यू १८ च्याम्पियनसिप –नेपाल र पाकिस्तानबीच उद्घाटन खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पाकिस्तानसँग खेल्दै साफ यू १८ च्याम्पियनसिप फुटबल प्रतियोतिगाको यात्रा थाल्ने भएको छ । असोजको पहिलो साता काठमाडौंमा सुरु हुने च्याम्पियनसिपका लागि बिहीबार भएको समूह र खेल तालिका अनुसार नेपाल, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, बंगलादेश र श्रीलंका समूह ‘बी’मा छन् । हलचोकस्थित नेपाल एपिएफको मैदानमा […]

August 8, 2019

सदस्यसचिव सिलवालद्धारा महिला टोली र यु–२३ टोलीसँग भेटघाट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव रमेश कुमार सिलवाले १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेका महिला राष्ट्रिय फुटबल टोली र यु–२३ फुटबल टोलीसँग भेटघाट गरेका छन् । सदस्य सचिव सिलवालले बिहीबार साँझ सातदोबाटोस्थित एन्फा परिसरमै महिला फुटबल टोली र यु–२३ टोलीसँग भेटघाट गर्दै सागमा सफलताको शुभकामना व्यक्त गरेका छन् […]

August 8, 2019

क्रिकेटको दुर्दशा : व्यक्तिगत स्रोतमै यू-१९ को अभ्यास सुरु

काठमाडौं (हाम्रो खेलकुद) – अर्को महिना श्रीलंकामा हुने यू-१९ एसिया कपका लागि नेपाली खेलाडीले व्यक्तिगत स्रोतकै भरमा अभ्यास थालेका छन् । सेप्टेम्बर ५ देखि १४ सम्म श्रीलंकामा हुने प्रतियोगिताको लागि नेपालले आधिकारीक बन्द प्रशिक्षण २७ गतेदेखि मात्रै सुरु गर्ने भएपछि खेलाडीहरुले आफ्नै स्रोतमा प्रशिक्षण सुरु गरेका हुन् । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले २७ गते […]

August 8, 2019

एलिमिनेटरमा सोमपाल र सन्दीपको टोली भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल टि२० क्यानडा अन्तर्गत एलिमिनेटर खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेशनल र तीब्र गतिका बलर सोमपाल कामी रहेको विनिपेग हक्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार राती २:१५ पछि सुरु हुने छ । आजको विजेता टोली दोस्रो क्वालिफायरमा प्रवेश गर्ने छ । आजनै पहिलो क्वालिफायरमा ब्राम्पटन […]

David Luiz

August 8, 2019

लुइज चेल्सी त्यागेर आर्सनल लागे

एजेन्सी – चेल्सीका ब्राजिलियन डिफेन्डर डेविड लुइजले लन्डन सहरकै अर्को क्लब आर्सनलबाट खेल्ने भएका छन् । गत मे महिनामा मात्र चेल्सीसँग नयाँ सम्झौता गरेका लुइजले क्लबलाई आर्सनलको प्रस्ताव स्वीकार गर्न दवाव दिएका थिए । उनलाई अनुबन्ध गर्न आर्सनलले ८ मिलियन पाउण्ड प्रस्ताव गरेको हो । फ्रान्क लाम्पार्डको प्रशिक्षकत्वमा रहेको चेल्सीले प्रस्ताव स्वीकार गरेपछि लुइज आर्सनल […]

August 8, 2019

एभीसी सेन्ट्रल जोन : अन्तिम टोलीको घोषणा, ३ नयाँ खेलाडी!

सुबास हुमागाईं, काठमाडौं एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको लागि नेपाली राष्ट्रिय भलिबल टोलीको अन्तिम छनोट भएको छ । प्रशिक्षक हान एबिङले बिहीबार प्रशिक्षणका क्रममा बाहिरिने खेलाडीलाई टोली छनोटबारे जानकारी दिएका छन् । यद्यपि संघले भने आधिकारिक घोषणा गर्न बाँकी रहेको छ । यसपटक छनोटमा ३ नयाँ खेलाडी समावेश भएका छन् । राजेन्द्र […]

August 8, 2019

युभेन्टस र सिटीद्वारा डिफेन्डर साटासाट

एजेन्सी – इंग्ल्यान्डको ट्रान्सफर विन्डो सकिने अघिल्लो दिन इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी र इटालियन च्याम्पियन युभेन्टसले डिफेन्डर साटासाट गरेका छन् । सिटीका ब्राजिलियन डिफेन्डर ड्यानीलो युभेन्ट्स जाँदा युभेन्ट्सबाट पोर्चुगिज डिफेन्डर जोआओ क्यान्सेलो सिटी आएका हुन् । यसवापत सिटीले युभेन्टसलाई २८ मिलियन युरो थप उपलब्ध गराउनेछ । सिटीले राइट ब्याक पोजिसनमा काइल वाल्करलाई चुनौती दिन सक्ने […]

August 8, 2019

ओलम्पिकको अध्यक्षमा फेरि जीवनराम र उमेशलाल लड्ने !

प्रकाश तिमल्सिना, काठमाडौं नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले अर्को महिना हुने नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा पुनः अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनको घोषणासँग अध्यक्षमा फेरि उनी र वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठबीच प्रतिस्पर्धा हुने लगभग निश्चित भएको छ । संघिय सांसद रहेका श्रेष्ठले पुनः अध्यक्षमा उम्मेदावरी दिने घोषणा गरिसकेका छन् । […]

August 8, 2019

फुटबलका माध्यमबाट समाजमा सकारात्मक परिवर्तन !

काठमाडौं (हाम्रो खेलकुद) – विभिन्न जिल्लाका ११ महिलासहितको एक टोलीले हालै इन्टरनेसल उमन्स फुटबल कल्चर फेस्टिलब डिस्कभर फुटबल २०१९ मा भाग लिएर स्वदेश फर्केको छ । जर्मनीको बर्लिनमा भएको कार्यक्रममा नेपाली टोलीको नेतृत्व पूर्व राष्ट्रिय खेलाडी जीवन सिंकेमानले गरेका थिए । जेनेरेसन अमेजिङ नाम रहेको नेपाली टोलीले जुलाई २९ देखि अगस्ट ५ सम्म आयोजना भएको […]

August 8, 2019

बार्सिलोनाले नेपोलीलाई हरायो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेल अन्तर्गत इटालियन टोली नेपोलीलाई २-१ ले पराजित गरेको छ । बार्सिलोनाले खेलको ३९ औं मिनेटमा सर्जियो बुस्केट्सको गोलमा अग्रता लिएको थियो । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार गोलरक्षकको अगाडी बाउन्स हुँदै गोलमा परिणत भएको थियो । नेपोलीले ३ मिनेटमा नै खेल बराबरीमा ल्यायो । उम्टिटीको गल्तिको फाइदा […]

Success

Thank you for your time.