June 29, 2019
एजेन्सी – दक्षिण अफ्रिकाले अफ्रिका कप अप नेसन्समा नामिवियामाथि कठिन जित निकालेको छ । अफ्रिकाले नामिवियालाई १–० ले पराजित गरेको हो । समूह ‘डी’ मा पहिलो जितसँगै अफ्रिकाले प्रि–क्वाटरफाइनल पुग्ने सम्भावनालाई जीवितै राखेको छ । यो समूहमा मोरोक्कोको ६ अंक रहँदा आइभोरी कोस्ट र अफ्रिकाले समान ३ अंक जोडेका छन् । नामिविया अंकविहीन हुदै पुछारमा […]
June 29, 2019
एजेन्सी – आयोजक तथा घरेलु टोली फ्रान्सलाई स्तब्ध पार्दै अमेरिका महिला विश्वकपको सेमिफाइलमा प्रवेश गर्न सफल भएको छ । पार्क डि प्रिन्स स्टेडियममा शुक्रबार राति भएको खेलमा अमेरिकाले घरेलु टोली फ्रान्सलाई २–१ ले स्तब्ध पार्दै अन्तिम चारको यात्रा तय गरेको हो । अब अमेरिकाले फाइनल प्रवेशका लागि जुलाई २ को राति इंग्ल्यान्डसँग खेल्नेछ । अमेरिकाको […]
June 29, 2019
एजेन्सी – उपाधि दाबेदार अर्जेन्टिना कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । भेनेजुएलामाथि २-० को सहज जितसँगै अर्जेन्टिनाले अन्तिम ४ मा स्थान बनाएको हो । अब अर्जेन्टिनाले घरेलु टोली ब्राजिलसँग खेल्नेछ । खेलको दशौं मिनेटमा लौटारो मार्टिनेजले अर्जेन्टिनालाई अगाडी बढाएका थिए । कर्नरमा आएको बललाई सर्जियो अगुएरोले गरेको प्रयासमा मार्टिनेजले गोल गरेका हुन् […]
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पछिल्लो २ वर्षयता रोकिएको राष्ट्रिय स्तरको अन्तर विद्यालय फुटबल प्रतियोगिता यसवर्ष सुचारु भएको छ । चौधरी ग्रुपको उत्पादन क्विक्सको मुख्य प्रायोजन तथा युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरका ५२ जिल्लामा प्रतियोगिता सुरु गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार औपचारिक उद्घाटनसँगै प्रतियोगिता सुरु भएको छ […]
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सिंगापुरमा हुने आईसीसी विश्वकप एसिया टी ट्वान्टी छनोट अघि नेपालले मलेसियासँग दुई टी ट्वान्टी सिरिज खेल्ने भएको छ । मलेसियन क्रिकेट बोर्डले शुक्रबार सार्वजनिक गरे अनुसार नेपालले असार २८ र २९ (जुलाई १३-१४) मा किनरारा ओभल क्रिकेट मैदानमा दुई टी ट्वान्टी सिरिज खेल्ने पक्का भएको हो । आईसीसी विश्वकप टी ट्वान्टी […]
June 28, 2019
काठमाडौं (हाम्रो खेलकुद ) – राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्दै आएको खेल सामग्री उत्पादक अन्तर्राष्ट्रिय ब्राण्ड केल्मी नेपालले करातेलाई पनि प्रायोजन गरेको छ । केल्मी नेपालले कराते टोलीलाई २ बर्षको लागि खेलकुद सामग्री प्रायोजन गरेको हो । नेपाल कराते महासंघ र केल्मीको नेपालमा आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्रालिबीचमा शुक्रबार सम्झौता भएको छ । नेपाली फुटबलमा […]
June 28, 2019
एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा आज श्रीलंका र दक्षिण अफ्रिका भिड्दै छन् । खेल नेपाली समय अनुसार दिउँसो ३:१५ देखि सुरु हुनेछ । ७ खेलमा १ मा जित र ५ मा हारका साथ नवौं स्थानमा रहेको दक्षिण अफ्रिका उपाधि होडबाट बाहिरिसकेको छ । उसको लागि आजको खेल प्रतिष्ठाको लडाईंमात्रै हुने छ । यता ६ […]
June 28, 2019
एजेन्सी – गोलरक्षक एलिसन बेकरले टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेपछि ब्राजिल कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेलमा दुवै तर्फबाट गोल नहुँदा खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ब्राजिल ४-३ ले विजयी रहयो । पाराग्वेका लागि पहिलो पेनाल्टी लिएका गरेका गुस्ताभो गोमेजको प्रहारलाई ब्राजिलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गर्दै […]
June 28, 2019
एजेन्सी – रियाद महारेज सम्मिलित अल्जेरियाले सेनेगलमाथि १–० को कठिन जित निकाल्दै अफ्रिका कप नेसन्समा एक खेल अगावै प्रि–क्वाटर फाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहेको अल्जेरियाको समूह ‘सी’ मा दुई खेलबाट ६ अंक पुगेको छ । समान खेलबाटै सेनेगल र केन्याको ३ अंक रहेको छ । अंकविहीन तान्जिनिया प्रतियोगिताबाट बाहिरिएको छ । इजिप्ट […]
June 28, 2019
एजेन्सी – इंग्ल्यान्ड महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । नर्वेमाथि ३–० को सहज जित निकाल्दै इंग्ल्यान्डले अन्तिम चारको यात्रा तय गरेको हो । फ्रान्सस्थित लि हाभ्रे स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्ल्यान्डका सहज जित मा जिल स्कट, एलेन ह्वाइट र लुसी ब्रन्जले गोल गरिन् । प्रतिस्पर्धात्मक खेलमा इंग्ल्यान्डले पाएको मौकालाई सदुपयोग गर्दै ३ गोल […]