default_image

lokpriya

May 10, 2019

संघर्षपुर्ण जितसँगै चेल्सी युरोपा लिगको फाइनलमा

एजेन्सी – गोलरक्षक किपा आरिजावालगाले दुई पेनाल्टी रोकेपछि इंग्लिस क्लब चेल्सीले जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टमाथि कठिन जित निकाल्दै युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । चेल्सीले फ्रान्कफर्टलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारि समय र थप गरिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा […]

May 9, 2019

चेल्सीका कान्टे टिम बाहिर

एजेन्सी – चोटका कारण चेल्सीका मिडफिल्डर एङ्गोलो कान्टेले युरोपा लिगको खेल गुमाउने भएका छन् । चेल्सीले आज राति युरोपा लिगको सेमिफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा जर्मन प्रतिद्वन्द्वी फ्रान्कफर्टको सामना गर्दैछ । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको छ । अवे गोलमा अघि रहेकाले चेल्सीले यही नतिजालाई कायम राख्न सके फाइनलमा प्रवेश गर्नेछ । प्रिमियर लिग […]

May 9, 2019

जावलाखेल सिन्धु गोल्डकपको फाइनलमा

लामुसाँघु (हाम्रो खेलकुद) – ए डिभिजन क्लब जावलाखेल युथ क्लब नेपाल आइस चौथो सिन्धु कप फुटबल प्रतियोगिताको फाइनल पुगेका छ । आयोजक युथ स्पोर्टस क्लबलाई बिहीबार पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जावलाखेल उपाधि नजिक पुगेको हो । जावलाखेलले शनिबार उपाधिका लागि गोर्खा ब्वाइज क्लब रुपन्देहीको सामना गर्नेछ । सिन्धुपाल्चोक लामोसाँघु स्थित बसन्तपुर मैदानमा निर्धारित समय […]

May 9, 2019

१३औं सागमा नेपालबाट ६ सय २५ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) –आउदो मङ्सिरमा नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालबाट ६ सय २५ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयमा बिहीबार बसेको १३औं सागको मुल आयोजक समितिको बैठकले मंसिर १५ देखि २४ गते सम्मका लागि तय भएको १३ औं सागमा नेपालका ६ सय २५ खेलाडीले प्रतिस्पर्धा […]

May 9, 2019

चितवन भरतपुर गोल्डकपको अन्तिम आठमा

विनोदबाबु रिजाल भरतपुर –विदेशी खेलाडी पेत्गा बोबोको ह्याट्रिक मद्दतले घरेलु टोली चितवन ११ नारायणगढको क्याम्पाचौरमा जारी सीएमएस भरतपुर गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । बिहीबार भएको खेलमा नुवाकोट ११ विरुद्ध ४–० को जित निकाल्दै चितवन अन्तिम आठमा पुगेको हो । चितवनका तर्फबाट अर्को एक गोल भुवन बस्नेतले गरे । ह्याट्रिक गरेका बोबो म्यान अफ दी […]

May 9, 2019

‘स्कोरिङमा अझै सुधार गर्नुछ’ – सावित्रा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बाले आफ्नो स्कोरिङमा अझै सुधार गर्न आवश्यक रहेको बताइकी छिन् । इन्डियन वुमन्स लिगमा सेथु फुटबल क्लबबाट खेलिरहेकी सावित्राले टोलीका पछिल्ला दुवै खेलमा गोल गरेकी थिइन् । सावित्राले लिगको २ खेलमा ५ गोल गरिसकेकी छिन् । मणिपुर पुलिस स्पोटस क्लबलाई सेथुले ६–४ ले हराउँदा […]

May 9, 2019

विष्टको संयोजकत्वमा ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ खेलकुद समिति गठन

चितवन (हाम्रो खेलकुद)- तेक्वान्दोका कीर्तिमानी पदकधारी तथा ओलम्पियन दीपक विष्टको संयोजकत्वमा धुर्मुस सुन्तली फाउण्डेशले निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानका लागि १३ सदस्यीय खेलकुद समिति गठन गरिएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले विभिन्न खेलकुदका व्यक्तित्वहरुलाई समेट्दै १३ सदस्यीय समिति गठन गरेको हो । समितिको संयोजकमा दीपक विष्ट रहँदा फुटबलबाट हरि खड्का, […]

May 9, 2019

आर्मीलाई पराजित गर्दै पुलिस पाथिभारा भलिबलमा च्याम्पियन

ताप्लेजुङ (हाम्रो खेलकुद) –चिरपरिचित प्रतिद्धन्द्धी विभागीय त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै अर्काे विभागीय टोली नेपाल पुलिस क्लब तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको च्याम्पियन बनेको छ । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित साँघुमा बिहीबार भएको उपाधि भिडन्तमा पुलिसले आर्मीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै लगातार दोस्रोपटक च्याम्पियन बनेको हो । पुलिस दोस्रो संस्करणमा पनि च्याम्पियन बनेको […]

May 9, 2019

‘फुटबललाई धन्यवाद’

सुबास हुमागाईं, काठमाडौं मौरिसियो पोचेटिनो इंग्लिस फुटबलमा परिचित भएको धेरै भएको छैन । टोटेनहम हट्सपरका प्रशिक्षक पोचेटिनो आफ्नो जमानाका राम्रा डिफेन्डर हुन् । खेलाडी जीवनमा फ्रान्सको पेरिस सेन्ट जर्मेन र स्पेनको एस्पान्योलबाट खेलेका उनले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट समेत खेले। प्रशिक्षण करिअरमा स्पेनिस क्लब एस्पान्योल हुँदै साउथह्याम्पटन आएर टोटेनहम आइपुगेका हुन् । यहि जुनमा पोचेटिनो टोटेनहम […]

May 9, 2019

रोनाल्डो नेसन्स लिगका लागि उपलब्ध हुने

एजेन्सी – रसिया विश्वकपपछि विश्राम र चोटका कारण टिम बाहिर रहेका सुपरस्टार कप्तान क्रिस्टियानो रोनाल्डो नेसन्स लिगका लागि टिममा उपलब्ध हुने भएका छन् । पोर्चुगलले यसै समरमा नेसन्स लिगका सेमिफाइनल र फाइनल खेल आयोजना गर्दैछ । खेलहरु जुन ५ जुनबाट ९ जुनसम्म सञ्चालन हुनेछ । सेमिफाइनलमा आयोजक पोर्चुगलसँगै स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र इंग्ल्यान्ड रहेका छन । […]

Success

Thank you for your time.