default_image

कराते

June 27, 2022

दक्षिण कोरियामा जमनलाई दुई पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी जमनसिंह गुरुङले १४औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगिता तथा प्रथम डब्लुसीकेएफ विश्व कराते च्याम्पियनसिपमा दुई पदक जितेका छन् । उनले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी २ पदक जितेको मानसिंह डोजोले जनाएको छ । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई […]

June 21, 2022

एन्जिलालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी एन्जिला डंगोलले २१ औं मिलो खुला कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी छन् ।एन्जिलाले महिला ३५ केजीमुनि स्वर्ण जितेको नेपाल सोतोकान कराते संघले जनाएको छ । पुरुष ३० केजीमा विवेक राई तथा एकल कातामा कृष्णकुमार मानन्धरले कांस्य जिते । नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाले प्रतियोगितामा निर्णायकको […]

June 21, 2022

महर्जन कोरिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – करातेका निर्णायक महेश महर्जन १४औं कोरिया खुला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका लागि बुधबार दक्षिण कोरियाको बुसान जाने भएका छन् । जुन २३ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न बुसान जान लागेको महर्जनले जनाएका छन् । महर्जन मानसिंह शाखा डोजोका प्रमुख प्रशिक्षक हुन् । महर्जनलाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले […]

June 19, 2022

१२ स्वर्णसहित नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भारतको जयपुरमा आयोजना भएको आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा नेपाल टिम च्याम्पियन बन्न सफल भएको छ । नेपाल सोतोकान (एसकेडियुएन)ले नेपालका लागि १२ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गर्दै टिम नेपाललाई टिम च्यामिपयन बनाउन सफल भएको टोली नेता एवं प्रशिक्षक चित्र प्रसाद श्रेष्ठले जानकारी गराए । नेपाल सोतोकान (एसकेडियुएन) […]

June 14, 2022

ओलम्पिक दिवसमा रक्तदान

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पिक दिवसका अवसर तथा क्योकुसिन करातेका प्रशिक्षक स्व. रामजीप्रसाद वज्राचार्यको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरियो । खेलाडी, प्रशिक्षकलगायत गरी ४६ जनाले रक्तदान गरेको नेपाल ओलम्पिक कमिटीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनलले जनाएको छ ।

June 9, 2022

जयपुर जाने एसकेडियुएन टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले भारतको जयपुरमा आयोजना हुने आईएमएएस दक्षिण एशियन कुमुते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाली सोतोकान (एसकेडियुएन) का टोलीलाई बिहिबार राखेपमा बिदाई गरेका छन् । टोलीलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले उच्च मनोबलका साथ राष्ट्रलाई सम्झदै प्रतिस्पर्धा गर्न र राष्ट्रको लागि पदक प्राप्त गर्न शुभकामना ब्यक्त […]

May 29, 2022

देउराली टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको देउराली डोजो आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा देउरालीले ५ स्वर्ण, २ रजत र १ कांस्य जित्यो । नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण जितेको भुटान दोश्रो भयो । १ स्वर्ण, […]

May 28, 2022

रेहान र रसुगीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका रेहान जावेद र रसुगी पाण्डेले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा शनिबार स्वर्ण जितेका छन् । रेहान पुरुष तथा रसुगी महिलामा पहिलो भएका हुन् । रेहानले नेपालका कृष्ण ऐडी र रसुगीले नेपालकै वर्षा बूढा मगरलाई पछि पारे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिला ५५ केजीमा नेपालकी पुष्पका […]

May 27, 2022

सुमनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सुमन भोलनले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गरे । भारतका हरि राम र चैतन्य शर्माले तेश्रो स्थानमा चित्त बुझाए । प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच […]

May 26, 2022

नेपाल टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १३औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान कराते कोलकाता ३ स्वर्णसहित दोश्रो भयो । तेश्रो स्थानको टीएसआरकेकेओले २ स्वर्ण हात पा¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा […]

Success

Thank you for your time.