default_image

मार्सल आर्टस्

August 5, 2016

दक्षिण एशियाली तेक्वान्दोमा धमला उपाध्यक्षमा निर्वाचित

काठमाडौ । भारतको बैङलोरमा भएको दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासघंमा नेपालका अन्जन धमला वरिष्ठ उपाध्यक्षमा निरविरोध निर्वाचित भएका छन् । नेपालले दक्षिण एसियाली तेक्वान्दोमा बोर्ड सदस्यता पनि हात पार्न सफल भयो । अधिवेशन मार्फत नै नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ(एनएमजिसी)का अध्यक्ष प्रविण कुमार कार्की केन्द्रिय सदस्यमा निर्वाचित भए । यसअघि पनि कार्कीले केन्द्रिय सदस्यमा […]

July 31, 2016

एमएमएसीले फुपुलाई विदाई गर्यो

काठमाडौं, साउन १६ – बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमसी) ले आफु केन्द्रमा अभ्यास गर्दै आएकी फुपुल्हामु खत्रीलाई रियो ओलम्पिकको लागि शुभकामना दिदै विदाई गरेको छ । एमएमएसीमा फुपुले आठ वर्षअघि १३ वर्षको उमेरमा जुडो क्यारियर सुरु गरेकी थिइन् । १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी २१ वर्षीया फुपु आइतबार ब्राजिल प्रस्थान गरेकी छन् […]

July 30, 2016

आइटिएफ विश्व तेक्वान्दो च्याम्पियनसिपमा सस्मनले जिते रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – बेलायतको ब्राइटनमा जारी १८औं एडल्ट तथा सिनियर र १३औं जुनियर आइटीएफ विश्व तेक्वान्दो च्याम्पियनसिपको पाचौ दिन शनिबार ४ देखि १५ बर्ष उमेर समूहको ६४ केजीमा नेपालका सस्मन बस्नेतले रजत पदक जितेका छन् । बेलायतबाट रजेन्द्र केसीले दिएको जानकारी अनुसार वेल्सका खेलाडीसँग पराजित भएपछि उनले रजतमा चित्त बुझाउनु परेको थियो । कक्षा […]

July 29, 2016

रियो जुडो टोलीको बिदाइ

ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ अन्तर्गत जुडोमा सहभागी हुने नेपाली टोलीलाई नेपाल जुडो संघले शुक्रबार बिदाइ गरेको छ । महिला ६३ केजीमा १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुल्हामु खत्रीले नेपालको चुनौती पेश गर्नेछिन् । बेइजिङ ओलम्पिक– २००८ मा प्रतिस्पर्धा गरेकी देबु थापा प्रशिक्षकको जिम्मेवारीमा छिन् । अफिसियलमा जुडो […]

July 19, 2016

कोरियामा नेपाली तेक्वान्दोलाई चार स्वर्ण र तीन रजत

काठमाडौ। दक्षिण कोरियामा भएको दशौा विश्व तेक्वान्दो कल्चरल एक्सपोमा नेपाली तेक्वान्दो टोलीले चार स्वर्ण र तीन कास्य सहित सात पदक हात पारेका छन् । नेपाली टोलीले जुलाई १४ देखि १८ सम्म भएको तेक्वान्दोको पुम्सेतर्फ एक स्वर्ण र तीन कास्य तथा ग्यरोगीमा तीन स्वर्ण हात पारेको नेपाली टोलीका प्रशिक्षक कुमार लामा घिसिङले बताए । दक्षिण कोरियाको […]

July 16, 2016

सोनामले थाइल्यान्ड ओपन च्याम्पियनसिपमा काँस्य पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलाडी सोनाम लामा थाइल्यान्डमा भएको ओपन कराते च्याम्पियनसिपमा काँस्य पदक जितेका छन् । अघिल्लो बर्षदेखि भाग लिएको उक्त प्रतियोगितामा नेपालले पदक जितेको यो पहिलो पटक हो । सोनामले ५५ केजी तौल समूहमा काँस्य जितेका हुन् । प्रतियोगितामा नेपालका १३ खेलाडीले भाग लिएका थिए ।

June 23, 2016

फुपुले रियो ओलम्पिक खेल्ने

जुडो खेलाडी फुपुल्हामु खत्रीले ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागिता पक्का गरेकी छन् । अगष्ट ५ देखि २१ तारिखसम्म हुने रियो ओलम्पिकमा वाइल्ड कार्ड मार्फत फुपुको सहभागिता पक्का भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् । १२ औं सागकी स्वर्णधारी फुपु हाल हंगेरीको बुढापेस्टमा ओलम्पिक छात्रवृत्ति अन्तर्गत विशेष प्रशिक्षणमा […]

June 16, 2016

कुराँस च्याम्पियनसिप शनिबार

काठमाडौं – ओलम्पिक डेको उपलक्ष्यमा नेपाल कुराँस संघले जुनियर कुराँस च्याम्पियनसिप शनिबार आयोजना गर्ने भएको छ । प्रतियोगितामा पुरुष, महिलातर्फ समान ५ गरी जम्मा १० स्वर्णका लागि प्रतिस्पर्धा हुने संघका अध्यक्ष दानबहादुर घिसिङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । करिब ७० खेलाडीको सहभागिता रहने प्रतियोगिता सञ्चालनका लागि झन्डै ४ लाख ७० हजार रुपैयाँ खर्च […]

June 2, 2016

इन्द्रलाई मुक्तिसंग्रामबाट आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद )- अमेरिकामा रहेका क्योकुसिन तथा किक बक्सिङ खेलाडी मुक्तिसंग्राम विष्टले पूर्व बक्सिङ खेलाडी इन्द्रबहादुर राना मगरको स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएका छन् । मुक्तिले नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव एवं प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदी मार्फत उक्त सहयोग उपलब्ध गराएका हुन् । सुवेदीले ५१ हजार रुपैयाँ इन्द्रलाई बिहीबार हस्तान्तरण गरे […]

May 24, 2016

पारामाउन्ट कराते यसै महिना

काठमाडौं, जेठ ११ गते । जापान गोजुरियो कराते डो केन्वाकाइ संघ नेपालको तत्वावधान तथा पारामाउन्ट एकेडेमीको आयोजनामा दोश्रो पारामाउन्ट एकेडेमी इन्डो–नेपाल अन्तरविद्यालय कराते प्रतियोगिता जेठ अन्तिममा हुने भएको छ । प्रतियोगिता जेठ ३१ र ३२ गते बानियााटारस्थित आयोजक पारामाउन्टको हातामा हुने छ । प्रतियोगितामा भारतको मुम्बइबाट ८ तथा नेपालको बुटवल, धादिङ, लम्जुङ, दोलखा र काठमाडौंबाट […]

Success

Thank you for your time.