default_image

मार्सल आर्टस्

September 14, 2022

जुनी र दीपक सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल उसु महासंघद्वारा बुधबार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । उनीहरुले सर्र्वाेत्कृष्ट खेलाडीको अवार्डसँगै २५ हजार रुपैयाँ हात पारेका छन् । यसैगरी प्रकाशबहादुर लामा […]

September 11, 2022

अफताब र प्रिन्सलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका अफताब अली र बागमतीकै प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ३५ केजीमुनि फाइनलमा अफ्ताबले बागमतीका रामशरण विकलाई पराजित गरे । पुरुष ४० केजीमुनि फाइनलमा प्रिन्सले बागमतीका निरोज दुधराजलाई हराए । पुरुष ४५ […]

September 10, 2022

सेल्फ डिफेन्सको सेमिनार शुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल मार्शल सेल्फ डिफेन्स संघको आयोजनामा महिला हिंसाविरुद्ध आत्मसुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ फेम कार्यक्रम तथा तेश्रो अन्तराष्ट्रिय सेमिनार’ शुरु भएको छ । सन् २०१६ मा स्थापना भई आत्मरक्षा सम्बन्धि बिभिन्न सिप प्रदान गर्दै आएको यस संघले आफ्नो उद्धेश्यलाई अझ फराकिलो बनाउदै लैजाने क्रममा तेश्रो अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरेको […]

September 9, 2022

प्रिन्स सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशका प्रिन्स देउला चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष ४० केजीमुनि शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सोही स्पर्धामा मधेश प्रदेशका अंकितकुमार ठाकुर तथा बागमतीका निरोज दुधराज र अर्जुन भुजेलले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे । नेपाल आईएफकेके संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ४५ केजीमुनि […]

September 8, 2022

राष्ट्रव्यापी कराते भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष/महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । कुल […]

September 8, 2022

गोदावरी नगरबाट श्रेष्ठ र महर्जनलाई भत्ता दिन सुरु

ललितपुर (हाम्रो खेलकुद)–ललितपुरको गोदावरी नगरपालिकाले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका आफ्ना दुई पूर्व खेलाडीलाई चालु आर्थिक वर्षबाट आजिवन भत्ता दिन सुरुवात गरेको छ । नगरसभाले नीति तथा कार्यक्रममा सागका स्वर्ण पदक विजेतालाई मासिक ५ हजार रुपैयाँ दिने निर्णय गरेको थियो । गोदावरीले आठौं सागका स्वर्ण पदक विजेताद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई […]

September 7, 2022

राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईएफकेके संघको आयोजनामा चौथो आईएफकेके राष्ट्रव्यापी पुरुष-महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष घनश्याम श्रेष्ठले जनाएका छन् । पुरुषमा ४ तथा महिलामा ३ गरी ७ स्पर्धामा प्रतिस्पर्धा हुने ब्रान्च चिफ प्रेम लामाले जानकारी गराए । […]

September 4, 2022

पुलिसका खेलाडीलाई सम्मान तथा बधाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताको विभिन्न खेलमा पदक जित्न सफल आफ्ना खेलाडी तथा टोलीलाई सम्मान र बधाई ज्ञापन गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकुद समितिका सदस्य–सचिव प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्दराज आचार्यले आइतबार एक कार्यक्रमकाबीच विभिन्न खेलमा पदक प्राप्त गर्न सफल नेपाल प्रहरीको खेलाडीहरुलाई […]

September 3, 2022

मनोजलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मनोज श्रेष्ठले मलेसिया ओपन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मनोजले ४ खेलाडीलाई पराजित गरेका थिए । नेप्लिज तेक्वान्दो एकेडेमीका उत्पादन मनोजले पुरुष ५८ केजीमुनि स्वर्ण जितेको एकेडेमीका अध्यक्ष समेत रहेका काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खडकाले जनाएका छन् ।

August 31, 2022

टेबल टेनिस छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताबाट समान […]

Success

Thank you for your time.