default_image

मार्सल आर्टस्

April 29, 2022

एसियाड छनोट – करातेको ३ स्पर्धाबाट १२ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका […]

April 28, 2022

एशियाडको लागि कराते छनोट शुक्रवारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा सेप्टेम्बरमा हुने १९ औं एसियाली खेलकुदका लागि कराते खेलको खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार देखि हुने भएको छ । पुरुषतर्फ –६०,–७५,–८४ र एकल काता तथा महिलातर्फ –५५,–६८, +६८ र एकल काता गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । त्यसैगरी उक्त छनौट प्रतियोगितामा सहभागी हुन निम्नानुशार मापदण्ड पनि तोकिएको […]

April 28, 2022

अशोक स्विडेन प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले स्विडेन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि खड्का बिहीबार स्विडेनको स्टोकहोम प्रस्थान गरेका छन् । प्रतियोगिता अप्रिल ३० देखि मे १ तारिखसम्म हुने छ । अशोक विश्व तेक्वान्दोको सेकेन्ड क्लास अन्तर्राष्ट्रियक हुन् ।

April 26, 2022

५ खेलका ६ खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई […]

April 22, 2022

पारा पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – काजोल म्युजिक प्रालिले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ । बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत तथा विशाल गर्बुजाले कांस्य जितेका थिए । सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो […]

April 22, 2022

लामालाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – पायोनियर स्कुलका तेक्वान्दो प्रशिक्षक भीम लामाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघको पहलमा रकम संकलन गरी लामाको उपचारका लागि रकम प्रदान गरिएको हो । लामाको हाल टिचिङ अस्पतालको आईसीयु उपचार भइरहेको छ । उनलाई निमोनिया भएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक […]

April 19, 2022

युएसए ओपन एण्ड जुनियर कपमा नेपाललाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको लस भेगासमा आयोजना भएको युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कपमा नेपालले चार पदक जितेको छ । अमेरिकामै रहेका नेपाली खेलाडीले नै च्याम्पियन मार्सल आर्ट्स एकेडेमीबाट चार खेलाडीले नेपालको प्रतिनिधित्व गर्दा दुई खेलाडीले दोहोरो पदक जित्न सफल भएका हुन् । ८–९ वर्षको उमेर समूहको ब्वाइजमा याङ्तेन लामाले दुई रजतपदक तथा १४–१५ […]

April 18, 2022

नोर्बु निर्णायकमा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दै छन् । प्रतियोगिता सोमबारदेखि दक्षिण कोरियाको गोयाङमा सुरु हुँदै छ । तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त प्रतियोगिता पुम्सेकै विश्व च्याम्पियनसिप भएको बताइएको छ । नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा […]

April 18, 2022

तेक्वान्दो खेलाडीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा […]

April 15, 2022

तेक्वान्दो प्रशिक्षक सिंहलाई सहयोग

धनगढी (हाम्रो खेलकुद) – लिभर ड्यामेज भएका तेक्वान्दो प्रशिक्षक शेरहादुर सिंहलाई सहयोग प्रदान गरिएको छ । नेपाल तेक्वान्दो संघले पठाएको सहयोग रकम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा प्रशिक्षक सिंहलाई सहयोग गरेको हो । नेपाल तेक्वान्दो संघका सुदुरपश्चिम ईन्चार्ज साम्राज्य विक्रम पाण्डेयको पहलमा पठाईएको नगद ५० हजारको चेक प्रशिक्षक सिंहलाई सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश […]

Success

Thank you for your time.