default_image

मार्सल आर्टस्

April 5, 2019

तेक्वान्दोको प्रशिक्षण शिविर सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दोको तत्वाधानमामा युके स्पोर्टस् र जिबी तेक्वान्दोको सहयोगमा तेक्वान्दो विकास साझेदारी प्रोजेक्ट नेपाल अन्तरगत तेक्वान्दो प्रशिक्षण क्याम्प सम्पन्न भएको छ । ललितपुर स्थित तेक्वान्दो एकेडेमी हलमा अप्रिल १ देखि संचालन भएको उक्त टेनिङ्ग क्याम्पमा प्रशिक्षणमा केन्द्र, प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका ५० जना खेलाडीहरु सहभागी भएका […]

April 5, 2019

सुमन दोश्रो चरणमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा भएको अराजावा कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका सुमन तिम्सिना दोश्रो चरणमा पराजित भएका छन् । पुरुष एकल कातामा सुमनले पहिलो चरणमा जर्मनीका खेलाडीलाई पराजित गरी दोश्रो चरणमा प्रवेश गरेका थिए । दोश्रो चरणमा त्यत्ति नै अंक अन्तरमा त्यही राष्ट्रका खेलाडीसंग सुमन चुके । उनको स्पर्धामा विभिन्न राष्ट्रका २५ खेलाडीले प्रतिस्पर्धा […]

March 29, 2019

नेपाली पारा तेक्वान्दो खेलाडीलाई जापानी सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – जापानको मिकी सिटी महानगरपालिकाले नेपालको पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षणमा सहयोग गर्ने भएको छ । अर्को वर्ष (सन् २०२०) जापानमा आयोजना हुन लागेको टोकियो ओलम्पिकलाई मध्यनगर गर्दै महानगरपालिकाले पारा तेक्वान्दो खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाएको हो । एक हप्ते विशेष प्रशिक्षणमा खेलाडीहरु पलेसा गोवद्र्धन, विक्रम श्रेष्ठ, रोहित राई, सुवासचन्द्र राई र दीपेश […]

March 20, 2019

सन्दीपा र सन्जीवलाई कांस्य

काठमाडौं (हाम्रो खेलकुद) – सन्दीपा अमगाईं र सन्जीव नेपालीले स्पेनमा भएको २०औं ओपन अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा नेपाललाई पदक दिलाएका छन् । स्पेनको बार्सिलोनामा सम्पन्न च्याम्पियनसिपमा सन्दीपा र सन्जीव दुवैले कांस्य पदक जितेका हुन् । मार्सल आर्टस् फेडेरेसन अफ क्याटलानको आयोजनामा बारबेरा डेल भ्याली एरिनामा भएको खेलमा दुवैले फाइटतर्फ पदक जिताउन सफल भएको नेपाली टोलीका प्रशिक्षक अमरराज […]

March 18, 2019

स्पेशल ओलम्पिकमा अजयलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – युएइमा जारी स्पेसल ओलम्पिक वल्र्ड समर गेम्समा नेपालका अजय तामाङले स्वर्ण जितेका छन् । अजयले पुरुष सटपुटमा स्वर्ण जितेको स्पेसल ओलम्पिक नेपाले जनाएको छ । सोही स्पर्धामा सागर शेरचन कांस्य जित्न सफल भए ।

March 18, 2019

युरोपियन ओपनमा सुस्मिलाई कांस्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी सुस्मि श्रेष्ठले २९ औं ओपन युरोपियन कराते च्याम्पियनसिपमा कांस्य जितेकी छन् । सुस्मिले महिला ६५ केजीमा कांस्य जितेको नेपाल क्योकुसिन बुदोकाइ कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक राजेन्द्र सुवेदीले जनाएका छन् । नेदरल्यान्डको हेगमा भएको प्रतियोगितामा सुस्मि हल्यान्डकी खेलाडीलाई पराजित गर्दै सेमिफाइनलमा पुगेकी थिइन् । सेमिफाइनलमा बेल्जियमकी खेलाडीसंग अंक […]

March 18, 2019

आठौं राष्ट्रिय खेलकुदः जिम्न्याष्टिक, कराते र सुटिङबाट खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट जिम्न्याष्टिक खेलाडी छनोट भएका छन् । समान ६–६ पुरुष/महिला गरी १२ खेलाडी छनोट भएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् । पुरुषमा भक्तपुरका उज्ज्वल तिवारी, त्रिदेव गिरी, सत्यनारायण मानन्धर, मनीष भैल र विवेक पौन तथा काठमाडौंका पिज महर्जन रहेका छन् […]

March 17, 2019

विश्व च्याम्पियनसिपमा दिगम्बरलाई ऐतिहासिक रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन् । आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए । यद्यपी नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो ।यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा […]

March 15, 2019

विश्व च्याम्पियनसिपमा डिगम्वरलाई पदक पक्का

काठमाडौं (हाम्रो खेलकुद) – जापानको टोकियोमा शुक्रबारदेखि सुरु नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालका डिगम्बरप्रसाद पन्त पदक पक्का गरेका गरेका छन् । पुरुष ८४ केजीमाथि डिगम्बरले भेनेजुएलाका खेलाडीलाई ८–० तथा मेक्सिकोका खेलाडीलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेपछि कम्तीमा पनि रजत पदक पक्का भएको प्रशिक्षक कुशल श्रेष्ठले हाम्रो खेलकुदलाई जानकारी गराए । फाइनलमा उनले […]

March 3, 2019

हङकङमा मेलिसालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् । मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेसियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । हङकङमा मेलिसाको यो तेस्रो स्वर्ण हो । […]

Success

Thank you for your time.