default_image

राष्ट्रिय खेलकुद

April 11, 2024

अन्तरप्रदेश खेलकुद– बागमती अगाडि

भरतपुर (हाम्रो खेलकुद) – आयोजक प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश प्रथम अन्तरप्रदेश खेलकुदमा बिहीबारको खेल समाप्तिसम्म सर्वाधिक ६० स्वर्णसाथ शीर्ष स्थानमा छ । विभिन्न ९ खेलमा १ सय ३४ स्पर्धा समावेश प्रतियोगितामा बिहीबारसम्म १ सय २९ स्वर्णको छिनोफानो भइसकेको छ । यो नतिजासंगै बागमती समग्रमा टिम च्याम्पियन बन्ने पनि निश्चित भएको छ । पुरुष […]

April 10, 2024

अन्तरप्रदेश खेलकुद– लुम्बिनी र कर्णाली सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – लुम्बिनी र कर्णाली प्रदेश प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिला तर्फको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई सोझो सेटमा हराउँदै लुम्बिनी सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले सुदूरपश्चिमलाई २५–११, २५–१६ र २५–९ ले हराएको थियो । अर्को खेलमा मधेस प्रदेशलाई हराउँदै कर्णाली अन्तिम चारमा पुगेको छ […]

April 8, 2024

वर्षा र अमृतलाई एकल कातामा स्वर्ण

भरतपुर (हाम्रो खेलकुद))– प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुदअन्तर्गत करातेको पहिलो दिन महिला एकल कातामा सुदूरपश्चिमकी वर्षा साउद र पुरुष एकल कातामा बागमतीका अमृत थोकरले स्वर्ण पदक जितेका छन् । भरतपुरस्थित उद्योग वाणिज्य संघको हलमा सोमबार सुरु भएको करातेको महिला एकल कातामा बागमतीकी एलिना थिङले रजत तथा मधेश प्रदेशकी सुजाता परियार र कोशीकी रोस्मा राई कास्य […]

April 7, 2024

प्रधानमन्त्री दाहालद्वारा अन्तर प्रदेश राष्ट्रिय खेलकुदको‌ उद्घाटन

भरतपुर (हाम्रो खेलकुद)- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार उद्घाटन भएको छ । चितवनको भरतपुरस्थित प्रस्तावित गौतमबुद्ध क्रिकेट रंगशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको‌ उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ७ प्रदेशका टोलीको सहभागिता रहेको‌ छ । […]

April 4, 2024

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार सुरु हुने भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु हुने अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा ७ प्रदेशका टोलीको सहभागिता रहनेछ । प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी […]

February 14, 2024

कर्णालीको खेल पोशाक दर्ता प्रक्रिया राखेपमा

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्ना प्रदेशका खेलाडीले दसौं राष्ट्रिय खेलकुदलगायत विभिन्न प्रतियोगितामा प्रयोग गर्न खेल पोशाक तयार पारेको छ । कर्णाली प्रदेश खेलकुदले सोही खेल पोशाक दर्ताका प्रक्रियाका लागि राष्ट्रिय खेलकुद परिषद्लाई बुधबार हस्तान्तरण गरेको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वमित्र सन्ज्यालले खेल पोशाकको नमुना राष्ट्रिय खेलकुद […]

December 8, 2023

कर्णालीमा हुने दसौं राष्ट्रिय खेलकुदका लागि समन्वय बैठक

काठमाडौं (हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा अर्को वर्ष आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप समन्वय बैठक शुक्रबार सुर्खेतमा सम्पन्न भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको बैठकमा संघिय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बु तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप ) सदस्य सचिव टंकलाल घिसिङ सहभागी भए । बैठकमा प्रतियोगिता आयोजनाका लागि पूर्वाधार […]

September 7, 2023

अन्तर प्रदेश खेलकुद हरेक वर्ष आयोजना हुने

हेटौडा (हाम्रो खेलकुद) – प्रदेश खेलकुद विकास समितिहरुले प्रत्येक बर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद आयोजना गर्ने भएका छन् । हेटौंडामा बसेको प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले प्रदेश खेलकुद गर्ने निर्णय गरेको हो । प्रदेश खेलकुदहरुले आलोपालो रुपमा प्रतियोगिता आयोजना गर्ने भएका छन् । बागमती प्रदेश खेलकुद विकास परिषद्का अध्यक्ष प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको […]

August 9, 2023

१० महिनापछि नवौं राष्ट्रिय खेलकुदको हिसाब सार्वजनिक, झण्डै ५४ करोड खर्च

काठमाडौं (हाम्रो खेलकुद)– गण्डकीमा गत वर्ष भएको नवौं राष्ट्रिय खेलकुद आयोजनामा झण्डै ५४ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको १० महिना भन्दा लामो समयपछि हिसाब सार्वजनिक गर्दै राखेप सदस्य सचिव टंकलाल घिसिङले ५३ करोड ७९ लाख ४ हजार २ सय […]

July 27, 2023

१९ औं एसियाली खेलकुदमा २ सय ३४ नेपाली खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार भएको १९ औं एसियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धमा राष्ट्रिय खेलसंगको छलफल कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपालले २ सय ३४ खेलाडी सहभागी गराउने […]

Success

Thank you for your time.