default_image

बुद्धिचाल

April 16, 2023

चेसको नेसनल च्याम्पियनसिप यसै साता सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा यहि साता नेसनल चेस च्याम्पियनसिप सुरु हुने भएको छ । काठमाडौ लाजिम्पाट स्थित होटल ले हिमालयमा मंगलबार सुरु हुने च्याम्पियनसिप ६ दिनसम्म आइतबार आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विदुर गौतमले बताए । च्याम्पियनसिप अन्र्तगत २२ औं ओपन एवं सातौैं वुमन गरी दुई विधामा […]

April 8, 2023

बुद्धिचालका फिडे मास्टर श्रेष्ठको निधन

काठमाडौं (हाम्रो खेलकुद) – बुद्धिचालका अन्तर्राष्ट्रिय खेलाडी तथा फिडे मास्टर सुजेन्द्रप्रसाद श्रेष्ठको ५६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । शुक्रबार नै उनको अन्तिम संस्कार गरिएको नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष हेराकाजी महर्जनले जानकारी दिए । बुद्धिचाल संघका पूर्व उपाध्यक्ष ,मखन चेस क्लबका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ लामो समयदेखि क्यान्सर रोगबाट पिडित थिए । […]

April 7, 2023

राजनलाई जिल्लास्तरीय बुद्धिचाल उपाधि

हिमाल खरेल, बिर्तामोड राजन सुवेदी झापा जिल्लास्तरीय खुला तथा आमन्त्रित रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । झापाको काँकरभिट्टामा तीन दिनसम्म भएको प्रतियोगितामा राजनले उपाधि चुमेका हुन् । उपाधिसँगै राजनले २५ हजार रुपैयाँ प्राप्त गरे । मोरङ र सुनसरीका खेलाडीलाई समेत सहभागिता गराइएको प्रतियोगितामा प्रकाशचन्द्र नेपाल दोस्रो भए । विकास मैनाली तेस्रो र रिसोन थापा […]

April 4, 2023

झापा जिल्ला आमन्त्रण चेस सुरु

काठमाडौं (हाम्रो खेलकुद) – झापा जिल्ला खुल्ला आमन्त्रण रेटिङ चेस प्रतियोगिता मंगलबार सुरु भएकाे छ । प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेशका सांसद गोपाल तामाङले उद्घाटन गरे । स्वीस लिगको आधारमा तीन दिनसम्म हुने प्रतियोगितामा झापा, मोरङ र सुनसरीका गरी ३५ जना खेलाडीको सहभागिता छ ।प्रतियोगिताको कुल पुरस्कार राशी १ लाख ९ हजार ५ सय रुपैयाँ […]

March 19, 2023

बुद्धिचाल महासंघ-अध्यक्षमा गौतम निर्विरोध,अन्य पदमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– इलामका विदुरप्रसाद गौतम नेपाल बुद्धिचाल महासंघको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा शनिबार भएको आठौं साधारणसभा तथा निर्वाचनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् । १३ सदस्य कार्यसमितिमा हेराकाजाी महर्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरे । महर्जनले ७० र रिजालले २८ मत प्राप्त गरे । उपाध्यक्षमा मोरङका […]

March 8, 2023

कमल ललितपुर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महालक्ष्मी नगरपालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठले ५ अंक प्राप्त गर्दै ललितपुर जिल्ला खेलकुद बिकास समितिले बृहत् खेलकुद महोत्सव –२०७९ अन्तर्गत चेसमा पहिलो भएका छन् । ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सम्पन्न भएको ६ चरणको खेलपछि कमलले आफ्नै नगरका सुरोज महर्जनलाई प्रोग्रेसिभका आधारमा पछाडि पार्दै जिल्ला च्याम्पियन बनेका छन् । […]

January 19, 2023

अन्नपूर्ण बुद्धिचालमा ४ खेलाडीको अग्रता

काठमाडैं (हाम्रो खेलकुद) – अन्नपूर्ण क्लब (आर सिटी) को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्नपूर्ण खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन बिहीबार चौंथौ चरणको खेल सम्पन्न हुँदा चार खेलाडीले संयुक्तरूपमा अग्रता लिएका छन् । फिडे मास्टर रुपेश जैशवाल , पूर्व नेपाल च्याम्पियन सुरविर लामा, ललितपुरका युवा खेलाडी सरोज महर्जन र काभ्रेका खोम प्रसाद तिमिल्सिनाले […]

November 7, 2022

बद्रीलाललाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं राष्ट्रिय सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकको राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा […]

November 6, 2022

नविनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेट मास्टर नविन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपमा एकल अग्रता कायम गरेका छन् । पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जित हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर […]

November 5, 2022

समृद्धि फाईनान्स चेसमा ७ खेलाडीको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– समृद्धि फाईनान्स नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको पहिलो दिन शनिबार ७ खेलाडीले दुबै खेल जितेका छन् । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा सुरु भएको च्याम्पियनसिपको पहिलो दिन बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेट मास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान २ अंक जोडेको छन् । च्याम्पियनसिपका […]

Success

Thank you for your time.