September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपालका सिएम विवेक थिङले ओलम्पिक रिङ एक्स्ंपो क्लासिक बुद्धिचाल प्रतियोगितामा आफ्नो व्यक्तिगत रेटिङ १९.४ बढाएर २३०१.४ रेटिङ पु¥याउदै पर्फोमेन्सका आधारका नेपाल कै पहिलो फिडे मास्टरको टाइटल प्राप्त गरेका छन् । हंगेरी चेस फेडेरेसनको आयोजनामा सञ्चालन भइरहेको ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल स्पर्धमा नेपालका क्याण्डिडेट मास्टर विवेकले एकल अग्रता कायम गरेका छन् । […]
September 14, 2024
काठमाडौं (हाम्रो खेलकुद )- युरोपको हंगेरी स्थित बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुल्ला बुद्धिचाल दोश्रो चरणको खेलमा पनि नेपाली विवेक थिङले राम्रो प्रदर्शन गरेका छन्। विवेकले हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी बाकी बेन्सलाई हराएका छन्। ४५ औं ओलम्पियाडमा विवेकको यो दोस्रो जित हो। विवेकले दुई चरणको खेलमा शतप्रतिशत नतिजा निकाल्दै स्पर्धामा अगाडि रहन सफल भएका छन् […]
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- शान्ति धिमालले‘हिमालयन तीज चेस टोर्नी’ को उपाधि जितेकी छन् ।हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा शुक्रवार आयोजित प्रतियोगितामा शतप्रतिशत जितसहित शान्तिले उपाधि जितेकी हुन्। स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै […]
September 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हरितालिका तीजको अवसरमा हिमालयन चेस एकेडेमीले महिला खेलाडीहरूलाई समेट्दै शुक्रबार ‘तीज स्पेशल टोर्नी २०२४’ चेस प्रतियागिता आयोजना गर्ने भएको छ । र्यापिड चेसको एक दिने प्रतियोगिता उपकार कोलोनी, थापाथलीस्थित हिमालयन चेस एकेडेमीको चेस हलमा सञ्चालन गरिनेछ । एकेडेमीकी संस्थापक मोनालिशा खम्बूकाअनुसार प्रतियोगितामा ३० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । ‘महिलाहरूको पर्व तीजको अवसरमा […]
August 26, 2024
मेचीनगर (हाम्रो खेलकुद)- सिएम पुरुषोत्तम चौलागाईंले छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता उपाधि जितेका छन्। झापाको मेचीनगरमा सोमवार सम्पन्न प्रतियोगितामा २ हजार रेटिङ मुनिको प्रतिस्पर्धामा १९३७ रेटेड पुरुषोत्तमले ७ चरणको क्लासिकल खेलमा अपराजित रहँदै ५ जित २ बराबरीका साथ ६ अंक जोडेका हुन्। उनले २१७७ रेटिङ्ग पर्फोम गर्दै उपाधिसहित ५० हजार रुपैयाँ प्राप्त गरे । राजेन्द्र […]
August 24, 2024
मेचीनगर (हाम्रो खेलकुद)- छैटौं राष्ट्रिय एमेच्योर चेस प्रतियोगिताको दोस्रो दिन शनिवार २ हजार रेटिङ मुनिको खेलमा पूर्व नेपाल च्याम्पियन १९३७ रेटेड सिएम पुरुषोत्तम चौलागाईं र १८६२ रेटेड खेलाडी रिशोन थापाले समान ३ अंक जोड्दै शीर्ष स्थानमा रहेका छन् । नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब झापाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा ३ चरणको समाप्तीमा पुरुषोत्तम […]
August 23, 2024
मेचीनगर (हाम्रो खेलकुद)- नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब, झापाको संयुक्त आयोजनामा छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुक्रवार सुरु भएको छ। काँकडभिट्टा स्थित होटल व्यवसायी संघ मेचिनगरको सभाहलमा चार दिन सम्म चल्ने चेस खेलमा समूह ‘क’मा २ हजार रेटिङ मुनिका २६ जना राष्ट्रिय एमेच्योर खेलाडी रहेको आयोजकले जनाएको छ। समूह ‘ख’ मा १७ सय […]
August 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)– विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको सिनियर छात्रामा ग्रिनहिल स्कुलकी एन्जल महर्जन र छात्रतर्फ अरुणिमा सेकेन्डरी स्कुलका शीर्ष वरियता १७४४ रेटेड सजल न्यौपाने उपाधि जितेकी छिन् । १४३२ रेटड छात्राकी शीर्ष वरियताकी एञ्जलले ७ अंक जोड्दै उपाधि जितेकी हुन् । रिलायन्स पब्लिक स्कुलका राधिका पौडेल ६ अंकसहित दोस्रो, त्रियोग हाइ स्कुलका परिधि खत्री ५.५ […]
August 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल युथ वन डे र्यापिड रेटिङ चेस प्रतियोगिता खुल्ला पुरूषोत्तम सिलवाल र रेटिङ्ग १७०० मुनि पदम कृष्ण श्रेष्ठले उपाधि जितेका छन्। प्रतिस्पर्धामा दुबै विधाका विजेताहरूले ७ खेलमा ६.५ अंक जोडेर अपराजित रहँदै विजयी भएका छन्। सुबास कुमार गुरुङ्गको संयोजकत्वमा भएको प्रतियोगिताका विजेता पुरुषोत्तमले १५ हजार रुपैयाँ र अक्फित स्मार्ट वाच प्राप्त गरे। […]
July 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) स्थापनाको १ सयौं वर्ष पुगेको अवसरमा विश्व कीर्तिमान राख्ने अभियानअन्तर्गत् शनिबार आयोजित ‘हिमालयन १००’ ब्लिज चेसमा रुपेश जैसवाल च्याम्पियन भएका छन् । हिमालयन चेस एकेडेमीले युक्ति फाउन्डेसनसँग सहकार्य गर्दै किङ्स कलेज, बबरमहलमा सम्पन्न गरेको प्रतियोगितामा फिडे मास्टर (एफएम) रुपेशले अपराजित रहँदै सर्बाधिक ९.५ अंक जोड्दै […]