December 7, 2020
काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रबदना राई नेपालबाट पहिलो अन्तर्राष्ट्रिय महिला भलिबल रेफ्री बनेकी छन् । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभिबी) ले राईलाई अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटबाट अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएको एफआइभीबीको वेभसाइटमा उल्लेख छ । राई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको एफआइभीबीको वेभसाइटमा उल्लेख भएपनि संघलाई आधिकारिक रुपमा पत्र आउन बाँकी रहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र […]
December 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन् । लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उतीर्ण गरेका हुन् । लामाले वल्र्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन भएकोे अनलाइन लेबल–२ कोर्स उतीर्ण गरेका हुन् । पारा […]
December 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार खेलाडीले पदक जितेका छन् । ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्फ विभिन्न उमेर समूहमा पदक जितेका हुन् । सन्दीपा र सन्जीबले समान २ पदक जित्दा राजु र प्रेमकुमारले १/१ पदक जितेका […]
December 7, 2020
हाम्रो खेलकुद) – पौडीका बरिष्ठ प्रशिक्षक इश्वर कार्कीलाई बिदाई तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा लामो समयसम्म कार्यरत रही उमेरहदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका तर्फबाट बिदाई तथा सम्मान गरिएको हो । कार्कीलाई राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जून बिक, पौडीपोखरीका प्रमुख टार्जन सुब्बा, राष्ट्रिय टिम तयारीका प्रमुख […]
December 5, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) पर्ख र हेरको नीतिमा रहेको सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् । हरेक २ वर्षमा आयोजना हुने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको नवौं संस्करण यहि वर्षको फागुन २१ देखि २८ गते सम्म गण्डकी प्रदेशमा तय भएको थियो । तर, झन्डै ९ महिनादेखि कोभिड कोभिड […]
December 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली नेसनल भलिबल टिम फ्यान्स क्लबले चोटबाट ग्रसित भलिबल खेलाडी ओमप्रकाश परियारको उपचारको लागि झन्डै ९ लाख सहयोग रकम हस्तान्तरण गरेको छ । फ्यान्स क्लबले अभियानमार्फत संकलन भएको रकम तेस्रो चरणसम्ममा ओम प्रकाशलाई ८ लाख ९० हजार २ सय १२ रुपैया हस्तान्तरण गरिएको फ्यान्स क्लबका अभियन्ता लक्ष्मण काप्रीले जानकारी गराए । […]
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टन कम्युनिटी (एनबीसी) दुवईका नर बहादुर छन्त्याल र अनिल जोशीको जोडीले संयुक्त अरब इमिरेट्स (युएईं) मा आयोजना भएको पुरुष डबल्स ब्याडिमिन्टनमा उपाधि जितेका छन् । सी क्याटगोरीमा नर बहादुर छन्त्याल र अनिल जोशीको जोडीले भारतीय खेलाडी अनिल पी र पाउलको जोडीलाई २–१ को सेटमा हराउँदै उपाधि जित्न सफल भएका हुन् […]
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्ट्रोक प्यारालाइसिसका कारण गत कात्तिक पहिलो सातादेखि अस्पतालमा उपचार गराइहेका अन्तर्राष्ट्रिय भलिबल रेफ्री कुल बहादुर रानाको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ । गत कात्तिक ६ गते राति समस्या भएपछि उनी बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भएका थिए । झन्डै एक महिनाको अस्पतालको उपचारपछि उनी २५ कात्तिकमा अस्पतालबाट डिस्चार्ज भएपछि फिजियोथेरापीमा भर्ना […]
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी अन्तर्गतको ‘स्पोर्टस फर अल’ कमिसनको अध्यक्षमा पुनः विष्णुगोपाल श्रेष्ठ चयन भएका छन् । नेपाल ओलम्पिक कमिटीले शुक्रबार ११ सदस्यीय समिति चयन गर्दा विष्णुगोपाल श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका हुन् । कमिसनमा बजरंग शाह, भोजराज सिटौला, धिरेन्द्र प्रधान, मुकुन्दराज शर्मा, पुजा शाही, राजन श्रेष्ठ, राजेश खड्का, राजेश श्रेष्ठ, रमेश […]
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भएको छ । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जनाएका छन् । दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी थिए । बाँकी जुनियर खेलाडी थिए । डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो […]