default_image

अन्य

September 7, 2020

फेन्सिङले कोरोना बिमा गरिदिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघले राष्ट्रिय फेन्सिङ खेलाडी, प्रशिक्षक, निर्णायकहरु तथा संघका सम्पुर्ण पदाधिकारीहरुको कोभिड १९ को बिमा गर्ने निर्णय गरेको छ । विश्व फेन्सिङ दिवसको अवसरमा नेपाल फेन्सिङ संघको भर्चुअल मिटिङले विश्व फेन्सिङ दिवस मनाउनुको साथै राष्ट्रिय फेन्सिङ खेलाडी, प्रशिक्षक, निर्णायकहरु तथा संघका सम्पुर्ण पदाधिकारीहरुको कोभिड १९ को बिमा गर्ने निर्णय गरेको […]

September 7, 2020

पारा तेक्वान्दोका खेलाडीलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस कोभिड १९ का कारण आर्थिक कठिनाई भएपछि राष्ट्रिय पारा तेक्वान्दोका खेलाडीलाई खाद्यान्य सहयोग गरिएको छ । तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ एवंम् कोटेश्वर तेक्वान्दो डोजाङको सहकार्यमा काठमाडौं ३२ वडाले खेलाडीलाई खाद्यान्न सहयोग गरेको हो । पारा तेक्वान्दो समितीका सचिव समेत रहेका ओलम्पियन दीपक विष्टको आग्रहपछि श्रेष्ठले सहयोग व्यवस्था मिलाएका […]

September 6, 2020

कांग्रेस खेलकुद विभागद्वारा १८ जनाको कोरोना बीमा

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली कांग्रेसको खेलकुद विभागले ओलम्पिक छनोटको तयारीमा रहेका प्रशिक्षक र तीनका प्रशिक्षकको कोरोना बीमा गरिदिएको छ । जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको छनोट खेल्नेको तयारीमा रहेका खेलाडीको मनोबल उच्च बनाइराख्न यो कठिन अवस्थामा उनीहरुको कोराना बीमा गरेको विभागका सचिव मीनकृष्ण महर्जनले बताए । यो वर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस […]

September 6, 2020

खेलाडी संघले केसीको अवस्था बुझ्यो

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमण पछि होम आइसोलेसनमा बसेका नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसीको अवस्था बुझ्नका लागि नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पदाधिकारी आइतबार उनको घर पुगेका छन् । संघका अध्यक्ष दीपक श्रेष्ठ र निर्वतमान अध्यक्ष दीपक विष्ट केसीको घर पुगेका थिए । सामाजिक दुरी राख्दै उनीहरुले केसीको अवस्था जानकारी लिएका थिए […]

September 5, 2020

एनओसीले सबै ओलम्पियनको कोरोना बीमा गरिदिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । एनओसीको शनिबार बसेको भर्चुअल बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडीको बीमा गरिदिने निर्णय गरेको हो । यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य तथा सबै […]

September 5, 2020

महासचिव श्रेष्ठसहित एनओसीका चारै जना कोरोनामुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठसहित एनओसीका ४ जना कोराना भाइरस कोभिड–१९ संक्रमणमुक्त भएका छन् । एनओसीको शनिबार बसेको भर्चुअल बैठकमा महासचिव श्रेष्ठ र ३ जना कर्मचारी कोरोना मुक्त भएको जानकारी गराइएको थियो । साउन तेस्रो साता नै एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । अर्को पटकको […]

September 5, 2020

शरदचन्द्र शाह – नेपाली खेलकुदका पथ प्रदर्शक

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको अविभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६ दशक भन्दा लामो इतिहासको सबै भन्दा आकर्षक र कार्यकारी पद त्यसको सदस्य सचिव नै हो । यो अवधिमा २० भन्दा बढी राखेप सदस्य सदस्य सचिव बनिसकेका छन् । सदस्य सचिव मध्ये अहिले पनि सबैभन्दा बढी सफल कसैलाई मानिन्छ भने ती हुन्, स्वर्गिय […]

September 3, 2020

बक्सिङ प्रशिक्षक र निर्णायकको पनि कोरोना बीमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाख रुपैयाँका दरले बक्सिङ संघले बीमा गरिदिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले […]

September 2, 2020

फुड बैंकमा खेलाडी संघको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तरुण दल ललितपुर क्षेत्र नं १ चापाँगाउको संयोजनमा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बुधबार गोदावरी नगरपालिका वडा नं ११ मा राहत वितरण गरेको छ । ‘हुनेले दिएर जाँउ ,नहुनेले लिएर जाँउ’ भन्ने नाराका साथ सुरु भएको फुड बैंक अवधारणबाट गोदावरीको बज्रबाराही चौधरीमा सञ्चालित बुधबारको कार्यक्रममा झन्डै २ सय जनालाई राहत […]

September 1, 2020

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी कोरोना भाइरस कोभिड १९ संक्रमण भएको छ । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्याउँदा पिसिआर परिक्षण गर्न भनेपछि संक्रमण भएको थाहा भएको केसीका छोरा योगेन्द्रले हाम्रो खेलकुदलाई जानकारी दिए । ‘बुबालाई सोमबार अलि सन्चो भएन । सुरुमा बान्ता गर्नुभयो । त्यसपछि दिसामा […]

Success

Thank you for your time.