June 22, 2020
पोखरा (हाम्रा खेलकुद) – पोखरा महानगरपालिकाले खेलकुद विकासको लागि एकिकृत कोषको स्थापना गर्ने भएको छ । खेलकुदको विकासमा नयाँ आयाम थप्न तथा खेलकुदलाई व्यवस्थित गर्नको लागि समेत कोषको आवश्यकता रहेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताएका छन् । ‘खेलकुदको विकासको लागि एकिकृत कोषको आवश्यक छ, कोष स्थापना गर्न सकिए खेलकुदको विकासमा नयाँ आयाम थपिने मात्र […]
June 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस प्रशिक्षक (अधिकृत तृतीय) सन्जिवकुमार ढुंगेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकास पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो । ४९ वर्षीय ढुंगेल २०५२ सालमा सहायक प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ […]
June 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल र कीर्तिमानी राष्ट्रिय च्याम्पियन पुजा श्रेष्ठले प्रशिक्षण शुरुवात गरेका छन् । प्रिन्स र पुजाले शनिबारदेखि बुल्स इन्डोर ब्याडमिन्टन हलमा प्रशिक्षण थालेको हो । कोभिड–१९ को महामारीको त्रास र त्यसबाट बच्न नेपाल सरकारले गरेको ३ महिना भन्दा लामो लकडाउनलाई १ असारदेखि खुकुलो बनाएसँगै खेलाडीहरुले व्यक्तिगत प्रशिक्षण थालेको […]
June 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत वितरण गरेको छ । कोरानो भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका उपत्यकाका तेक्वान्दो खेलाडीका परिवारलाई प्रति परिवार २ हजार २ सयका दरले खाद्यान्न उपलब्ध गराइएको हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र […]
June 18, 2020
पोखरा (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ का कारण सरकारले चैत्र ११ गते देखि लकडाउन सुरु गरेको थियो । सरकारले कोरोनाको न्यूनिकरणका लागि भन्दै घोषणा गरेको थियो । असार १ गतेबाट लक डाउनको स्वरुप परिवर्त भएको छ । जसले गर्दा पोखरा रंगशालामा खेल गतिविधि सुरु हुन थालेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले चैतको […]
June 18, 2020
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट तेक्वान्दो डोजाङले विपन्न तथा पारा खेलाडीलाई नगद तथा खाद्यान्न सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् । View Post डोजाङले पारा तेक्वान्दोका पाँच जना राष्ट्रिय खेलाडीलाई जनही ५ हजारका दरले तथा दिलिप स्मृति तेक्वान्दो डोजाङका ६ जना खेलाडीलाई खाद्यान्न सामग्री वितरण गरिएको र आगामी दिनमा आवश्यकता अनुसार समस्यामा परेका खेलाडीलाई एभरेष्ट […]
June 15, 2020
विजय नेपाली,पोखरा गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७–०७८ को लागि खेलकुद क्षेत्रमा झन्डै १० करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा खेलकुद क्षेत्रको नीति, कानुन, संरचना र पुर्वाधार निमार्णलाई जोड दिएको बताए । उनले प्रदेश खेलकुदका लागि ९ करोड ८५ लाख बजेट विनियोजन […]
June 15, 2020
दिपक बोहोरा पाँचथर – प्रदेश १ सरकारले खेलकुदका लागि ३० करोड बजेट विनियोजन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस आव मा प्रदेश एकमा केहि रकम घटेर आएको हो । अघिल्लो आर्थिक वर्षमा प्रदेश नम्बर एकमा आर्थिक वर्ष २०७६/०७७ मा खेलकुदका लागि ४७ करोड ५५ लाख रुपैयाँको बजेट बिनियोजन भएको थियो । आर्थिक मामिला […]
June 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सद्गुरु मास्टर्स कप अनलाईन इन्टरनेशनल कराँते काता च्याम्पियनसिप २०२० मा नेपालले एक स्वर्ण र एक रजत प्राप्त गरेको छ । नीता आचार्यले स्वर्ण जित्दा रविन्द्र मानन्धरले रजत जितेका हुन् । केरला कराते संघ, भारतको आयोजनामा भएको च्याम्पियनसिपको महिला ३५ बर्ष माथिको इभेन्टसमा नेपाली खेलाडी निता आचार्यले फिलिपिन्सकी इसेल बोनो अक्विनोलाई पराजित […]
June 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैर नाफामुलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध गराउन आर्थिक सहयोग प्रदान गरेको छ । काठमाडौं उपत्यकासहित सातै प्रदेशमा समस्यामा परेका तेक्वान्दो खेलाडीको पहिचान गरी राहत उपलब्ध गराउने गरी आईओएफटीसीले ८ लाख रुपैयाँ […]