October 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले करातेमा अर्को ठूलो सफलता हासिल गरेकी छिन्। एरिकाले मलेसियामा जारी कराते वान सिरिज एको स्वर्ण पदक जितेकी छिन्। उनले ६८ केजीमाथि पहिला स्थान प्राप्त गरेकी हुन्। एरिकाले फाइनलमा तेस्मिन मास्क्नीलाई २-० ले हराउँदै स्वर्ण पदकको सफलता प्राप्त गरिन्। यसअघि उनले सेमिफाइनलमा चेक रिपब्लिकका हकोभा अमाल्जीलाई ७-० […]
September 30, 2025
काठमाडौं (हाम्रो खेलकुद) –विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत जितेकी सुनमाया बुढा आज स्वदेश फर्किएकी छिन् । स्पेनमा भएको विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा उनले दोस्रो स्थान प्राप्त गरेकी थिइन्।सुनमायालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका महासंघका सचिव शहदेव ब्यञ्जनकार, कोषाध्यक्ष रिकी योञ्जन, सदस्य राजमान महर्जन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। विश्व माउन्टेन रनिङ […]
September 27, 2025
सुशील पन्त क्षेत्री , चितवन चितवन जिल्ला खेलकुद विकास समितिले बृहत खेलकुद तथा व्यापार महोत्सव आयोजना गर्ने भएको छ । समितिले कात्तिक १८ गतेदेखि महोत्सव गर्न लागेको हो । समितिले आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत नारायण नदी किनारको प्रदर्शनी मैदानमा हुने महोत्सव मंसिर २ गतेसम्म चल्ने जानकारी दिएको छ । समितिका अध्यक्ष राजन कार्कीले महोत्सवमा […]
September 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको प्रारम्भिक खेलाडी छनोटको विषय प्रति गण्डकी प्रदेश भलिबल संघले आपत्ति जनाएको छ। पछिल्लो प्रदर्शनको आधारमा राष्ट्रिय टोलीको प्रारम्भिक १८ जना खेलाडीको सूची सार्वजनिक हुँदा आफ्नो प्रदेशको एक जना खेलाडी पनि नपरेको विषयमा गण्डकी भलिबलले प्रश्न खडा गरेको छ। आफु खुसी निकटका खेलाडीलाई छनोट गरेको उल्लेख गर्दै त्यहि […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली एक्वेटिक्स च्याम्पियनसिपको ११ औं संस्करणमा सहभागी हुन १६ खेलाडीसहित २३ सदस्यीय नेपाली पौडी टोली शुक्रवार भारतको अहमदाबाद जाने भएको छ । सेप्टेम्बर २८ देखि अक्टोबर ११ तारिखसम्म हुने प्रतियोगितामा ११ पुरुष र ५ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा अविर प्रधान, आरोन भण्डारी, असिम भण्डारी, कल्किन श्रेष्ठ, अल्भिन […]
September 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट २ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा समान १ महिला र पुरुष खेलाडीले नेपालको चुनौती पेश गर्ने छन् । महिलमा प्रभा आङदेम्बेले टी– ४७ क्याटगोरीको लङ जम्पमा खेल्ने छिन् । पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा […]
September 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको समन्वय शाखा, पाल्पाका संस्थापक अध्यक्ष मनोरञ्जन शर्माको निधन भएको छ । पाल्पाबाट खेल पत्रकारिता सुरू गरेर पछिल्लो समय भैरहवामा सक्रिय शर्माको शनिवार भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। ५३ वर्षे शर्मा केही वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए। तीन दशक खेलकुद पत्रकारितामा सक्रिय शर्माले एसियाली खेलकुद, दक्षिण […]
September 20, 2025
सुशील पन्त क्षेत्री,चितवन चितवन जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शैलेश श्रेष्ठ निर्वाचित भएका छन् । आज सौराहा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट संघको उपाध्यक्षमा धनबहादुर दराई तथा कोषाध्यक्षमा प्रदीप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ, सोमराज दराई र सुस्मिता थापा चयन […]
September 19, 2025
नेपालगन्ज ( हाम्रो खेलकुद) – विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य भएको छ । मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका चिफ बिजनेस अफिसर युवराज बिष्ट र धारा […]
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली खेलाडी विश्व क्याडेट चेस च्याम्पियनसिपमा सहभागी हुन बिहीवार कजाकिस्तानको अल्माटी प्रस्थान गरेका छन्। विश्व बुद्धिचाल महासङ्घ (फिडे) र कजाकिस्तान चेस फेडरेसनको संयुक्त आयोजनामा सेप्टेम्बर १९ देखि ३० सम्म हुने प्रतियोगितामा ८० भन्दा बढी देशका १ सय ७६ खेलाडी प्रतिस्पर्धा गर्नेछन्। खेल १२ वर्ष मुनिका खेलाडीबीच ११ राउण्ड स्विस प्रणाली अन्तर्गत सञ्चालन […]