default_image

अन्य

December 24, 2019

मानबहादुरले माल्दिभ्सकाे भलिबल लिग खेल्ने

काठमाडाैं (हाम्राे खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठले माल्दिभ्सको भलिबल लिग खेल्ने भएका छन् । माल्दिभ्समा बुधबार देखि सुरु हुने लिगमा मानबहादुले गुडिस स्पोर्ट्स क्लबबाट खेल्ने भएकाे हाम्राे खेलकुदलाई जानकारी गराए । लिगका लागि मानबहादुर आजै त्यसतर्फ प्रस्थान गर्दैछन् । उनकाे टाेलीले बुधबारै स्पाेर्ट्स क्लब हक्सविरुद्व […]

December 24, 2019

रसिलालाई चीनमा ट्रेल रेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी रसिला तामाङले चीनमा सम्पन्न जियाओजी माउन्टेन क्रसिङ कम्पिटिसनको उपाधि जितेकी छिन् । रसिलाले निर्धारित ५० किलोमिटरको ट्रेल रेस ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गर्दै उपाधि हात पारेकी हुन् । चीनको कुनमिङकमाम गत शनिबार भएको स्पर्धामा २० वर्षीय तामाङले करिव ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पारेकी हुन् । […]

December 23, 2019

ग्रान्ड स्लामका पदक विजेता बक्सर भुपेन्द्र र मिनुको भव्य स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – चीनको जिङ्याङमा भएको एसियाली ग्रान्ड स्ल्याम बक्सिङ प्रतियोगिताका पदक विजेता खेलाडी भुपेन्द्र थापा र मिनु गुरुङलाई नेपाल बक्सिङ संघले सोमबार भव्य स्वागत गरेको छ । ग्रान्ड स्लाममा भुपेन्द्र र मिनुले रजत पदक जितेका थिए । उनीहरुलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य समेत रहेका बक्सिङ संघका उपाध्यक्ष अर्जुनबहादुर केसी, […]

December 23, 2019

सविनलाई राजु लामा स्मृति स्नुकर उपाधि

दिपक न्यौपाने,बुटवल काठमाडौंका सविन तामाङले राजु लामा स्मृति खुला स्कुकर प्रतियोगिताको उपाधि जितेका छन् । राजन लामालाई आइतबार पराजित गर्दै सविन च्याम्पियन बनेका थिए । न्यु क्लब थर्टिनको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा सविनले राजनलाई ६–३ ले हराएका थिए । कपन निवासी १९ बर्षीय सविनले अन्र्तराष्ट्रिय स्तर प्रतियोगितामा भाग लिइसकेका खेलाडीलाई हराउँदै फाइनल यात्रा तय गरेका […]

December 22, 2019

ए आइ स्कुललाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– ए आइ सेकेन्डरी स्कुलले चन्द्रागिरी नगरपालिका नैकापमा सम्पन्न वेस्ट काठमाडौं इन्टर स्कुल फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  नैकापस्थित नैकाप फुटबल मैदानमा आइतबार भएको फाइनलमा साइपाल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गर्दै ए आइले उपाधि जितेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । […]

December 22, 2019

सूर्य नेपाल गल्फ टुर : सेन्ट्रल ओपनसँगै सिजनको सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०१९/२० अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन काठमाडौंस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुँदैछ । सोमबार सुरु हुने प्रतियोगितामा नेपाली व्यावसायिक गल्फ इतिहासकै सर्वाधिक सहभागिता हुँदैछ । यसपटक ४३ व्यावसायिक गल्फरहरुले प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । यीसँगै ११ एमेच्योर गरेर कुल ५४ गल्फरले प्रतिस्पर्धा […]

December 22, 2019

सुदुरपश्चिम स्पोर्टस अवार्डलाई शारदा राईस मिलको साथ

धनगढी (हाम्रो खेलकुद) – धनगढीमा हुन लागेको प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डलाई शारदा राईस मिलको साथ पाएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष पुरुष खेलाडी विधालाई शारदा राईस मिलले प्रायोजन गरेको हो । यससँगै स्पोर्टस अवार्डमा दिईने ६ वटा विधा मध्येको बर्ष पुरुष खेलाडी विधाको […]

December 22, 2019

बंगलादेशमा रशिला र जेसिकाको जोडीलाई रजत पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा रजत पदक जितेकी छिन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा आइतबार भएको फाइनलमा मलेसिययन जोडीसँग पराजित भएपछि रशिला र जेसिकाको जोडीले रजत पदकमा चित्त बुझाएको हो । रशिला र […]

December 22, 2019

माल्दिभ्समा प्रतिभाको टिम पुलिस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)– १३औं सागकी रजत पदक विजेता राष्ट्रिय भलिबल टोलीकी  महत्वपुर्ण सदस्य प्रतिभा मालीको पुलिस टोली माल्दिभ्स लिग भलिबलमा च्याम्पियन बनेको छ ।  शनिबार राति भएको फाइनलमा प्रतिभा सम्मलित पुलिस टोलीले फाइलनमा उम्कोलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो । निकै प्रतिस्पर्धात्मक पहिलो सेट २७–२५ ले आफ्नो पक्षमा पार्न […]

December 21, 2019

रशिला र जेसिकाको जोडी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली ब्याडमिन्टनका युवा प्रतिभा रशिला महर्जन र जेसिका गुरुङको जोडी बंगलादेशमा जारी योनेक्स  सनराइज बंगलादेश जुनियर इन्टरनेसनल सिरिजको महिला डबल्समा फाइनलमा प्रवेश गरेका छन् । ढाकास्थित सहिद ताजुद्धिन अहमेद इन्डोर स्टेडियम पल्टनमा शनिबार भएको सेमिफाइनलमा रशिला र जेसिकाको जोडीले घरेलु टोली बंगलादेशकी फर्जना अख्तर र सुमाया अख्तर मिम तुलीको जोडीलाई पराजित […]

Success

Thank you for your time.