November 13, 2018
म्यानचेस्टर (एजेन्सी)– पोउल पोग्बाको अनुपस्थितिले म्यानचेस्टर युनाइटेडको मिडफिल्डमा समस्या आउने र उनकै अनुपस्थिति डर्बीमा सिटीसँग हारको एउटा कारण रहेको म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी ग्यारी नेभिलले बताएका छन् । आइतबार म्यानचेस्टर डर्बीमा जोसे माउरिन्होको युनाइटेड सिटीसँग ३–१ ले पराजित भएको थियो । नेभिलका अनुसार यदि त्यो खेलमा पोग्बा हुन्थे भने त्यसले युनाइटेडलाई फाइदा पुग्न सक्थ्यो । […]
November 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार दिउँसो नेपाल र बंगलादेश भिड्दैछन् । बंगलादेशलाई पराजित गरे नेपालले छनोटको दोस्रो चरणमा प्रवेश पाउनेछ । पहिलो सहभागितामै नेपालले छनोटको दोस्रो चरणको यात्रा तय गर्न लागेको हो । खेल नेपाली समयानुसार दिउँसो २:१५ बजे हुनेछ । हालसम्म सम्पन्न प्रतियोगिताको खेलमा नेपालले […]
November 13, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टियसले आफु करिम बेन्जेमाको प्रदर्शनबाट खुसी रहेको बताएका छन् । स्पेनिस ला लिगामा आइतबार सेल्टा भिगोलाई रियलले ४–२ ले हराउँदा फ्रान्सेली बेन्जिमाले पनि गोल गरेका थिए । राम्रो गर्दा गर्दा पनि बेन्जेमा अनावश्यक ओलोचना खेल्नु परेको उल्लेख गर्दै कोर्टियसले भनेका छन्, ‘धेरैले उनको मेहनतको बेवास्ता गर्दै आलोचना गर्छन् । […]
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर प्रकाश बुढाथोकीलाई ए डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबले लिगको लागि अनुबन्धन गरेको छ । भुटानमा सम्पन्न राष्ट्रिय लिगमा पारो युनाइटेडबाट खेलेका प्रकाश यसै महिना नेपाल फर्केका हुन् । प्रकाशले भुटानमा राम्रो प्रदर्शन गर्दै पारोलाई पहिलो सहभागितामै उपविजेता बन्न मदत गरेका थिए । उनी लिगको एक खेलमा म्यान अफ द म्याच […]
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – जापानमा सन् २०२० मा हुने टोकियो ओलम्पिकको महिला फुटबलअन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक चरणको छनोटमा नेपालले मंगलबार बंगलादेशको सामना गर्दैछ । नेपाललाई छनोटको दोस्रो चरणमा प्रवेश गर्न बंगलादेशविरुद्ध जित दर्ता गरे पुग्नेछ । खेलको पूर्वसन्ध्यामा हाम्रो खेलकुदसँग बोल्दै नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले टोलीको मनोबल उच्च रहेको बताए । […]
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स १० दिने विशेष प्रशिक्षण दिन नेपाल आएका छन् । नेपाल क्रिकेट स्कुल (एनसिएस) र स्पोर्ट्स एड प्रालिको आयोजनामा हुने ‘राइज अफ द क्रिकेटिङ स्टार्स वीथ जोन्टी रोड्स’ कार्यक्रमका लागि उनी नेपाल आएका हुन् । बुधबारबाट सुरु हुने खुला प्रशिक्षण क्याम्पसँगै रोड्सले यू–१६, यू–१७, यू–१९ का […]
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगितामा मंगलबार नेपाल र बंगलादेश भिड्दैछन् । नेपालले बंगलादेशलाई पराजित गरेमात्र दोस्रो चरणका लागि छनोट हुनेछ । नेपालले ओलम्पिक छनोटको पहिलो सहभागितामै दोस्रो चरणको यात्रा तय गर्न लागेको हो । प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले भारत र म्यानमारसँग १-१ को बराबरी गर्दै उत्कृष्ट […]
November 12, 2018
एजेन्सी – बंगलादेशका विकेट किपर मुशफिकुर रहीमले जिम्बाब्बेवीरुद्धको दोस्रो टेस्टमा दोहोरो शतक प्रहार गर्दै नयाँ विश्व रेकर्ड बनाएका छन् । दोस्रो टेस्टको दोस्रो दिन ४ सय ७ बलमा दोहोरो शतक पुरा गर्दै रहीमले नयाँ रेकर्ड बनाएका हुन् । विश्व टेस्ट क्रिकेटमा रहिम दोहोरो शतक दोस्रो पटक प्रहार गर्ने पहिलो विकेट किपर बनेका छन् । यसअघि […]
November 12, 2018
एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सिरि ए अन्तर्गत अाइतबार युभेन्टस र एसी मिलानबिचको खेलमा रातो कार्ड पाएका मिलानका स्ट्राइकर गोन्जालो हिगुअाइनको बचाउ गरेका छन् । युभेन्टसका लागि रोनाल्डोसँगै अर्का फरवार्ड मारियो मान्जुकिचले १-१ गोल गर्दा युभेन्टस २-० ले विजयी रहेको थियो । तर विपक्षी फरवार्ड हिगुअाइनको लागि भने खेल सुखद रहेन । पूर्व क्लब […]
November 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौ संस्करणको सेञ्चुरी बैंक कर्पाेरेट सुपर सिक्सेस क्रिकेट प्रतियोगिता मंसिर दोस्रो सातादेखि शुरु हुने भएको छ । आयोजक एस एस इभेन्ट प्रालिले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता मंसिर १० गतेबाट १५ गतेसम्म हुने जानकारी गराएको हो । सेञ्चुरी बैंकको मुख्य प्रायोजनमा हुन लागेको पाँचौ संस्करणको प्रतियोगितामा विगतका वर्षमा जस्तै […]