November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल जेन जी फ्रन्टले अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वको राजीनामा मागेको छ। एन्फा र केही क्लबहरूबीच यो वर्ष राष्ट्रिय लिग गर्ने र अर्को वर्ष मात्र ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको खबरप्रति फ्रन्टले गम्भीर ध्यानाकर्षण भएको छ जनाएको छ । ‘यो नेपाली फुटबलको भविष्यमाथि गरिएको खुला हमला र […]
November 4, 2025
हिमाल खरेल/ दिपक बोहोरा , बिर्तामोड एपिएफ फुटबल झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० को फराकिलो अन्तरले पराजित गर्दै एपिएफ अन्तिम चारमा पुगेको हो। एपिएफका लागि रश्मि कुमारी घिसिङले ह्याट्रिक गरिन्। खेलको सुरुवातीदेखि नै बल नियन्त्रणमा राख्दै आक्रमणमा केन्द्रित एपिएफले २९औं मिनेटमा […]
November 4, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- इंग्ल्यान्ड टोलीबाट खेलिसकेका जोहन सिम्पसनले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण खेल्ने भएका छन्। काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डु गोर्खाजले एनपिएल २ का लागि सिम्सनलाई अनुबन्ध गरेको हो । ३७ वर्षे सिम्पसनले इंग्ल्यान्डबाट ३ ओडिआई खेलिसकेका छन् । सन् २०२१ मा पाकिस्तानले गरेको बेलायत भ्रमणमा […]
November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जन जी आन्दोलनका स्थगित एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को बाँकी खेल यसै महिनाको अन्तिममा हुने भएको छ। पोखरामा इडब्लुभीको दोस्रो संस्करण जारी रहँदा भदौं २३ र २४ को आन्दोलनका कारण स्थगित भएको थियो। इडब्लुभीको बाँकी खेल काठमाडौं कात्तिक २६ देखि २९ (नोभेम्बर १२ देखि १५ ) गते सम्म पुनः सञ्चालन हुने […]
November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनको लागि जर्सी सार्वजनिक गरेको छ। जर्सीमा प्रयोग भएको बैजनी रङले जोश , गाढा निलो रङले तागत र सेतो रङले स्पष्टताको प्रतिनिधित्व गर्दै समग्र मधेशलाई एकताको भाव झल्किने गरि जर्सी निर्माण जनकपुर बोल्ट्सले जनाएको छ। सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुरले पहिलो सिजनमा च्याम्पियन […]
November 4, 2025
हिमाल खरेल/दिपक बोहोरा, झापा झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगितामा आजको दोस्रो क्वार्टरफाइनलमा विभागीय टोली एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लब आमनेसामने हुँदैछन् । अघिल्ला सिजनसम्मका सबै महिला गोल्डकप उपाधि जित्न सफल एपिएफ यसपटक पनि उपाधिको मुख्य दाबेदारको रूपमा मैदानमा उत्रने तयारीमा छ । नियमित गोलरक्षक एन्जिला […]
November 4, 2025
एजेन्सी – सन्डरल्यान्डले घरेलु मैदानमा अपराजित यात्रा कायम राखेको छ। इंग्लिस प्रिमियर लिगमा सोमवार एभर्टन र सन्डरल्यान्डले १-१ को बराबरी खेलेका छन्। स्टेडियम अफ लाइटमा कप्तान ग्रानिट झाकाको गोलमा सन्डरल्यान्डले बराबरी गरेको हो । खेलमा एभर्टनले अग्रता लिएको थियो। १५औं मिनेटमा इलिमान एनडियाएले गोल गर्दै एभर्टनलाई अग्रता दिलाए। उनले लगातार तेस्रो खेलमा गोल गरेका छन् […]
November 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा काभा महिला यु १९ च्याम्पियनसिपमा आज सुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेलमा कीर्गिस्तानको सामना गर्नेछ। खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ। त्यसअघि आयोजक श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपमा ४ टोलीको मात्र सहभागिता छ। राउन्ड रोबिन लिगपछि अंक तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ। […]
November 3, 2025
सरिता श्रेष्ठ, काठमाडौं सहिद स्मारक ‘ए’ डिभिजन लिग पछिल्लो पटक सकिएको आज दुई वर्ष ४ महिना अर्थात् ८ सय ७६ दिन भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिग क्लबबीच अर्को वर्ष (२०८३) पुस ३ गते सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने सहमति भएको छ। यसको अर्थ करिब ४ सय २६ […]
November 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन लिगका क्लबहरु बीच आज भएको बैठकबाट सहिद स्मारक ए डिभिजन लिग अझै एक वर्षभन्दा बढी समयपछि गर्ने निर्णयप्रति नेपाल फुटबल खेलाडी संघ असन्तुष्टि जनाएको छ। एन्फा र क्लबहरुले यो वर्ष राष्ट्रिय पुस ९ गते देखि राष्ट्रिय लिग र अर्को वर्ष पुस ३ गतेबाट ए […]