August 23, 2018
काठमाडौं (हाम्रो खेलकुद)- इन्डोनेसियामा जारी १८ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहिबार काठमाडौ जिल्ला टेबल टेनिस संघले बिदाई गरेको छ । संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक धर्ममान बज्राचार्य लगायत संघका पदाधिकारीहरुले खेलाडी तथा अफिसियलहरुलाई खदा लगाई शुभकामना सहित बिदाई गरे । […]
August 23, 2018
दिपक न्यौपाने जाकार्ता –१८औं एसियाली खेलकुद अन्र्तगतको ब्याडमिन्टनको महिला सिंगल्र्समा नेपाल नम्वर वान नङ्सलदेवी तामाङ प्रि–क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । जिविके इस्टोरा इन्डोर मैदानमा बिहिबार भएको अन्तिम ३२ को खेलमा माल्दिभ्सकी अब्दुल फाथिमलाई २–० को सोझो सेटमा पराजित गर्दै नङ्सलले अन्तिम १६ मा स्थान बनाएका हुन् । नङ्सलले फाथिममाथि २१–१९ र २१–१५ को सहन जित […]
August 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – साफ च्याम्पियनसिप २०१८ यहि भदौ १९ देखि बंगलादेशमा हुँदैछ । जापानी प्रशिक्षक ग्योतोकु कोजी भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाउँडा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका छन् । बालगोपाल र बंगलादेशको फुटबलमा निकै लामो सहयात्रा रहेको छ । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा […]
August 23, 2018
ब्युनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिना फुटबल टोलीका कार्यवहाक प्रशिक्षक लियोनल स्कालोनीले सुपर स्टार लियोन मेसी कहिले टोलीमा फर्कन्छन् भन्ने कुनै टुंगो नभएको बताएका छन् । भविष्यमा के हुन्छ भन्ने विषयमा मेसीसँग छलफल नभएको स्कालोनीले जनाए । रसिया विश्व कपमा टोलीको नेतृत्व गरेको ३१ वर्षे मेस्सीले अहिले राष्ट्रिय टोलीबाट विश्राम लिएका छन् ।यो वर्ष उनले राष्ट्रिय टोलीबाट […]
August 23, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस महारथी रियल म्याड्रिडले चेल्सी तथा बेल्जियमका स्टार इडेन हाजार्डलाई क्लबमा अनुबन्ध गर्न अन्तिम प्रयास थालेको छ । क्लबले यस सिजनको समर ट्रान्सफर सकिनुअघि नै चेल्सीका अट्याकिङ मिडफिलडर हाजार्डलाई क्लबमा अनुबन्ध गर्ने अन्तिम प्रयास थाल्ने भएको हो । स्पेनमा ३१ अगस्टसम्म समर ट्रान्सफर खुल्ला छ । आफ्नो स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन […]
August 23, 2018
टुनिर (एजेन्सी)– फुटबल स्टार क्रिस्टियानो रोनाल्डो चार सन्तानका पिता हुन् । उनले आफ्नो ठूलो छोरा आफु जस्तै खेलाडी भएको सपना देखेको स्वीकार गरेका छन् । यद्यपी उनले खेलाडी बन्नकै लागि भने दबाब नदिने बताएका छन् । ८ वर्षे क्रिस्टियानो जुनियरले बेर्नाबेउमा हुँदा देखाएको खेल कौशललाई रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा समेत राखेका थिए । उनमा पनि […]
August 23, 2018
दीपक न्यौपाने जकार्ता – १८ औं एसियाली खेलकुद अन्तर्गत आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्दा ज्ञानु अवाले र रोशन नगरकोटी राउण्ड अफ ३२ बाट बाहिरिएका छन् । पुरुषतर्फ राउण्ड अफ ३२ मा नेपालका तिलक पुन मगरले भुटानका वाङदी लामालाई ६-० ले पराजित गरे । पहिलो सेट २७-२५ ले जितेका तिलकले दोस्रो सेटमा […]
August 22, 2018
बोएनो आएर्स (एजेन्सी) – अर्जेन्टिनाका अन्तरिम प्रशिक्षक लियोनल स्कलोनी मेसीले राष्ट्रिय टोलीका लागि अब खेल्ने वा नखेल्ने बारे जानकारी नरहेको बताएका छन् । आगामी महिना हुने ग्वाटेमाला र कोलम्बिया विरुद्धको मैत्रीपूर्ण खेलको लागि घोषित टोलीमा मेसीको नाम रहेको छैन । बार्सिलोनाका स्टार स्ट्राइकरले सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलीविरुद्धको हारपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा […]
August 22, 2018
म्यानचेस्टर (एजेन्सी)- पूर्व रेड डेविल्स स्टार ली सार्पले फ्रान्सेली प्रशिक्षक जिनादिन जिदानलाई म्यानचेस्टर युनाइटेडमा नियुक्त गर्नु राम्रो भएको बताएका छन् । जोसे मोउरिन्होको परिक्षा सकिसकेको र युनाइटेडका लागि जिदान एक आदर्श उम्मेदवार भएको उनले बताएका हुन् । पूर्व रियल मड्रिड प्रशिक्षक जिदान यसै सिजन ओल्ड ट्राफोर्ड आउन सक्ने हल्ला चल्दै आएको छ । यो परिवर्तन […]
August 22, 2018
काठमाडौं(हाम्रो खेलकुद)-बंगलादेशमा अबको तीन सातापछि शुरु हुने १२औं संस्करणको साफ सुजुकी कप अर्थात साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले बुधबारबाट प्रशिक्षण शुरु गरेको छ । १८औं एसियन गेम्समा सहभागिता जनाएर सोमबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय टिमले मंगलबार एक दिन विश्राम गर्दै बुधबारबाट प्रशिक्षण शुरु गरेको हो । नेपाली टोलीलाई मुख्य प्रशिक्षक ग्योतोकु कोजीको […]