default_image

popular

February 27, 2018

विमल सम्मिलित मोहन बगान इन्डियन एरोजसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरको टोली मोहन बगानले हिरो इन्डियन लिग (आइ लिग) मा मंगलबार इन्डियन एरोजको सामना गर्दैछ । खेल भारतीय समय अनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ । १० टोलीको सहभागिता रहेको आइ लिग अन्तिम चरण तिर पुग्दा विमलको टोली मोहन बगान २४ अंकसहित चौथो स्थानमा छ […]

February 27, 2018

क्रिकेट युएसए कपको तयारीमा नेपाली राइनोज

सुरज भण्डारी डलास/अमेरिका –अमेरिकामा रहेको नेपाली क्रिकेट क्लब नेपाली राइनोजले अमेरिकामा संचालन हुने टुएक्स क्रिकेट युएसए कपमा यसपटक पनि भाग लिने भएको छ । राइनोज सगैं अमेरिकाका विभिन्न राज्यका साथैं अन्य देशमा रहेका व्यवसायिक क्रिकेट क्लबको सहभागिता प्रतियोगितामा रहने बताइएको छ । प्रतियोगितामा नेपाली राइनोजका साथैं अमेरिकाका लस भेगास चार्जस, ह्युष्टन स्पार्कस,युएइ फाल्कोन, पन्जाव लायन्स,क्यानडा […]

February 27, 2018

नेयमार रियलविरुद्धको खेलमा फर्कने जिदानको आशा

म्याड्रिड (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपर स्टार चोटग्रस्त नेयमार च्याम्पियन्स लिगको अन्तिम १६को दोस्रो लेगमा फिट भएर फर्केने रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आशा व्यक्त गरेका छन् । रियल र पिएसजीबीच मार्च ७ मा दोस्रो लेग हुँदैछ । आइतबार लिग १ मा मार्सेविरिुद्धको खेलमा नेयमारको घुँडामा चोट लागेको थियो । पिएसजी ३–० ले […]

February 26, 2018

‘फुटबल बिर्गेको टुलुटुलु हेरर बस्न सक्दिन’-एन्फा पूर्वअध्यक्ष थापा

काठमाडौं (हाम्रो खेलकुद) – फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्धमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले नेपाली फुटबल बिर्गेको टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन् । फुटबल गतिविधिमा आफुमाथि प्रतिबन्ध लागेको प्रसंग कोट्याउँदै थापाले आफ्नो नेतृत्वमा गठित नेपाल स्पोर्टस अर्गनाइजेसनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सोमबार भने,‘ तर मलाई फुटबलका विषयमा […]

February 26, 2018

एन्फा पूर्व अध्यक्ष थापाको खेलकुदमा सक्रिय हुने तयारी

काठमाडौं (हाम्रो खेलकुद)– फुटबलमा १० वर्षको प्रतिबन्धमा रहे पनि नेपाल स्पोर्टस् अर्गनाइजेशनका नाममा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापा नेपाली खेलकुदमा सक्रिय हुने भएका छन् । थापाले विगत ३५ वर्षदेखि खेलकुदमा जीवन व्यतित गरेकोले खेल क्षेत्रबाट टाढा हुन नसकी पुनः खेल क्षेत्रमा केहि गर्ने उद्देश्यका साथ आफ्नो नेतृत्वमा नेपाल स्पोर्टस् अर्गनाईजेसनको […]

February 26, 2018

फ्रेण्ड्स विकास रनिङ शिल्डको सेमिफाइनलमा, आर्मी पराजित

विनोदबाबु रिजाल चितवन – ए डिभिजन क्लब फ्रेन्ड्स १३ औं टुबार्ग विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ३–१ ले हराउँदै फ्रेन्ड्स अन्तिम चारमा पुगेको हो । चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा सोमबार फ्रेन्ड्स र आमीले नियमित समयमा १–१ को बराबरी खेलेपछि निर्णायार्थ खेल टाइब्रेकरमा पुगेको थियो । तर, […]

February 26, 2018

एनएसटी एनभिए भलिबलमा पुलिसको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा दाहोरो सफलता प्राप्त गरेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा जारी प्रतियोगितामा सोमबार पुरुषतर्फ नयाँ बजार सामाजिक क्लबलाई २५–६, २५–९ र २५–१४ लाई सहजै हराएको पुलिसले महिलातर्फ जावलाखेल टे«ेनिङ सेन्टरलाई २५–११, २५–१० र २५–१२ को सोझो सेट हरायो । पुरुषतर्फको […]

February 26, 2018

किरणको टोली जितसँगै आइ लिगको शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) सोमबार महत्वपूर्ण जित हासिल गरको छ । ऐजावललाई सोमबार २–० ले हराउँदै किरणको टोली आइ लिगको शीर्षस्थानमा पुनः उक्लेको छ । यो जितपछि मिनेर्भाको उपाधि दौड थप मजबुत बनेको छ । अन्तिम दुई चरणको खेल बाँकी […]

February 26, 2018

आइ लिगमा किरणको टोलीको महत्वपूर्ण खेल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको मिनेर्भा पञ्जाब एफसी हिरो इन्डियन लिगमा (आइ लिग) सोमबार ऐजावलको सामना गर्दैछ । आजको खेल भारतीय समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । आइ लिग अन्तिम चरणमा पुग्दा उपाधि होड पनि रोचक बन्दै गएको छ । गत साता गुकोलम केरेलासँगको खेलमा १–० हारसँगै […]

February 25, 2018

एपीएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट उपाधि

धनगढी (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पूर्वाञ्चललाई आइतबार ७ विकेटले हराउँदै एपिएफ राष्ट्रिय महिला क्रिकेट प्रतियोगीताको च्याम्पियन बनेको हो । एपिएफले उपाधिसहित ५ लाख रुपैयाँ र पूर्वाञ्चलले २ लाख रुपैयाँ प्राप्त गर्यो । ६१ रनको झिनो लक्ष्यका साथ मैदान उत्रिएको एपिएफले १६.३ ओभरमा ३ विकेट […]

Success

Thank you for your time.