February 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– पूर्व निर्धारित समय अनुसार अबको एक महिनामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार वर्षका लागि नयाँ नेतृत्व पाउनेछ । मनोनयन पत्र दर्ता गरेर दुई खेमा आफ्नो पक्षमा मतदातालाई प्रभावित गराउने प्रयासमा गरिरहेका छन् । दुवैले जिल्ला दौडाहा पनि गरिरहेका छन् । एन्फाका वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्मा छिरिङ […]
February 25, 2018
साउपाउलो (एजेन्सी)– ब्राजिलियन महान् खेलाडी पेलेले आफ्ना देशका नेयमार प्राविधिक रुपमा विश्वका उत्कृष्ट खेलाडी भएको बताएका छन् । पेरिस सेन्ट जर्मन (पिएसजी) का सुपर स्टार नेयमारको प्रशंसा गर्ने क्रममा पेलेले उनलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि माथि रहेको बताएका छन् । नेयमार सिजनको सुरुआतमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकममा पिएसजी पुगेका थिए । तीन […]
February 25, 2018
काठमाडौं (हाम्रो खेलकुद)– बेलायती सेना (पूर्व र कार्यरत) नेपालीहरुको संस्था एफसी केन्ट गोर्खा भेट्रान युकेका केहि सदस्यको टोली यति बेला स्वदेश भ्रमणमा रहेको छ । गोर्खा वेयलफेयर ट्रष्ट फन्डको सहयोगार्थ एएफसी केन्ट गोर्खा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने योजनाका साथ नेपाल आएको हो । काठमाडौंको सिसीआरी अनाथल र पोखराको सहारा क्लबको एकेडेमीलाई सहयोग गर्ने उद्देश्यका साथ […]
February 25, 2018
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले जिरोनालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे भने लियोनल मेस्सीले दुई गोल गरे । बार्सिलोनाको घरेलु मैदानमा खेलिएको सो खेलमा जिरोनाले आश्चर्यजनक अग्रता लिएको थियो । पाहुना टोलीका लागि तेस्रो मिनेटमा पोर्टुले गोल गरे । […]
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोली एक दिवसिय विश्व कप क्रिकेट खेल्ने योजनालाई मुर्तरुप दिने प्रयाससँगै शनिबार राती यात्रामा निस्केको छ । दुईब हुँदै नेपाली टोली भोली जिम्बावे पुग्नेछ । जिम्बावेमा फागुन २० गते सुरु हुने आइसिसी विश्व कप छनोटमा चुनौती प्रस्तुत गर्न नेपाली टोली यात्रामा निस्केको हो । १० राष्ट्रको सहभागिता रहेको विश्व कप […]
February 24, 2018
हेटौंडा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच आज तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । आर्मी पहिलो पटक फाइनलमा पुलिसको सामना गर्दैछ । फरेष्ट्री ग्राउन्डमा हुने फाइनलमा दुवै टोलीले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।
February 24, 2018
हेटौंडा (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच आज तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि भिडन्त हुँदैछ । फरेष्ट्री ग्राउन्डमा फाइनल दिउँसो २:३० बजे सुरु हुने आयोजक सुमन भम्जन स्मृति प्रतिष्ठानले जनाएको छ । विजय युथ क्लबलाई ३–० ले हराउँदै हेटौंडा गोल्डकपको यात्रा सुरु गरेको पुलिसले सेमिफाइनलमा संकटा क्लबलाई २–० ले हराएको थियो । आर्मीले फाइनल […]
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद) – क्यारेबियन प्रिमियर लिगको पाँचौ संस्करणको प्रारम्भिक ड्राफ्टमा नेपाली खेलाडीले पनि नाम दर्ता गरेको जानकारी लिगको आधिकारिक वेबसाइटले जनाएको छ । सिपिएलले जनाए अनुसार कुल २ सय २७ जना विदेशी खेलाडीले ड्राफ्टका लागि दर्ता गरेका छन् । जसमा नेपाली खेलाडी पनि छन् । १८ देशका खेलाडीध्ये पाकिस्तानका ५३ र श्रीलंकाका ३२ खेलाडी छन् । […]
February 24, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एपिएफकी कान्छिमाया कोजुले पिंकाथन काठमाडौंमा महिला हाफ म्याराथनको उपाधि रक्षा गरेकी छिन् । शनिबार कान्छिले १ घन्टा २० मिनेट २१ सेकेन्डमा दौड पुरा गरेकी छिन् । कान्छिले गत वर्ष उपाधि जित्ने क्रममा हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान (१ घन्टा १८ मिनेट १० सेकेन्ड) बनाइकी थिइन् । नेपाल प्रहरीको महारजगन्जस्थित तालिम केन्द्रबाट सुरु […]
February 24, 2018
पेरिस (एजेन्सी)– युरोपका मुख्य लिगमा यो सिजन अहिले सम्म सबैभन्दा बढी फाउल हानिएका खेलाडीको सुचिमा पेरिस सेन्ट जर्मन (पिएसजी) का नेयमार सबैभन्दा माथि रहेका छन् । २६ वर्षे ब्राजिलियन नेयमार यो सिजन अहिले सम्म ९६ पटक फाउलको शिकार भएका छन् । दोस्रो स्थानमा फ्रान्सेली क्लब लियोनका नबिल फेकीर छन् । उनीमाथि नेयमारको भन्दा ७ वटा […]