February 23, 2018
धनगढी (हाम्रो खेलकुद) – धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । पूर्वाञ्चल शुक्रबारको जितसँगै अन्तिम चारमा पुगेपछि समिकरण पुरा भएको हो । अब सेमिफाइनलमा पूर्वाञ्चल मध्यमाञ्चल तथा एपिएफ र सदुरुपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । पुर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई ९८ रनले हरायो भने शुक्रबार नै अर्को खेलमा मध्यमाञ्चलले घरेलु टोली सुदुरपश्चिममाथि […]
February 23, 2018
अमृत चिमरिया हेटौंडा – टुबोर्ग तेस्रो हेटौंडा गोल्ड कप फुटबल प्रतियोगितामा लगातार तेस्रो पटक फाइनल खेल्ने त्रिभुवन आर्मी क्लब एक्लो टाली हो । यसअघिका दुइपटकको फाइनल आर्मी र लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबबीच भएको थियो । पहिलो संस्करण मनाङ र दोस्रो आर्मीले जितेको थियो । हेटौंडामा फाइनल खेल्ने अनुभवी आर्मीले यसपटक अर्को विभागिय टोली नेपाल […]
February 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सरकारले जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पु¥याउन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई जनही ३ लाख रुपैयाँले पुरस्कृत गरेको छ । सरकारले शुक्रबार पुरस्कृतसँगै जिम्बावे यात्रामा निस्कने टोलीको विदाई पनि गरेको थियो । सरकारले सोमबार घोषणा गरे बमोजिम १४ सदस्यीय राष्ट्रिय टोली पुरस्कृत गरेको हो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी […]
February 23, 2018
विनोदबाबु रिजाल भरतपुर– लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब नारायणगढमा जारी १३ औं टुबोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । सुदूरपश्चिम ११ लाई बिहीबार ४–१ ले हराउँदै मनाङ अन्तिम आठमा पुगेको हो । पहिलो हाफमा लिएको १–० को अग्रतालाई सुदूरपश्चिमले जोगाउन सकेन । आत्मघाती गोलबाट खेलमा फर्केको मनाङका लागि विमल मगरले २ […]
February 23, 2018
अजुर्न कार्की बागलुङ– नेपाली क्रिकेट टोली शनिबार जिम्बावेमा हुने एक दिवसिय क्रिकेट छनोटको यात्रामा निस्किदै छ । छनोटको खुड्किलोको रुपमा रहेको विश्व क्रिकेट लिग डिभिजन २ हालै नामिबियामा सम्पन्न भएको थियो । जहाँ समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडाको सामना गरेको थियो । त्यो खेलमा १ विकेटको जितपछि नेपालको जिम्बावे यात्रा पक्का भएको थियो । […]
February 23, 2018
म्याड्रिड (एजेन्सी)– नेयमारले खेल जीवनलाई नयाँ उचाई दिने हो भने पेरिस सेन्ट जर्मेन (पिएसजी) छाडेर रियल म्याड्रिड जानु पर्ने क्लबका पूर्व हस्तीले बताएका छन् । सिजनको सुरुआतमा बार्सिलोनाबाट विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी पुगेको २५ वर्षे नेयमार पछिल्लो समय भने रियल जाने व्यापक चर्चा चलिरहेको छ । १५ वर्ष रियलमा बिताएका […]
February 23, 2018
लण्डन (एजेन्सी)- गए राति युरोपा लिगको अन्तिम ३२ को खेलमा इंग्लिस टोली आर्सनल घरेलु मैदानमा स्विडिस क्लब ओस्टरसुन्ड्ससँग २-१ ले पराजित भएपनि अन्तिम १६ को यात्रा तय गरेको छ । पहिलो लेगमा खेल ३-० ले जितेको आर्सेनलले एग्रीग्रेटमा ४-२ ले नतिजा आफ्नो पक्षमा पार्दै अर्को चरण प्रवेश गरेको हो। स्विडेनमा भएको पहिलो लेगको खेलमा ३-० ले विजयी भएको […]
February 22, 2018
धनगढी (हाम्रो खेलकुद) – एपिएफ र मध्यमाञ्चल कैलालीको धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । पश्चिमाञ्चल दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । एक खेल जितेको सुदूरपश्चिम पनि अन्तिम चारमा पुगेको छ । समुह ए मा रहेको मध्यमाञ्चलले बिहीबार पश्चिमाञ्चललाई ४४ रनले पराजित गर्यो । अर्को खेलमा एपिएफले पूर्वाञ्चललाई […]
February 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– विभागीय टोली नेपाल पुलिस क्लबलाई पछि पार्दै पश्चिमाञ्चल विकास क्षेत्र तेस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब समूह विजेता बन्यो । लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रको कर्भडहलमा बिहिबार भएको प्रतिस्पर्धात्मक खेलमा पश्चिमाञ्चलले पुलिसमाथि ३–२ […]
February 22, 2018
विनोदबाबु रिजाल चितवन– नेपाल एपिएफ क्लब चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी १३ औं टुवोर्ग विकास रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । भरतपुर फुटबल क्लबलाई बिहीबार १–० ले हराउँदै एपिएफ अन्तिम आठमा प्रवेश गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा एपीएफका लागि खेलको दशौं मिनेटमा श्याम नेपालीले गरेको गोल नै खेलको निर्णायक बन्यो […]