default_image

popular

January 28, 2018

आइपिएलमा छनोट भएपछि शरदले सन्दीपसँग लिएको अन्तर्वार्ता (भिडियो)

काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली डेरडेभिल्सबाट आइपिएलमा खरिद भएका नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने हाल राष्ट्रिय टोलीसँग विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा यूएईमा छन् । राष्ट्रिय टोलीमा उनीसँग रहेका ब्याट्सम्यान शरद भेषावकरले सन्दीप आइपिएलमा छनोट भएपछि लिएको अन्तर्वार्ताको भिडियो हेर्नुहोस । शरदले यो भिडियो उनको ट्विटरमा सार्वजनिक गरेका थिए  ।

January 28, 2018

आर्मी विरुद्ध धरान , टाइब्रेकर (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको दोस्रो क्वाटर फाइनलमा विभागीय टोली आर्मीलाई टाई ब्रेकरमा हराउँदै धरान सेमिफाइनल पुगेको छ । निर्धारित र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेलको टुङ्गो टाइ ब्रेकर मार्फत लागेको थियो । आर्मीका जर्ज प्रिन्स कार्कीको प्रहार क्रसबारमा लागेर बाहिरिनु नै हारको कारण बन्यो । जर्ज […]

January 28, 2018

धरानसँग हार्दै अार्मी अाहा गोल्डकपबाट बाहिरियो

पोखरा ( हाम्रो खेलकुद)-  त्रिभुवन अार्मी क्लब टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५-४ पराजित हुँदै अाहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाट बाहिरिएको छ । निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिनुपरेको थियो । पहिलो हाफमा पुरै समय विपीलाई दबाबमा राखेको अार्मीले खेलको १८ अौं मिनेटमा अग्रता लिएको थियो । अार्मीका लागि एरिक विष्टको […]

January 28, 2018

सन्दिप आइपिएल टोलीमा परे

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद भएका छन् । सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो । नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।    

Surendra

January 28, 2018

रेफ्रीको निर्णयबारे यस्तो छ स्पष्टीकरण (भिडियो)

पोखरा (हाम्रो खेलकुद) – १६ औं आहा-रारा गोल्ड कप अन्तर्गत शनिबार सम्पन्न पहिलो क्वाटर फाइनल खेलमा बंगलादेशको उत्तर बरिन्धारा क्लबका दुई खेलाडीहरुले रातो कार्डको सामना गर्नु पर्यो । खेलको अन्तिम समयमा रेफ्री सुदीस पाण्डेले खेललाई नियन्त्रणमा राख्न एक पछि अर्को कार्ड देखाउनु पर्यो । उक्त खेलमा १८ औं मिनेटमा चोटका कारण मैदान छाड्नु परेको फिफा रेफ्री […]

January 28, 2018

सन्दीपको अक्सन अाज कसरी हुन्छ ?

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (अाईपीएल) को अक्सनमा सहभागी छन् । पहिलो दिन सुरुका १ सय १० खेलाडीमा मात्र बोली लाग्दा सन्दीपको भाग्य दोस्रो दिन थाहा हुने भएको हो । अक्सनमा सन्दीपको नाम अगाडि अाउन सहभागी कुनै टोलीले उनको नाम प्रस्ताव गर्नुपर्ने प्रावधान रहेको छ […]

January 27, 2018

हङकङमा मैत्रीपूर्ण खेलमा नेपाली भलिबल टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद)–नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार  हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बाटर्फ्लाईबिचको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ बसोबास गर्ने नेपालीहरुको टोली हङकङ  नेपलिज टिमलाई  २५-२३, २५-२०, २०-२५, २५-१७को सेटमा पराजित गरेको हो । नेपाली राष्ट्रिय भलिबल टोलीले शनिबार  हङकङ नेपलिज टिमलाई ३-१ ले हराएको छ। हङ्कङको चुनमुन बटरफ़्लाई पार्कको कोर्टमा भएको खेलमा नेपाली टोलीले यहाँ […]

January 27, 2018

पूर्व खेलाडी गौचनको पहलमा पोखरामा कोचिङ कोर्स हुने

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचनको पहलमा पोखरामा कोचिङ क्लिनिक हुने भएको छ । जापानमा व्यवसायीक फुटबल प्रशिक्षण यात्राका क्रममा रहेका गौचन जापानको फनरुट्स फुटबल एकेडेमीमा आवद्ध छन् । टोकियोमा अवस्थित व्यवसायीक फुटबल एकेडेमीले कोचिङको व्यवस्था गरेका हो । त्यसका लागि गौचनसँगैं फनरुट्सका मालिक जुन हिरानो र जे लिगका पूर्व खेलाडी […]

January 27, 2018

अनन्त इटहरी गोल्डकपको सर्वोत्कृष्ट खेलाडी

इटहरी (हाम्रो खेलकुद) – इटहरी शनिबार सम्पन्न मदन भण्डारी स्मृति इटहरी गोल्डकप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबले लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले हराउँदै उपाधि जितेको छ । थ्री स्टारलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका रक्षक अनन्त तामाङ प्रतियोगिताको सवोत्कृष्ट खेलाडी घोषित भएका छन् । अनन्तले २५ हजार सहित टेलिभिजन हात पारे […]

January 27, 2018

बरिन्धाराका अफिसियल रेफ्रीसँग असन्तुष्ट, सुदूरका प्रशिक्षकको भने रेफ्रीलाई समर्थन

पोखरा (हाम्रो खेलकुद)– पोखरामा जारी १६ औं आहा रारा गोल्ड कपको पहिलो क्वार्टरफाइनलमा शनिबार बंगलादेशको उत्तर बरिन्धाराले सुदुरपश्चिम ११ लाई २–१ ले पराजित गर्यो । खेलको अन्तिम समय भने तनाबग्रस्त रह्यो । खेलको १८ औं मिनेटमा फिफा रेफ्री श्रवण लामा चोटका कारण बाहिरिनु परेपछि उनको स्थानमा अर्का फिफा रेफ्री सुदिश पाण्डेले खेलमा जिम्मेवारी सम्हाले । […]

Success

Thank you for your time.