default_image

popular

September 21, 2025

बंगलादेशसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। बंगलादेशले आज श्रीलंकालाई ४-० ले हराएपछि नेपाल सेमिफाइनलमा पुगेको हो। श्रीलंका पराजित भएसँगै दुई खेलबाट ३ अंक बनाएर नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा अन्तिम चारमा पुगेको हो। बंलादेशको जितमा मोहम्मद रिफत काजीले ह्याट्रिक पूरा गरे। अर्को गोल मोहम्मद आरिफले गरे। यो सँगै बंगलादेश […]

September 21, 2025

ए डिभिजन र यु १६ लिगका लागि असोजको अन्तिममा बैठक हुने

काठमाडौं (हाम्रो खेलकुद)-  अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगका टोलीलाई लिग र यु १६ लिगका बारेमा छलफल गर्न यस महिनाको अन्तिममा बैठक डाकेको छ। जेनजी आन्दोलनका कारण यु १६ लिग र ए डिभिजन लिगको छलफल स्थगित भएको थियो। एन्फाले यु १६ लिग पुनः सुरु गर्ने विषयमा छलफल गर्न भदौ ३० र […]

September 21, 2025

क्रिकेट टोली भोलि युएई जाने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीको युएईको भिसा आएको छ। विश्व विजेता समेत रहिसकेको वेस्ट इन्डिज विरुद्ध ३ खेलको टि ट्वान्टी ऐतिहासिक सिरिज खेल्न नेपाली टोली शुक्रवार युएई जाने तयारी भएपनि भिसा नआएका कारण यात्रा रोकिएको थियो। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार टोली‌ सोमवार त्यसतर्फ प्रस्थान गर्नेछ। नेपालमा भएको पछिल्लो राजनैतिक घटनापछि युएईले नेपालीलाई […]

September 21, 2025

मन्च पाल्पाका संस्थापक शर्माको निधन

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चको समन्वय शाखा, पाल्पाका संस्थापक अध्यक्ष मनोरञ्जन शर्माको निधन भएको छ । पाल्पाबाट खेल पत्रकारिता सुरू गरेर पछिल्लो समय भैरहवामा सक्रिय शर्माको शनिवार भैरहवा सिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। ५३ वर्षे शर्मा केही वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए। तीन दशक खेलकुद पत्रकारितामा सक्रिय शर्माले एसियाली खेलकुद, दक्षिण […]

September 21, 2025

केनको ह्याट्रिकमा बायर्नको शानदार जित

एजेन्सी– हेरी केनले सिजनको दोस्रो ह्याट्रिक पूरा गरेपछि बुन्डेसलिगामा बायर्न म्युनिखले हाँफेनहाइमलाई ४–१ ले हराएको छ। शनिवारको जितससँगै बायर्नले शतप्रतिशत सुरुवात कायम राखेको छ। ३२ वर्षीय इंग्ल्याण्ड कप्तान केनले पहिलो हाफको अन्त्यतिर गोल गर्दै खाता खोले। उनले ५२औँ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल थपे । ७१औँ मिनेटमा अर्को पेनाल्टी गोलमा ह्याट्रिक पूरा गरे। यो उनको बुन्डेसलिगामा […]

September 21, 2025

प्रीति सम्मिलित अल- इत्तिहाद रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लबले अग्रता जोगाउन नसक्दा बराबरीबाट जोर्डन महिला प्रो लिगको सुरुवात गरेको छ। शनिबार भएको लिगको उद्घाटन खेलमा अल–इत्तिहादलाई अर्थोडक्सीलाई १-१ को बराबरी रोक्यो । इत्तिहादकी रोजबान फ्रेगले ७१औँ मिनेटमा गोल गर्दै अग्रता दिलाइन्। तर, ८६औँ मिनेटमा ओर्थोडक्सले बराबरी गोल फर्कायो । खेलको अन्त्यतिर प्रीतिले […]

September 21, 2025

युनाइटेड र फुलहम विजयी

एजेन्सी – प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले चेल्सीमाथि २–१ को जित निकालेको‌ छ । ओल्ड ट्राफोर्डमा भएको खेलको पाँचौं मिनेटमा नै चेल्सी १० खेलाडीमा सिमित भयो। गोलरक्षक रॉबर्ट सांचेजलाई रेड कार्ड पाएका थिए। ३०औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेस गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। यो गोल उनको युनाइटेडका लागि एस सयौँ गोल हो। ६०औँ मिनेटमा केसेमीरो ले […]

September 20, 2025

रियल म्याड्रिडको जितमा एमबाप्पेको गोल

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा शत प्रतिशत जितलाई निरन्तरता दिएको छ। रियलले एस्पानियोललाई २-० ले पराजित गर्दै लिगा सिजनमा लगातार उत्कृष्ट सुरुवातलाई कायम राखेको छ। घरेलु मैदान बेर्नाबेउमा पहिलो गोल एदर मिलिटाओले २२ औं मिनेटमा टाढाबाट प्रहार गरेको शानदार गोलमा परिणत भएको थियो। दोस्रो गोल किलियन एम्बाप्पेले दोस्रो हाफको सुरुमै गोलकिपर मार्को दिमित्रोभिचलाई छक्याउँदै […]

September 20, 2025

टोटेनहम र ब्राइटनको बराबरी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा ब्राइटन एण्ड होभ आल्बियन र टोटेनहम हट्सपरबीचको खेल २-२ को बराबरीमा सकिएको छ । ब्राइटनले घरेलु मैदानमा लिएको २-० को अग्रता जोगाउन नसक्दा खेल बराबरीमा सकिएको हो । यान्कुबा मिन्टेले काउन्टर अट्याकमा पाएको अवसरलाई गोलरक्षक समेत छलाउँदै गोल गरेका थिए । उनले आठौं मिनेटमा नै अग्रता […]

September 20, 2025

श्रेष्ठको नेतृत्वमा चितवन तेक्वान्दोमा नयाँ कार्यसमिति

सुशील पन्त क्षेत्री,चितवन चितवन जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शैलेश श्रेष्ठ निर्वाचित भएका छन् । आज सौराहा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट संघको उपाध्यक्षमा धनबहादुर दराई तथा कोषाध्यक्षमा प्रदीप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ, सोमराज दराई र सुस्मिता थापा चयन […]

Success

Thank you for your time.