September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले विश्व विजेता वेस्ट इन्डिज विरुद्ध ३ टि ट्वान्टी आईको ऐतिहासिक सिरिज खेल्दैछ। यो सिरिज युएईको सारजाह क्रिकेट स्टेडियममा असोज ११, १२ र १४ गते हुनेछ। नेपाल क्रिकेट संघ (क्यान) ले यसलाई युनिटी कप अन्तराष्ट्रिय टि-ट्वान्टी सिरिज भनेर नाम दिएको छ। नेपालमा भएको जेन जी प्रदर्शनपछि नेपालीलाई एक जुट बनाउनको लागि यो […]
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ यु-१७ च्याम्पियनसिपमा नेपाल बंलादेशसँग ४-० को फराकिलो अन्तरमा पराजित भएको छ। बंगलादेशको जितमा साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे।यो खेल जितेको खण्डमा नेपाल सेमिफाइनलमा पुग्ने थियो। तर अब नेपालले बंगलादेश र श्रीलंकाको खेलको नतिजा कुर्नु पर्नेछ। यो समुहमा नेपालले २ खेल खेलिसक्दा ३ अंक बनाएको […]
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघ विधान पास गरेको छ।सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको साधारण सभाले विधान अनुमोदन गरेको हो। विधानमा ४५ वर्ष मुनिका खेलाडी मात्र साधारण सदस्य रहन सक्ने र व्यवसायिक रुपमा प्रशिक्षणमा सामेल हुने खेलाडीको संघको सदस्यता खारेज हुने वैधानिक व्यवस्था गरिएको संघका अध्यक्ष विक्रम लामाले जानकारी […]
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल फुटबल खेलाडी संघको कार्यसमितिमा रिक्त उपाध्यक्षमा राष्ट्रिय महिला फुटबल टोलीकी अन्जना राना मगर र महासचिवमा राष्ट्रिय पुरुष टोलीका अनन्त तामाङलाई मनोनित गरेको छ। रिक्त पदाधिकारी र सदस्यमा संघको कार्यसमिति मनोनयनलाई आज बसेको साधारण सभाले अनुमोदन गरेको हो । रुपेश केसी, एरिक बिष्ट, अन्जन विष्ट सदस्यमा मनोनित भएका छन्। अनन्त, एरिक र […]
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ अन्तर्गत फुटसल कमिटीका निर्देशक राज महर्जनले पदबाट राजीनामा दिएका छन् । नेपालले एएफसी फुटसल कप २०२६ मा भाग नलिने निर्णय गरेसँगै एन्फा जरिवानाको कारबाहीमा परेको जानकारी मिडिया मार्फत पाएको भन्दै उनले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख छ । साथै उनले फुटसल विभाग प्रमुखको रुपमा सो प्रतियोगिता सम्बन्धित […]
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा आज नेपाल र दुई पटकको विजेता बंगलादेशको सामना गर्दैछ। कोलम्बोस्थित रेसकोर्स ग्राउण्डमा खेल नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुनेछ। नेपालले घरेलु टोली श्रीलंकामाथि २-० को जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। त्यसमा दुबै गोल समिर कुमारले गरेका थिए । त्यो जितसँगै नेपालको सेमिफाइनल सम्भावना बलियो […]
September 18, 2025
एजेन्सी – च्याम्पियन्स लिमा बायर्न म्युनिख र इन्टर मिलानले विजयी सुरुवात गरेका छन्। बायर्नले एलिएन्ज एरिनामा चेल्सीलाई ३–१ ले पराजित गरेको छ। खेलको २० औं मिनेटमा चेल्सीका ट्रेभो चालोबाहको आत्मघाती गोलले बायर्नले अग्रता लियो। २७ औं मिनेटमा हेरी केनले पेनाल्टीमार्फत दोस्रो गोल थपे। तर दुई मिनेटमै चेल्सीले खेलमा फर्कने प्रयास गर्यो। कोल पाल्मरले गोल गरे। […]
September 18, 2025
एजेन्सी – युरोपियन च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले विजयी सुरुवात गरेको छ। ४ खेलाडीले गाोल गरेको खेलमा पिएसजीले इटालियन क्लब एटलान्टामाथि ४–० को प्रभावशाली जित निकालेको छ। पार्क दे प्रिन्समा भएको खेलमा घरेलु टोलीले सुरुवातमै गोल गर्दै दबाब बनायो। खेलको तेस्रो मिनेटमा कप्तान मार्किन्होस ले हेडरमार्फत पहिलो गोल गरे। त्यसपछि ३९ औं […]
September 18, 2025
एजेन्सी – कप्तान भर्जिल भ्यान डाइकले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ। लिभरपुलले एट्लेटिको म्याड्रिडलाई ३- २ ले पराजित गरेको हो । खेलको सुरुवाती चौथो मिनेटमै एन्डी रोबर्ट्सनले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। त्यसको दुई मिनेटपछि मोहम्मद सलाहले अर्को गोल थपेपछि पाहुना टोली २–० ले अघि बढ्यो। तर, […]
September 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी फुटसल एसियन कप २०२६ को छनोटका विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले झुट बोलेको पाइएको छ। छनोटका लागि प्रशिक्षण सुरु गरिएपनि ३ दिनमा स्थगित गरिएको थियो। प्रतियोगिता नै नहुने भन्ने खबर आएपछि प्रशिक्षण रोकिएको जानकारी आफूहरुलाई दिइएको एक खेलाडीले हाम्रो खेलकुद डटकमलाई जानकारी दिएका छन्। ३१ देशको सहभागितामा छनोट यसै […]